ग्लोवल पीस इन्डेक्सका अनुसार विश्वका सवैभन्दा शान्त र अशान्त राष्ट्रहरु

सवैभन्दा शान्त २० राष्ट्रहरु:

१. आइसल्याण्ड (Iceland)

२. न्युजिल्याण्ड (New Zealand)

३. अस्ट्रिया (Austria)

४. पोर्तुगल (Portugal)

५. डेनमार्क (Denmark)

६. क्यानडा (Canada)

७. चेक गणतन्त्र (Czech Republic)

८. सिङ्गापुर (Singapore)

९. जापान (Japan)

१०. आयरल्याण्ड (Ireland)

११. स्लोभेनिया (Slovenia)

१२. स्विट्जरल्याण्ड (Switzerland)

१३. अष्ट्रेलिया (Australia)

१४. स्वीडेन (Sweden)

१५. फिनल्याण्ड (Finland)

१६. नर्वे (Norway)

१७. जर्मनी (Germany)

१८. हंगेरी (Hungary)

१९. भुटान (Bhutan)

२०. मरीशस (Mauritius)

नेपाल ८४ औ स्थानमा रहेको छ।

सवैभन्दा अशान्त २० राष्ट्रहरु:

१. सिरिया (Syria)

२. अफगानिस्तान (Afghanistan)

३. दक्षिण सुडान (South Sudan)

४. इराक (Iraq)

५. सोमालिया (Somalia)

६. यमन (Yemen)

७. लिविया (Libya)

८. कंगो लोकतान्त्रिक गणतन्त्र (Democratic Republic of the Congo)

९. केन्द्रीय अफ्रिकी गणतन्त्र (Central African Republic)

१०. रूस (Russia)

११. सुडान (Sudan)

१२. यूक्रेन (Ukraine)

१३. पाकिस्तान (Pakistan)

१४. उत्तर कोरिया (North Korea)

१५. टर्की (Turkey)

१६. नाइजेरिया (Nigeria)

१७. लेबनान (Lebanon)

१८. इजरायल (Israel)

१९. कोलम्बिया (Colombia)

२०. माली (Mali)

श्रोत: ग्लोवल पीस इन्डेक्स

नेपालका विश्वविद्यालयहरु र तिनको स्थापना मिति

१) त्रिभुवन विश्वविद्यालय (Tribhuvan University) - किर्तिपुर, काठमाडौँ (वि.सं. २०१६)

२) नेपाल संस्कृत विश्वविद्यालय (Nepal Sanskrit University) - दाङ्ग (वि.सं. २०४३)

३) काठमाडौँ विश्वविद्यालय (Kathmandu University) - धुलिखेल, काभ्रे (वि.सं. २०४८)

४) पुर्वाञ्चल विश्वविद्यालय (Purbanchal University) - विराटनगर, मोरङ (वि.सं. २०५०)

५) पोखरा विश्वविद्यालय (Pokhara University) - लेखनाथ, कास्की (वि.सं. २०५५)

६) लुम्बिनी बौद्ध विश्वविद्यालय (Lumbini Bauddha University (LBU) - लुम्बिनी, रुपन्देही (वि.सं. २०६१)

७) कृषि तथा वन विश्वविद्यालय (Agriculture and Forestry University) - रामपुर, चितवन (वि.सं. २०६७)

८) मध्यपश्चिमाञ्चल विश्वविद्यालय (Mid-Western University) - वीरेन्द्रनगर (वि.सं. २०६७)

९) सुदुरपश्चिमाञ्चल विश्वविद्यालय (Far-Western University) - महेन्द्रनगर (वि.सं. २०६७)

१०) नेपाल खुला विश्वविद्यालय (Nepal Open University) - मानभवन, ललितपुर (वि.सं. २०७३)

११) राजर्षी जनक विश्वविद्यालय (Rajarsi Janak University) - जनकपुर (वि.सं. २०७४) 

स्रोत: इन्टरनेट 

विविध वस्तुगत प्रश्नोत्तर

१) "जति कठोर सङ्घर्ष हुन्छ, विजय उति नै भव्य हुन्छ" भन्ने विचारक को हुन् ? - स्वामी विवेकानन्द

२) "जहिले उत्कृष्ट नतिजा दिने प्रयास गर, किनकि आज रोप्छौ, त्यसको फल पछि मात्र पाउनेछौ" भन्ने विचारक को हुन् ? - ओजि म्यानडिनो, अमेरिकी लेखक

३) मुलुककै जेठो 'राष्ट्रिय संग्रालय' कहाँ रहेको छ ? - छाउनी, काठमाडौँ

४) बाघ गणना र गैडा गणना कति-कति वर्षमा गर्ने गरिएको छ ? - ४/४ वर्ष

५) मनोरम गाईखर्क ताल कहाँ रहेको छ ? - म्याग्दी

६) टेलीप्रिन्टर भनेको के हो ? - सार्वजनिक सम्बोधनका क्रममा वक्तालाई आफ्नो लिखित मन्तव्यको प्रस्तुतिमा सहजता पुर्याउने प्रविधि

७) विश्व धुम्रपान रहित दिवस कहिले मनाईन्छ ? - मे ३१

८) "प्राय जसो मानिस अरुको बहकाउमा हिडछन्" भन्ने विचारक को हुन् ? - कार्लाइल

९) संयुक्त अरब इमिरेट्समा नेपाली राजदुतावासको स्थापना कहिले गरिएको हो ? - सन् २०१६ मे १०

१०) प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो ? - टंकप्रसाद आचार्य

११) वि.सं. २०७४ फागुन मसान्तसम्म कुल बिधुत उत्पादन कति रहेको छ ? - १०४४.६ मेगावाट

१२) लोकसेवा आयोगद्वारा वस्तुगत बहुउत्तर उत्तरपुस्तिका परिक्षणमा अप्टिकल मार्क रिडर (ORM) प्रविधि को सुरुवात कहिले बाट गरिएको हो ? - वि. सं. २०६९ भदौ ७

श्रोत: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ? - किलिमन्जरो (Mount Kilimanjaro)

२) विश्व हासो दिवस कहिले मनाउने गरिन्छ ? - मे महिनाको पहिलो आइतबार 

३) "कठिन परिश्रमविना प्रतिभाको कुनै अर्थ छैन" यो भनाइ कस्को हो ? - क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo)

४) ‘स्मार्ट गोरखापत्र २०१८’ को औपचारिक आरम्भ कहिले गरिएको हो ? - वि.सं. २०७४ फागुन २

५) नेपालको कुल व्यापारघाटाको कति प्रतिशत हिस्सा भारतसँग मात्र रहेको छ ? - ६५ प्रतिशत

६) दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७४ मङ्सिर मसान्तसम्म नेपालको कुल जनसंख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? - ६३.१७ प्रतिशत

