नेपालको भुगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १० महिना अगाडि  नेपालको भुगोल  खरिदार

१) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? – ५९ मिटरदेखि ६०० मिटरको उचाइसम्म

२) अनन्तकालसम्म ननासिने वा क्षय नहुने तथा निरन्तर उपयोग गर्न सकिने प्राकृतिक सम्मदालाई के भनिन्छ ? – अविनाशी वा अनन्त प्राकृतिक सम्पदा

३) डिजेल, पेट्रोल, धातुगत खनिज, अधातु खनिज पदार्थलाई कस्तो प्रकारका प्राकृतिक सम्पदा मानिन्छ ? – अनवीकरणीय

४) नेपालमा साना ठूला गरी कति नदीनालाहरु छन् ? – करिव ६००० वटा

५) नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ? – २ लाख २ हजार मिलियन क्युविक मिटर

६) सदाबहार एवं हिमाली पूर्वीगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? – पहिलो स्तरका नदी

७) नेपालको सबभन्दा ठूलो नदी कुन हो ? – कोशी

८) कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको छ भने यसको लम्बाई कति रहेको छ  ? – ७२० किलोमिटर

७) सप्तकोसीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? –  इन्द्रावती

८) नेपालको सबभन्दा गहिरो नदी कुन हो ? – गण्डकी

९) शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? – कालीगण्डकी

१०) कर्णाली नदीको लम्बाई कति छ ? – ५०७ किलोमिटर

११) नेपालको कुन नदीमा प्राणी डल्फिन पाइएको छ ? – कर्णाली

१२) कौमारीस्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ? – मादी

१३) नेपालको महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ? – शारदा

१४) मकवानपुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदीमा मिसिन्छ ? – नारायणी

१५) चमेलिया खोला, टिकर खोला एवं सुर्निया खोला कुन नदीमा मिल्दछन् ?  महाकाली

१६) झिम्रुक नदीको उद्गमस्थल कहा पर्दछ ? – गौमुखी (प्युठान)

१७) सानो भेरी नदीको उद्गमस्थल कहा पर्दछ ? – धौलागीरी  हिमाल

१८) थर्पुचुली  हिमनदी अन्नपूर्ण  हिमालको काखमा रहेको छ भने धोलम्बा हिमनदी कहाँ रहेको छ  ? – रोल्वालिङ हिमालको काखमा

१९) नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? – ८० लाख हेक्टर

२०) रारा तालबाट निस्केको खोलालाई के भनिन्छ ? – खत्याड

२१) तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर  छ भने गहिराइ कति छ ? – २०० मिटर

२२) कुन ताललाई वैदाम ताल भनेर चिनिन्छ ? – फेवाताल

२३) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? – कपिलवस्तु

२४) गोसाइकुण्डमा कुन कुन पर्वमा विशेष मेला लाग्ने गर्छ ? – जनैपूणिमा र गंगा दशहरा

२५) मनाङ जिल्लामा कुन कुन ताल पर्दछन ? – तिलिचो ताल, पुगेन ताल

२६) डडेल्धुरामा पर्ने तालको नाम लेख्नुहोस ? – अली ताल

२७) नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ? – चमेलिया नदी किनारमा

२८) नेपालको हावाखोरी भनेर कुन ठाउँलाई भनिन्छ ? – महाभारत पर्वत श्रेणी

२९) तराई क्षेत्रको आधारभूत  सामाजिक संरचना तथा स्वरुपमा कुन देशको संस्कृतिको प्रभाव परेको पाईन्छ ? – भारत 

३०) धरातलीय विविधता तथा उचाइका कारणबाट सबैभन्दा बढी सकारात्मक प्रभाव परेको व्यवसाय कुन हो ? – पर्यटक 

नेपालका विभिन्न नदीका उद्गम स्थलहरु

 १२ महिना अगाडि  नेपालको भुगोल  खरिदार

१) तमोर - तिब्बत

२) लिखु - रोल्वालिंग हिमाल

३) वागमती - वाग्द्धार (महाभारत पर्वत)

४) कर्णाली - तिब्बत

५) अरुण - तिब्बत

६) वुढी गंगा - जगदुल्ला ताल

७) सेती - सैपाल हिमाल

८) मर्स्यांदी - मनास्लु हिमाल

९) दरौदी - बुद्ध हिमाल

१०) सुनकोशी - तिब्बत

११) कन्काई - महाभारत पर्वत

१२) तामाकोशी - तिब्बत

१३) ईन्दावती - जुगल हिमाल

१५) कालीगण्डकी - मुस्ताङ्ग भोट हिमाल

१६) मादी - अन्नपुर्ण हिमाल

१७) दुधकोशी - महालंगुर हिमाल

१८) तामाकोशी - गौरीशंकर हिमाल

१९) बुढीगण्डकी - गोसाइकुण्ड/गणेश हिमाल

२०) सेती - व्यास हिमाल

२१) महाकाली - अपि हिमाल

२२) विष्णुमति - सपनतिर्थ

२३) तिला - कान्जिरोवा हिमाल

२४) सानो भेरी - धवलागिरी हिमाल

२५) कन्काई - महाभारत पर्वत

२६) सुनकोशी - तिब्बत

२७) त्रिशुली - तिब्बत

२८) कर्णाली - तिब्बत

२९) अरुण - तिब्बत

३०) बैकुण्ठे झरना - पाल्पा

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

To Top