विश्वको इतिहासम्बन्धी जानकारी

 १० महिना अगाडि  विश्वको इतिहास  खरिदार

१. आम विनाशकारी हातहतियार  राखेको  आरोप लगाउँदै  अमेरिकाले इराकमाथि आक्रमण कहिले गर्यो ? – सन् २००३ मार्च २०

२. विश्वमा सर्वप्रथम  सूर्यको विषयमा अध्ययन गर्ने व्यक्ति को हो ? – निकोलस कोपर्निकस

३. सोभियत सङ्घको विघटन  विधिवतरुपमा कहिले भएको हो ? – सन् १९९१ डिसेम्बर २५

४. विश्वको प्रथम  प्रधानमन्त्री को मानिन्छ ? – रबर्ट वालपोल (बेलायत)

५. रोमको प्राचीन भाषा  के थियो ? – ल्याटिन

६. गिनिज बुक अफ  वोल्ड रेकर्डको प्रथम  प्रकाशन  कहिले भएको  थियो ? – २७ अगस्ट १९५५

७. टाई लगाउने चलन कुन देशबाट  सूरु भएको हो ? – फ्रान्स

८. भारतका प्रथम राष्ट्रपति को हुन् ? – डा.राजेन्द्रप्रसाद

९. राजा, राष्ट्रपति र प्रधानमन्त्री बन्ने  एउटै व्यक्ति को हुन् ? – नरोद्दम सिंहानुक, कम्बोडिया

१०. हात मिलाउने चलन कहाँबाट  सुरु भएको हो ? – युनान (ग्रिस)

११. इन्दिरा गान्धिको  हत्या कहिले भएको हो ? – ३१ अक्टोबर  १९८४

१२. अब्राहम लिंकन अमेरिकाका कतिऔं राष्ट्रपति हुन् ? – १६ औं

१३. समाचार पत्रको सुरुआत  कुन देशबाट  भएको हो ? – चीन 

१४. कार्लमार्क्स र एंगेल्स मिली कम्युनिष्ट  घोषणापत्रको प्रकाशन कहिले गरेका हुन ? – सन् १८४७

१५. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ? – जापान 

१६. पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? –  अनुसेह अन्सारी

१७. अन्तरिक्षमा पैदल यात्रा गर्ने प्रथम महिला को हुन ? –  स्वेतलाना सावित्सकाय (रुस)

१८. भौतिक शास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम पहिला को हुन ? – श्रीमती म्याडम क्युरी

१९. विश्वको प्रथम महिला पाइलट को हुन ? –  मिले इलिस डेरोच (सन् १९०९ ) फ्रान्स

२०. जर्मनीको संसदलाई के भनिन्छ ? –  बुन्डेस्ट्याग

२१. अफगानिस्तानको  आतंकवादी समूहलाई  के नामले चिनिन्छ ? –  अलकायदा, तालिवान

२२. जर्मनी एकीकरणका नायक कसलाई मानिन्छ ? – लियोफोल्ड भन विस्मार्क

२३. गितारको प्रचलन कुन देशबाट सुरु भएको हो ? – स्पेन

२४. चिठीमा टिकट टाँस्ने सर्वप्रथम प्रचलनमा ल्याउने देश कुन हो ? – बेलायत

२५. सर्वप्रथम वैज्ञानिक नापतौल  प्रचलनमा ल्याउने देश कुन हो ? –  इरान

२६. सर्वप्रथम रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? – इटाली 

२७. सिक्कामा छाप लगाउने  पहिलो देश ? – लिविया (ई.पू.७००)

२८. विश्वमा सर्वप्रथम प्रजातन्त्र  प्रचलनमा ल्याउने देश ? –  ग्रीस

२९ बेलायती उपनिवेशबाट  स्वतन्त्र भएको विश्वको पहिलो  मुलुक कुन हो ? – घाना

३०. शान्तिपूर्ण बौद्धिक आन्दोलन, अनुसन्धानात्मक आन्दोलन एवं धर्म निरपेक्ष आन्दोलनका रुपमा के रहेको थियो ? – पुनर्जागरण

To Top