७) "अरुको कुरा गरेर समय खेर फाल्नु भन्दा आफ्नो अवगुणको आलोचनात्मक चिन्ता गरे चरित्रको विकास हुन्छ" भन्ने विचारक को हुन् ? - स्वामी विवेकानन्द 

८) "शान्ति शक्तिबाट प्राप्त गर्न सकिन्न, यो त समझदारीबाट मात्र प्राप्त गर्न सकिन्छ" भन्ने भनाइ कसको हो ? - अल्बर्ट आइंस्टीन

९) नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रुत मार्ग नामकरण गरिएको छ ? - सुर्खेत-हिल्सा सडक 

१०) सन् २०१८ मार्च १५ मा मनाईएको बिश्व उपभोक्ता दिवसको नारा के हो ? - Making Digital Market Places Fairer

११) "साथी धेरै हुन्छन तर वास्तविक साथी त्यो हो, जो अहित हुनबाट जोगाउछ, हित हुने काममा लग्न सहयोग गर्छ र विपत्ति परेको बेलामा छोड्दैन" भन्ने विचार कसको हो ? - अश्वघोष

श्रोत: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) हुम्डे विमानस्थल कुन जिल्लामा रहेको छ ? - मनाङ

२) मणिबिक्रम शाह कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ? - फूटबल 

३) 'त्यो समय' नामक संस्मरणात्मक पुस्तकका लेखक को हुन् ? - शारदा शर्मा 

४) बिश्वमा पहिलो पटक मोबाइल फोनको प्रयोग कहिले गरिएको हो ? - सन् १७७३ 

५) "हासो एउटा त्यस्तो सुर्य हो, जसले मानव मुहारबाट हिउद भगाईदिन्छ" भन्ने विचारक को हुन् ? - भिक्टर हयुगो (Victor Hugo), फ्रान्सेली लेखक 

६) ग्रेट ओक (Great auk) नामक उड्न नसक्ने प्रजातिको पंक्षी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ? - सन् १८५० 

७) प्राचिन कालको चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ? - दोलाद्री गिरी 

८) नेपालको हालको मर्यादाक्रममा प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्री कति औ स्थानमा रहेको छन् ? - सातौ

९) लण्डन Institute अफ बैंकिंग एण्ड फाईनान्स र युके फाईनान्सद्वारा प्रदान गरिएको 'Financial Innovation award - 2017' बाट सम्मानित नेपाली युवा को हुन् ? - प्रकाश कोइराला 

१०) हिम चितुवा भनी आङरिता शेर्पालाई चिनिन्छ भने हिमतरा भनी कसलाई चिनिन्छ ? - बाबु छिरी शेर्पा 

११) बालबालिका तथा किशोर - किशोरीलाई लक्षित गरी इन्टरनेटको सुरक्षित प्रयोग सम्बन्धी (Net for Good) 'नेट फर गुड' अभियान कहिले सुरु गरिएको हो ? - वि. सं. २०७४ भदौ १७ 

१२) इन्टर पर्लियामेन्टरी युनियनद्वारा सन् २०१७ मा सार्वजनिक राजनीति मा महिला (बुमन इन पोलिटिक्स) प्रतिबेदन अनुसार नेपाल कति औ स्थानमा छ ? - ४८ औ 

१३) 'प्रेस स्वतन्त्रता लोकतन्त्रका लागि आवश्यक मात्र होइन, यो लोकतन्त्र नै हो' भन्ने विचारक को हुन् ? - वाल्टर क्रोनकाइट 

१४) वि.सं. २०७५ वैशाख मा सम्पन्न मनमोहन स्मृति अन्तर प्रदेश यू - १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - प्रदेश न. ७ 

१५) विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाउने गरिन्छ ? - मे ३ (May 3) 

१६) सन् २०२१ सम्म नेपालमा गैडाको संख्या कति पुर्याउने लक्ष्य छ ? - ८०० 

१७) अप्टिकल क्यारेक्टर रिकगनाईजेसन (OCR) सफ्टवेयर के सँग सम्बन्धित छ ? - नेत्रहिन व्यक्तिले नेपाली अक्षर पढ्न  र सुन्न सक्ने सफ्टवेयर प्रविधि    

श्रोत: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) बिमा समितिले बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था कहिलेदेखि लागू गरेको हो ? - वि.स. २०७५ वैशाख २३

२) यातायात क्षेत्रमा रहेका सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायीबीच कहिले सहमति भएको हो ? - वि.स. २०७५ वैशाख २३

३) कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालयले ५८ बुँदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? - वि.सं. २०७५ वैशाख २३

४) नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ? - शिवादेवी काफ्ले

५) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७

६) ‘प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ’ भन्ने विचारक को हुन् ? - अल्बर्ट आइन्स्टाइन

७) ‘जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्वास सम्भव हुन्छ’ भन्ने भनाइ कसको हो ? - जर्ज चकिरिस, अमेरिकी अभिनेता

८) आरएमएआई फ्लेम अवार्डस् २०१८ र फ्लेम लिडरसीप अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ? - रियल स्कुल अफ नेपाल

९) सन् २०१७ मा विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रुट कुन हो ? - सिङ्गापुर – क्वालालम्पुर रुट

१०) संयुक्त अरब इमिरेट्स(यूएई)ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदुतावास कहिले स्थापना गर्यो ? - वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)

११) अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ? - मे १२

१२) पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ? - परिभ्रमण

१३) सौर्य उर्जा, वायु उर्जा, जलस्रोत उर्जा एवं ज्वारभाटा कुन प्रकृतिको उर्जाको स्रोत हुन् ? - नवीकरणीय

१४) प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारको उर्जाका स्रोत हुन् ? - अनवीकरणीय

१५) कुन अधातु विद्युतको सुचालक हो ? - ग्राफायट

१६) मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ छ ? - जेनेभा (स्वीट्जरल्यान्ड)

१७) ग्रिस्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँदमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ? - मनसुनी वायु

१८) मनसुनी वायु कति प्रकारका हुन्छन् ? - दुई (ग्रिष्मकालिन र शीतकालिन मनसुन)

१९) प्रथम विश्वयुद्धमा बेलायत सरकारद्धारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? - कुलवीर थापा

२०) अपाङगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान(२०७२)को कुन धारामा व्यवस्था गरिएको छ ? - धारा ३१(३)

२१) सबैभन्दा पुरानो वेद कुन हो ? - ऋग्वेद (सबैभन्दा पछि रचना गरिएको वेद अथर्व वेद)

२२) नेपालमा मेसिन रिडेवल पासवर्ड कहिलेदेखि वितरण गर्न थालिएको हो ? - वि.सं. २०६७ पुस ११

२३) विकिरण बाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो वस्तुले गुमाएको तापशक्तिको परिणाम चिसो वस्तुले ग्रहण गरेको तापशक्तिको परिणामसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ? - क्यालोरिमेट्री सिद्धान्त

२४) ब्रेल लिपिका आविष्कारक को हुन् ? - लुई ब्रेल

२५) विक्रम संवत् को थालनी कसले गरेका हुन् ? - विक्रम आदित्य

२६) २३ दशमलव ५ डिग्री उत्तरी अक्षांस रेखालाई मकर रेखा (Tropic of Cancer) भनिन्छ भने २३ दशमलव ५ डिग्री दक्षिणी अक्षांस रेखालाई के भनिन्छ ? - मकर रेखा

२७) हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिवलमा ‘नाओ एन्ड आफ्टर ’ विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ? - अनन्त यात्रा (लेखन निर्देशन : सुनिल पाण्डे)

२८) वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धमा के व्यवस्था रहेको छ ? - सम्बन्धित देशको नेपाली दुतावास तथा नियोगबाट मात्र हुने

२९) गैरआवासिय नेपाली सङ्घको स्थापना कहिले भएको हो ? - सन् २००३ अक्टोवर ११

३०) विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ? - मे ८

श्रोत: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? – १ हजार ४ डलर

( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ६ हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राष्ट्रिय आय अनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।)

२) केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ? – ५.८९ प्रतिशत

३) सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ? – चार

(उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।)

४) संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१८ अप्रिल २३

(सो समितिमा नेपाल पहिलोपट अध्यक्षका रुपमा निर्वाचित (सन् २०१८ का लागि) भएको ।)

५) भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्धारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटायल एक्ट्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ? – मनिषा कोइराला

( सन् १९९१ म बलिउडमा प्रवेश गरेकी मनिषले पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।)

६) वि.सं. २०७५ वैशाख १७ मा कतिऔँ बुद्धजयन्ती मनाइयो ? – २५६२ औँ

७) वि.सं. २०७५ वैशाख १५ र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कतिबुँदे घोषणापत्र जारी गर्यो ? – १० बुँदे

(विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गरी अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएकको छ ।)

८) आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ? – राउटे

९) एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? – सन् १९६१ मे २८

(बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गरेका यो संस्था प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यस सङ्गठनले सन् १९७७ मा नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । मानव अधिकारको संरक्षणलाई प्रौत्साहित गरी राजनितिक बन्दीहरुको सहायता गर्ने उदेश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाख भन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।)

१०) नेपालमा हाल पर्वतारोहणका लागि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ? – ४१४

श्रोत: गोरखापत्र 

वस्तुगत प्रश्नोत्तर

१) ‘बेबी नोबल’ भनी चिनिने जोन विट्स क्लार्क अवार्ड - २०१८ बाट पुरस्कृत हुने नेपाली मूलका अमेरिकी अर्थविद को हुन् ? - डा.प्रयाग पाठक

२) लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धि संयुक्त राष्टसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१८ अप्रिल

३) सन् २०१८ अप्रिल १२-१७ सम्म सञ्चालित काठमाडौं ओपन जीएम अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधि कसले जित्यो ? - भारतका हर्ष भारथाकोटी

४) पहिलो अन्तराष्ट्रिय क्रीकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८ (अमेरिकाको सानफ्रान्सिस्कोमा)

५) भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ? - विलियम जर्ज मोगर्न (सन् १८९५)

६) तेक्वान्दो खेललाई आधिकारिक रुपमा ओलम्पिकमा कहिले देखि समावेश गरिएको हो ? - सन् २००० को सिड्नी ओलम्पिक देखि

७) अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ? - अप्रिल २३

८) पृथ्वी दिवस कहिले मनाइन्छ ? - अप्रिल २२

९) विश्वमै दुई पटक अनुहार प्रत्यारोपण गरिएका पहिला व्यक्ति को हुन् ? - फ्रन्सका जेरोम ह्यामोन

१०) चीन सरकारले दुई ओटा वाई -१२ ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? - वि.सं. २०७५ वैशाख ४

श्रोत: पत्रपत्रिका 

वस्तुगत प्रश्नोत्तर

१) वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको कानुनी प्रतिरक्षा सम्बन्धमा के व्यवस्था रहेको छ ? – नेपाल सरकारले प्रतिरक्षा गर्ने

२) बङ्गालको खाडीबाट नेपालसम्म पानी जहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच कहिले सम्झौता भएको हो ? – वि.स. २०७४ चैत २४

३) नेपालको कुन ठाउँमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ ? – दैलेखको दुल्लु

४) जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाई’ बनाइएको हो ? – वि.स. २०७४ चैत २९

५) Face to face Contact Disease भनी कुन रोगलाई चिनिन्छ ? – ठेउला

६) ‘प्रोक्सिमा बी’ भनेको के हो ? – पछिल्लो समयमा वैज्ञानिकहरुद्धारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकुल रहेको ठानिएको एक ग्रह
(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दो जुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

७) राष्ट्रिय झण्डा दिवस कुन दिन मनाउने गरिन्छ ? – वैशाख १

८) संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१७ अक्टोवर १६
– एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, अफगानस्तान र कतार निर्वाचित भएका ।

९) चालक दलका दश सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान कहिले दुर्घटनाग्रस्त भयो ? – सन् २०१८ अप्रिल ११

१०) प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल किनारबाट देशवासीका नाममा सम्बोधन कहिले गरियो ? – वि.स. २०७५ वैशाख १
(कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु भएको कर्णाली रारा पर्यटन वर्ष २०७५ को अभियान उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारा बाट देशबासीका नाममा सम्बोधन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सङ्कल्प व्यक्त गरेका ।)

श्रोत: गोरखापत्र 

वस्तुगत प्रश्नोत्तर

१) १६ औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
- वि.सं. २०७४ चैत २३ २४, बुटवल

२) पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) विधिवत रुपमा कहिले देखि सञ्चालनमा आएको हो ?
- वि.सं. २०७४ चैत २४ (सन् २०१८ अप्रिल ७) (भारत सरकारको सहयोगमा रु.२ अर्ब लागतमा निर्मित सो आईसीपी अलौ र सिर्सियाका ११५ बिघा क्षेत्रफलमा फैलिएको)

३) प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराद्धारा प्रदेशको आर्थिक अवस्थाको चित्रण गर्दै ७७ बुँदे श्वेत पत्र कहिले प्रस्तुत गरियो ?
- वि.सं. २०७४ चैत २५

४) “एउटा न्यानो र मिठा हाँसो दया र करुणको अन्तर्राष्ट्रिय भाषा हो” भन्ने विचारक को हुन् ?
- विलियम अर्थर वार्ड, अमेरिकी लेखक

५) भूपरिवेष्ठित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवम् अध्ययन अनुसन्धानका लागि राष्ट्रसङ्घ अन्तर्गतको थिङ्क ट्याङ्कमा नेपाल सदस्य हुने बिषय संसदबाट कहिले पारित हो ?
- वि.सं.२०७४ साउन २२
( नेपाल १० औँ सदस्य राष्ट्र बनेको । यसको सचिवालय मङ्गोलियामा रहेको ।)

६) चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?
- वि.सं. २०७४ जेठ ४ ( नारा : चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई )

७) संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
- सन् १९९८
- संयुक्त राष्ट्रसङ्घको पहिलो महासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८ २००६) हुन् ।
- हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिन जे.मोहम्मद रहेका ।

८) हिम चितुवालाई लोपोन्मुख जनावरको सूचीबाट हटाएर संरक्षित जनावरका रुपमा कहिले वर्गीकरण गरिएको हो ?
- सन् २०१७ सेप्टेम्बर

९) रानाथारु सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?
- कञ्चनपुरको बेलौरी

१०) चीनद्धारा अघि सारिएको वान् बेल्ट वान् रोड (ओबीओआर) समझदारी पत्रमा नेपालले कहिले हस्ताक्षर गरेको हो ?
- वि.सं. २०७४ वैशााख २९ (सन् २०१७ मे १२)

श्रोत: गोरखापत्र 

वस्तुगत प्रश्नोत्तर

१) नेक्स मोडलद्धारा राजधानीमा आयोजित ‘मिस नेपाल पिस’ को उपाधि जित्ने युवती को हुन् ? - श्रीया रजक

(प्रतियोगितामा सुस्मिता बोगटी फस्ट रनर अप र जिना श्रेष्ठ सेकेन्ड रनर अप भएका हुन् । )

२) नेपाल सरकार (कार्य विभाजन) नियमावली , २०७४ को पहिलो संशोधन अनुसार नेपालमा कति मन्त्रालय कायम गरिएका छन् ? - २१

(बि.स.२०७४ चैत्र १ मा राजपत्रमा प्रकाशित)

१. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
२. अर्थ मन्त्रालय 
३. उद्योग वाणिज्य तथा आपूर्ति 
४. उर्जा, जलश्रोत तथा सिँचाइ
५. कानून, न्याय तथा ससदीय मामिला 
६. कृषि भूमी व्यवस्था तथा सहकारी 
७. गृह 
८. परराष्ट्र
९. भौतिक पूर्वाधार तथा यातायात
१०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक 
११. रक्षा
१२. वन तथा वातावरण
१३. सहरी विकास 
१४. शिक्षा,विज्ञान ताथा प्रविधि
१५. श्रम,रोजगार तथा सामाजिकक सुरक्षा
१६. संस्कृति,पर्यटन ताथा नागरिक उड्डयन
१७. सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८. सञ्चार तथा सूचना प्रविधि
१९. स्वास्थ्यतथा जनसंख्या
२०. खानेपानी
२१. युवा तथा खेलकुद

३) कर्मचारी समायोजन नियमावल, २०७४ कहिलेदेखि लागू भएको हो ? - वि.स. २०७४ फागुन २८

४) सैनिक प्राड सेवा नियमावली, २०७४ अनुसार सैनिक प्राड सेवा भन्नाले के बुझिन्छ ? - नेपाली सेनामा कानून तथा न्यायसँग सम्दन्धित कार्य सम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा

५) नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४ अनुसार इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरुको सम्पर्क र समन्वय सम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ? - गृह

६) २०७४ सालको नइ देरुनिखअन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् ? - जर्मनीका प्रा.डा.मानफ्रेद गेरहार्ड थ्रोइ
(त्यसैगरी, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कारबाट भगवती बस्नेत (इजरायल) सम्मानित भएकी )

७) म्यानमारमा सन् २०१८ मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने राजनीतिकर्मी को हुन् ? - ए विन मिन्त

( सन् २०१८ मार्च २८ मा म्यानमारको युनियन संसद्मा भएको मतदानमा कुल ६३६ सांसदमध्ये ४०३ मतका साथ मिन्त राष्ट्रपति चयन भएका । उनी नेतृ आङसान सुकीका विश्वासपात्र मानिने ।)

८) अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा ‘देशको आर्थिक स्थितिको श्वेतपत्र’ कहिले सार्वजनिक गरियो ? - वि.स. २०७४ चैत्र १६

(८९ बुँदे श्वेत पत्र)

९) गृह प्रशासन सुधार कार्ययोजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ? - वि.स. २०७४ चैत्र १९ 
(गृहमन्त्री रामबहादुर थापा ‘बादल’ द्धारा चैत्र १९ मा र्गह प्रशासन सुधार सम्बन्धी ८२ बुँदे कार्ययोजना सार्वजनिक गरिएको ।)

१०) वि.स. २०७४ चैत्र २० मा मनाइएो ६१ औँ राष्ट्रिय सहकारी दिवसको नारा के रहेको छ ? - दिगो विकास लक्ष्य प्राप्तिा लागि सहकारी 
(वि.स. २०१३ चैत्र २० गते वखान ऋण सहकारी समितिको स्थापना भई नेपालमा सहकारी आन्दोलनको सुरुवात भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते मुलुकभर राष्ट्रिय सहकारी दिवस मनाइदै आएको ।)

श्रोत: गोरखापत्र 

वस्तुगत प्रश्नोत्तर

१) ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेको एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ? - छैटौं
(एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा इन्डोनेसियाको बाली परेको छ । काठमाडौं भन्दा अघि वालीसँगै थाइल्याण्डको फुकेट , भियतनामको हनोई, कम्बोडियाको सियाम रियम एवं जापानको टोकियो सहर परेको )

२) मुलुकी अपराध (संहिता) ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ? - वि.स. २०७४ असोज ३०

(यो ऐनसंवत २०७४ भदौ १ देखि प्रारम्भ हुने )

३) मिसोफोनिया भन्नाले के बुझिन्छ ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन

(आवाजका कारण हुने विशेष कठिनाइ)

४) कर्णाली प्रदेश सरकारले वि.स. २०७५ लाई कुन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष

- आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन वर्ष मनाउन थालिएको हो ।
- रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन वि.स. २०७५ बैशाख १ मा रारा ताल बाट गर्ने निर्णय भएको । 
- जतिय विविधता भित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश समृद्ध मानिने ।नेपालकै सबैभन्दा ठूलो रारा ताल, कैलाश मान सरोवर जाने प्रवेशद्धार,रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुण्डो ताल, वालात्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गम थलो सिन्जा उपत्यका, सुर्खेतको काँक्रे विहार, बुलबुले ताल, देउती बज्यै मन्दीर, कालिकोटे राष्कोट, पञ्चदेवल हुम्लाकको लिमी उपत्यका आदि यस प्रदेशका प्रमुख आकर्षण रहेका ।

५) छिन्ताङ काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहाँ भएको थियो ? - मोरङ

६) नेपालमा कमलरी मुक्त घोषणा कहिले भएको थियो ? - २०७० श्रावण ३

( कमैया मुक्त घोषणा वि.स. २०५७ श्रावण २ र हलिया मुक्त घोषणा २०६५ भाद्र २१ मा )

७) चारकुने मुद्रा प्रचलनमा ल्याउउने मल्ल राजा को हुन् ? - प्रताप मल्ल

८) नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट (१६ ओटा )

(सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङ ११ओटा)

९) नेपाल र जोर्डन बीच द्धिपक्षीय श्रम सम्झौता कहिले भएको हो ? - सन् २०१७ अक्टोबर १८

– नेपालको यो दोस्रो द्धिपक्षीय सम्झौता रहेको । नेपालले पहिलो द्धिपक्षीय श्रम सम्झौता कतारसँग गरेको ।
– हाल नेपालले श्रम सम्झौता गरेको राष्ट्रको सँख्या सात रहेको ।

१०) नेपालमा जिरो हंगर च्यालेन्ज अभियान औपचारिक रुपमा कहिले सुरु भएको हो ? - वि.स. २०७१ पुष ४ गते

वस्तुगत प्रश्नोत्तर

१) संयुक्त राष्ट्रसंघका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’द्धारा सन् २०१८ मा सार्वजनिक वर्लड ह्यापिनेस रिपोर्ट अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ –  १०१ औं

–  प्रतिवेदन अनुसार फिनल्यान्ड, स्विजरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड, क्यानडा, स्विडेन, र अस्ट्रेलिया विस्वका सबैभन्दा खुसी १० देश भित्र परेका छन् ।

– सूचीको सबैभन्दा पुछारमा बुरुन्डी परेको छ ।

– सूचीमा पाकिस्तान ७५ औं, भुटान ९७ औं, नेपाल १०१ औं, बङ्लादेश ११५ औं, श्रीलङ्का ११६ औं, तथा भारत भारत १३३ औं स्थानमा रहेका । यस वर्षको सूचीमा माल्दिभ्स र अफगानस्तान नसमेटिएका छन् । 
सो प्रतिवेदन अनुसार अमेरिका १८ औं र चिन ६५ औं स्थानमा रहेका छन् ।

२) सन् २०१६ मार्च १२ - १६ सम्म् न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको २० औं बैठकले कुन कुन राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरओन्नतिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ? – भुटान, किरिवाटी,साआतोमे, एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड

– विकासोन्मुख मुलुकमा रुपान्तरण हुन प्रतिव्यक्ति आय १२ सय अमेरिकि डलर , ह्युमन इसेट्स इन्डेक्स ६६ माथि र इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स ३२ तल हुनुपर्ने प्रावधान रहेको ।
– कुनै पनि तीन इन्डेक्समा दुईओटामा तोकिएको लक्ष्य पुरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरेन्नति हुने राष्ट्रसंघको व्यवस्था रहेको छ । नेपालले प्रतिव्यक्ति आयबाहेक बाँकि दुईओटा लक्ष्य पूरा गर्न सकेको छैन ।

३) उत्पादन सुरु भएका १,५४ वर्ष पछि ट्रडमार्क प्राप्त गर्ने नेपाली उत्पादन कुन हो ? - नेपाली चिया

- नेपालमा चिया खेतिको सुरुवात वि.स. १९२० मा भएको । 
- ट्रेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान स्थापना तथा प्रवद्र्धन हुने विश्वास गरिएको ।
- नेपाली टी, क्वालिटी फ्रम हिमालय’ ट्रेडमार्क वि.सं. २०७४ चैत्र २३ मा सार्वजनिक गर्ने निर्णय भएको ।

४) नेपालको पहिलो चिया गणना कहिले सुरु गरियो ? – वि.सं. २०७४ माघ २५

(उन्नति परियोजनाको सहयोग र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा राष्ट्रिय चिया तथा कफि विकास बार्डले चिया खेति सँग सम्बन्धित तथ्याङ्क सङ्कलन सुरु गरेको । २०७४ फागुन मसान्त सम्ममा तथ्याङ्क सङ्कलनका् कार्य सम्पन्न हुने जनाइएको छ ।)

५) डोल्पो नामक कृतिका लेखक को हुन् ? - विष्णुप्रसाद शर्मा पराजुली

६) नेपाल एपिएफ क्लबको स्थापना कहिले भएको हो ? – वि.सं.२०६१ वैशाख ३१

(फौजी जीवनमा खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मान्यताका राथ एपीएपफले सशस्त्र प्रहरी बलका कर्मचारीलाई शारीरिक एवम् मानसिक रुपमा चुस्तदुरुस्त राख्न क्लबको स्थापना गरेको । क्लवले १३ वषर््ाको अवधिमा घरेलु खेलकुदका साथै अन्तर्राष्ट्रिय खेलकुदमा पनि फड्को मारेको ।)

७) इच्छा मृत्यु सम्बन्धमा ‘पैसिव युथेनेसिया’ भन्नाले के बुझिन्छ ? – कुनै गम्भीर रोग लागेर अतिसार पीडामा रहेका बिरामीको मेडिकल उपचार बन्द गर्नु, बिरामीको लाइफ सपोर्ट मेसिन हटाइदिनु, खानाखाने ट्युब टाइदिनु, अत्यावश्यक औषधि बन्द गरिदिनु एवम् कुनै शल्यक्रिया नगर्नु ।

–क्यानडा, न्यादरल्यान्ड , बल्जियम , कोलम्बिया, लक्जेम्बर्ग, लगायतका राष्ट्रमा इच्छामृत्युलाई अनुमति दिइएको ।

– भारतको उच्च अदालतले हालै इच्छा मृत्युलाई कानुनी रुपमा स्वीकृति दिएको ।

– इच्छामृत्युलाई कतिपयले हत्याको संज्ञा दिएका छन् भने कतिपयले यसलाई कानुनी रुपमा व्यक्तिलाई ससम्मान मृृत्यु हुन दिनुपर्ने तर्क राख्ने गरेका छन् ।

– इच्छामृत्यु पाउन सबैजसो मुलुकमा चिकित्सकले प्रमाणित गरेको कागज हुनुपर्ने अनिवार्यता रहेको ।

– चिकित्सकले बिरामीलाई असह्य पीडा भएको तथा बिरमी कुनै मानसिक रोगी नभएको प्रमाण्ति भएपछि मात्रद्द इच्छा मृत्युकालागि स्वीकृति दिने प्रावधान रहेको छ ।

८) अराधारण प्रतिभाका धनी प्रख्यात वैज्ञानिक स्टेफन हकिङ्को निधन कहिले भएको हो ? – सन् २०१८ मार्च १४

(ब्रह्माण्डको व्याख्यामा आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वान्टम सिद्धान्त जोड्ने हकिङ् पहिलो वैज्ञानिक ।)

९) A Brief History of Time  नामक चर्चित कृतिका लेखक को हुन् ? – स्टेफन हकिङ्

१०) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ? – शशीकला दाहाल

(राष्ट्रिय सभा उपाध्यक्षमा बाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी । २०७४ चैत्र ४ मा सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभा बैठकले उनलाई विनयी घोषणा गरेको । मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी सांसद दाहाल उपाध्यक्षमा विजयी भएकी । उनको प्रतिस्प्रधी नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य विन्दादेवी आले रानाले ११ मत प्राप्त गरेकी ।)

साभार: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बङ्गलाको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले दुर्घटनाग्रस्त भयो ? – वि.सं. २०७४ फागुन २८ (सन् २०१८ मार्च १२)

– चालकदलसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा २२ नेपालीसहित ५० जनाभन्दा बढीको ज्यान गएको । ज्यान गुमाउने नेपालीमा केही बङ्गलादेशमा एमबीबीएस गर्दै आएका र केही ट्राभल एजेन्सीका सञ्चालक तथा कर्मचारी रहेको बताइएको । मृत्यु हुने अन्य नागरिकमा २५ बङ्गलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका रहेका छन् ।
– मन्त्रिपरिषद्को २०७४ फागुन २८ मा बसेको बैठकले विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको ।

२) साहित्यकार इन्द्रबहादुर राईको निधन कहिले भएको हो ? – वि.सं. २०७४ फागुन २२

– नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने सिद्धहस्त स्रष्टा राईको ९१ वर्षको उमेरमा फागुन २२ मा दार्जीलिङमा निधन भएको ।
– बैरागी काइला, ईश्वर बल्लभ र राई मिलेर तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका ।
– आज रमिता छ, विपना कतिपय, कठपुलतीको मन, कथास्थालगायतका उपन्यास/कथा कृतिसँगै आयामेली र लिला लेखनको खोज राईको सिर्जनासँग जोडिएका परिचय हुन् ।
– राईको लेखन शक्तिले नेपालका नेपाली भाषी समुदाय र भारतीय नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुगेको ।

३) ‘जबतिमी माथि–माथि उड्न थाल्छौं, त्यतिखेर मान्छेले तिमीलाई ढुङ्गाले हिर्काउने छन् तर, तिमी तल नहेरी अझै माथि–माथि उड, जसले गर्दा ती ढुङ्गा तिमीसम्म पुग्न सक्ने छैनन् ।’ भन्ने विचारक को हुन् ? – चेतन भगत, भारतीय लेखक

४) विश्व र्कीर्तिमान कायम गर्ने उद्देश्यका साथ लायन्स क्लब अफ काठमाडौं लगायतका संस्थाद्वारा एकै दिनमा एकै स्थानमा एक जार पाँच सय पिन्ट रगत सङ्कलन कहिले गरियो ? – वि.संं. २०७४ फागुन २४

(टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वैच्छिकरुपमा रक्तदान गरेका । यसअघि भारतमा करिब ९०० पिन्ट रगत सङ्कलन गरिएको भए पनि विश्व र्कीर्तिमानका लागि दावी नगरिएको आयोजकले जनाएका ।)

५) ‘प्रोक्सिमा बी’ के हो ? – पछिल्लो समयमा वैज्ञानिकहरुद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दाजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

६) नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाह हुन् भने पहिलो महिला सचिव को हुन् ? – चन्द्रकला किरण

७) दुःख र विपत् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिनानिमन्त्रण टुप्लुक्किन्छन् । भन्ने विचारक को हुन् ? – वाल्मीकि

८) गहना सङ्ग्रहालय कहाँ स्थापना गर्न थालिएको छ ? – भद्रकाली (काठमाडौं)

(भद्रकाली मन्दिर परिसरको अर्ध गोलाकार भवनमा गहना सङ्ग्रहालय स्थापना गर्न थालिएको ।)

९) संयुक्त राष्ट्रसङ्घको महासभा हरेक वर्ष कुन दिन सुरु हुने प्रावधान छ ? – सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार (डिसेम्बर मध्यसम्म सञ्चालन हुने।)

१०) बायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ? – तनहुँ

साभार: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) विश्व कीर्तिमान कायम गर्ने गरी काठमाडौंको टुँडिखेलमा हजारौं मानिस भेला भई गौतम बुद्धको वचन ‘धम्मपद’को वाचन कहिले गरियो ? – वि.सं. २०७४ फागुन १९
– बुद्धवचन धम्मपद वाचन गरेर संसारकै नयाँ रेकर्ड कायम गर्ने उद्देश्यका साथ टुँडिखेलमा जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध वचन धम्मपद नामक कार्यक्रमको आयोजना गरिएको ।
– आयोजक विश्व कीर्तिमानी परिषद्का अनुसार आधिकारिक पास लिएर प्रवेश हुने सहभागी ७५ हजार एवम् पास नलिई प्रवेश गर्ने सहभागीसमेत गरी झण्डै डेढ लाखले एकसाथ बुद्धवचन वाचन गरेका । 
– कार्यक्रममा धम्मपद वाचन गरिरहँदा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको ।
– यसअघि भारतको आर्ट अफ लिभिङ फाउन्डेसनद्वारा ४६ हजार ६६० जनाले उपस्थितिमा कविता पढी गिनिज बुकमा रेकर्ड राखिएको ।

२) पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी नेपालको दुई दिने भ्रमणका सन्दर्भमा कहिले काठमाडौं आए ? – वि.सं. २०७४ फागुन २१
(प्रधानमन्त्री ओलीलाई बधाई दिन एवम् दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासीको भ्रमण भएको बताइएको ।)

३) सङ्घीय संसद्को पहिलो ऐतिहासिक बैठक कहिले बसेको हो ? – वि.सं. २०७४ फागुन २१ 
(दोस्रो संविधान सभाबाट निर्मित नयाँ संविधान बमोजिम सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशन अन्तर्गत केन्द्र नयाँ बानेश्वरमा सञ्चालन भएको ।)

४) स्थानीय तहमा न्यायिक समिति गठन गर्ने सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ? – धारा २१७
(संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरुपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्सीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँ सभा वा नगर सभाबाट आफू मध्येबाट निर्वाचित दुई जना सदस्य रहने प्रावधान रहेको ।)

५) ‘सिकाइले मस्तिष्कलाई कहिल्यै थकाउँदैन’ भन्ने विचारक को हुन् ? – लियोनार्दो दा भिन्ची

६) वि.सं. २०७४ फागुन १७ मा सम्पन्न चौथो लुम्विनी शान्ति म्याराथन दौडको उपाधि जित्ने धावक को हुन् ? – नेपाली सेनाका होमलाल श्रेष्ठ 
(कपिलवस्तुको कुदानबाट सुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरसम्मको सो म्याराथनमा सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्ट क्रमशः दोस्रो र तेस्रो भएका ।)

७) नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ गठित प्रबुद्ध समूहको पहिलो बैठक कहिले र कहाँ सम्पन्न भयो ? – वि.सं. २०७३ असार २०–२१, काठमाडौं

८) विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्टिविहीन को हुन् ? – कमल लामिछाने

९) पेन्दिया पर्व थारु जातिले मनाउँछन् भने पातमेला र वाहा पर्व कुन जातिले मनाउने गर्छन् ? – सतार

१०) सर्वप्रथम सहकारीको अवधारणा ल्याउने देश कुन हो ? – बेलायत

साभार: गोरखापत्र

विविध वस्तुगत प्रश्नोत्तर

१) ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१८ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? – न्युजिल्यान्ड

– १८० राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा नेपाल १२२ औँ स्थानमा रहेको ।
– प्रतिवेदन अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सोमालिया रहेको ।
– दक्षिण एसियाली राष्ट्रमा भुटानः २६ औँ, भारतः ८१ औँ, श्रीलङ्काः ९१ औँ, माल्दिभ्सः ११२ औँ, पाकिस्तान – ११७ औँ, नेपाल – १२२ औँ, बङ्गलादेशः १४३ औँ र अफगानिस्तान १७७ औं स्थानमा रहेका ।

२) सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ? – वि.सं. २०७४ फागुन १०

(यातायात व्यवस्था विभागले २०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको । आवश्यक तयारी नभएको एवम् देवनागरी लिपिमा नभएको भन्दै इम्बोस्ड नम्बर प्लेटको आलोचना हुँदै आएको ।)

३) एसिया प्रशान्त क्षेत्रीय सञ्चालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ? – काठमाडौं (वि.सं. २०७४ फागुन ७–१५)

४) काठमाडौं महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? – सन् २०१८ फेब्रुअरी २६ 

(दुई ठूला राजधानी सहर बीचको सम्बन्धबाट नगरका नागरिकलाई मात्र नभई दुईवटै देशका लागि फाइदा पुग्ने विश्वास गरिएको ।)

५) हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ? – आङ्रिता शेर्पा 

(अक्सिजन बिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मानस्लु, लेल्से, अन्नपूर्ण, धौलागिरी, माउन्ट के टु लगायतका दर्जनौँ हिमाल पनि बिना अक्सिजन नै आरोहण गरी हिहमालको हिरोका रुपमा चिनिने आङ्रिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका ।)

६) वि.सं. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकरण गर्यो ? – कर्णाली प्रदेश 

(उक्त बैठकले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर (सुर्खेत) तय गरेको)

७) ‘मानिसले दयालाई कहिल्यै बिर्सनुहुँदैन किनभने दया नै धर्मको जरो हो’ भन्ने विचारक को हुन् ? – तुलसीदास

८) हरेक चार वर्षमा प्रदान गरिने चार लाख रुपियाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा) हुने स्रष्टा को हुन् ? – डा. तारानाथ शर्मा

९) वि.सं. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ? – नेपाल एपीएफ क्लब

(उपाधिसँग एपीएफले पाँच लाख र उपविजेता पूर्वाञ्चलले दुई लाख नगद पुरस्कार प्राप्त गरेका।)

१०) ‘शिक्षा सबैभन्दा ठूलो हतियार हो, जसबाट संसार फेर्न सकिन्छ’ भन्ने विचारक हो हुन् ? – नेल्सन मन्डेला

श्रोत: पत्रपत्रिका 

विविध सामान्यज्ञान प्रश्नोत्तर

१) वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? – राष्ट्रकवि माधवप्रसाद घिमिरे

२) ३७ औं नेसनल म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा म्यानेजर अफ द इयर अवार्ड – २०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ? – विश्वास ढकाल (प्रवन्ध निर्देशक: एक वान सफ्ट इन्टरनेसनल)

(त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्यान्डिङ’ अवार्ड प्रदान गरिएको ।)

३) नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स (क्यूआर कोर्ड) एक्वायरिङ सर्भिस’ को सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ? – नविल बैङ्क

४) वि.सं. २०७४ मा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? – थ्रिस्टार

(नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै माघ २७ मा भएको फाइनल प्रतियोगितामा थ्रिस्टारले उपाधि चुमेको ।)

५) प्रधान सेनापति खुला म्याराथन - २०७४ को उपाधि जित्ने धावक को हुन् ? – नेपाली सेनाका कृष्ण बस्नेत 

६) २३ औँ शीलकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? – दक्षिण कोरियाको प्याङचाङ (सन् २०१८ फेब्रुअरी ९ - २५)

७) ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? – वि.सं. २०७४ माघ २७ 

८) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए - ६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? – वि.सं. २०७४ फागुन १ 

(चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको सङ्ख्या ६ पुगेको ।)

९) विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नेपाल प्रतिनिधिमा नियुक्त हुने संरक्षणविद् को हुन् ? – डा. घनश्याम गुरुङ

१०) नयाँ सहरी विकास एजेन्डामा आधारित सहरी विकास सम्बन्धी विश्व सम्मेलन कहाँ आयोजना गरियो ? – मेलियाको क्वालालम्पुर

श्रोत: पत्रपत्रिका 

वस्तुगत प्रश्नोत्तर

१) वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? – राष्ट्रकवि माधवप्रसाद घिमिरे

२) ३७ औं नेसनल म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा म्यानेजर अफ द इयर अवार्ड– २०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ? – विश्वास ढकाल (प्रवन्ध निर्देशक: एक वान सफ्ट इन्टरनेसनल)
(त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्यान्डिङ’ अवार्ड प्रदान गरिएको ।)

३) नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स (क्यूआर कोर्ड) एक्वायरिङ सर्भिस’ को सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ? – नविल बैङ्क

– उक्त प्रणाली मार्फत क्यूआर कोडको प्रयोग गरी नविल बैङ्कसँग आबद्ध मर्चेन्टले युनियनपेका अन्तर्राष्ट्रिय कार्ड स्वीकार गरी सरल तथा सुरक्षित तवरले आफ्नो उत्पादन र सेवाको भुक्तानी लिन सक्ने ।
– क्युआर कोड बारकोड मेसिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेवल हो, जसमा संलग्न भएको वस्तुका बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वायर ग्रिड हुन्छन्, जसलाई छविका रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरी कारोबार गर्न सकिने हुन्छ ।
– क्यूआर कोड प्रणाली मार्फत उपभोक्ताले व्यापारिक बिक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरी आफूले राजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन् ।,

४) वि.सं. २०७४ मा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? – थ्रिस्टार
(नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै माघ २७ मा भएको फाइनल प्रतियोगितामा थ्रिस्टारले उपाधि चुमेको ।)

५) प्रधान सेनापति खुला म्याराथन– २०७४ को उपाधि जित्ने धावक को हुन् ? – नेपाली सेनाका कृष्ण बस्नेत 
(बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरेका । सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्ड समय लिँदै दोस्रो तथा सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएका । हाफ म्याराथनतर्फ महिला विधामा सेनाकी प्युठ विश्वरुपा बुढा पहिलो भएकी ।)

६) २३ औँ शीलकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? – दक्षिण कोरियाको प्याङचाङ (सन् २०१८ फेब्रुअरी ९–२५)

– यस ओलम्पिकबाट उत्तर र दक्षिण कोरिया बीचको कटुतापूर्ण सम्वन्धमा सुधार हुने आशा गरिएको ।
– उद्घाटन समारोहमा दक्षिण कोरिया र उत्तर कोरियाका खेलाडीले दुवै कोरिया बीचको तनावमा पनि एउटै झण्डा मुनि मार्चपास गरेका । ओलम्पिक उद्घाटन समारोहमा १ हजार २ सय १८ ड्रोन प्रयोग गरिएको, जुन नयाँ गिनिज वल्र्ड रेकर्डसमेत बनेको ।
– ओलम्पिकबाट प्रतिबन्धित भएका रसियन खेलाडीले तटस्थ ओलम्पिक झण्डामुनि मार्चपास गरेका ।
– यस ओलम्पिकमा ९२ देशका २ हजार ९ सय २५ खेलाडीले विभिन्न १५ खेलमा सहभागिता जनाएका ।

७) ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? – वि.सं. २०७४ माघ २७ 

– सुदूर पश्चि विकासक्षेत्र र अहिलेको प्रदेश ७ मा पर्ने दार्चुला र बैतडीको सीमामा निर्माण भएको यो आयोजनाबाट एक महिनाअघि देखि परीक्षण उत्पादन सुरु भएको । प्रतिमेगावाट लागत करिब १५ करोड रुपियाँको हिसाब गरिने बेलामा चमेलिया सुरु हुँदाको प्रतिमेगावाट लागत आम प्रचलनभन्दा दोब्बर बढी थियो र सम्पन्न हुँदा तेब्बर बढी पुगेको जसले गर्दा यो जलविद्युत् आयोजना अहिले सम्मकै महँगो आयोजना बन्न पुगेको ।
– आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले महँगो आयोजनाका रुपमा उल्लेख गरे पनि विकासमा पछाडि परेको सुदूर पश्चिम क्षेत्रकै सन्तुलित विकासका लागि यो आयोजना सुरु गरिएको । डिजाइन परिवर्तन, ठेकेदार कम्पनीसँगको विवाद, भूकम्प, नाकाबन्दी लगायतबाट समेत आयोजना प्रभावित भएको ।
– आयोजनाको निर्माण सुरुवात वि.सं. २०६४ मा भएको ।

८) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए–६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? – वि.सं. २०७४ फागुन १ 
(चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको सङ्ख्या ६ पुगेको ।)

९) विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नेपाल प्रतिनिधिमा नियुक्त हुने संरक्षणविद् को हुन् ? – डा. घनश्याम गुरुङ

१०) नयाँ सहरी विकास एजेन्डामा आधारित सहरी विकास सम्बन्धी विश्व सम्मेलन कहाँ आयोजना गरियो ? – मेलियाको क्वालालम्पुर

– सन् २०१८ फेब्रुअरी ९–१५ सम्म आयोजित सम्मेलनमा नेपालसहित विश्वका सरकारी तथा गैरसरकारी निकाय एवम् सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएका ।
– सहरी विकास एवम् मानव बस्ती निर्माण, आधारमूत आवास तथा संरचना विकास, उच्च गुणस्तरयुक्त सार्वजनिक संस्थानको विकास लगायत विषयमा केन्द्रित सम्मेलनको नारा ‘सहर २०३०, सबैका लागि सहरः नयाँ सहरी एजेन्डा कार्यान्वयन’ रहेको ।
– सन् २००२ बाट हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो नवौं सम्मेलन हो ।

साभार : गोरखापत्र

गोरखापत्र लोकसेवा सहयोगी सामग्री

राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा के हो ? - बालमैत्री शासन : बालअधिकारको सम्मान

अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८

नेपालमा संविधान दिवस कहिले मनाइन्छ ? - असोज ३

तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ? - सन् २०१७ अगस्त २२

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पठाईएको अन्तरिक्ष यान कुन हो ? - क्यासिनी

छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २ - ४

नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ? - सन् २०१७ सेप्टेम्बर १३

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गरे ? - वि.स २०७४ असोज ३

विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ? - ४.५ प्रतिशत

सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल

२०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी

पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ

उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ? - सन् २०१७ सेप्टेम्बर १५

चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ

बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ? - नेपाल लाइफ इन्सुरेन्स कम्पनी

व्यवस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ? - तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना

२०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ? - शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना

गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ? - नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट

व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ? - बि.स. २०७४ असोज ९

२०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - प्रा. शिवगोपाल रिसाल

मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ? - सन् २०१७ सेप्टेम्बर १९

मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ? - सुरुचि पाण्डे

थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ? - सन् २०१७ सेप्टेम्बर २७

नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ? - वि. स. २०७४ असोज ८

युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ? - वि. स. २०७४ असोज ६

नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ? - बुद्ध लामा

सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ? - नेपाल

रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ? - वि. स. २०७४ असोज १२

नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ? - अस्ट्रेलिया

सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ? - एन्जेला मर्केल

विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ? - काठमाडौँ ( वि. स. २०७४ असोज )

नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २१-२२, काठमाडौँ

सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज २०

२०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ? - प्रा डा. चन्द्रमणि पौडेल

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ? - वि. स. २०७४ असोज २३

अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ? - सन् २०१७ अक्टोवर १

हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २९-३०

वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ? - वि. स. २०७४ असोज २८

म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ? - सन् २०१७ सेप्टेम्बर ९

गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २८ - ३१

गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ? - वि. स. २०७४ असोज २५

स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? - वि. स. २०७४ असोज २९

प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ? - वि. स. २०७४ असोज २७

सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज

प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ? - सन् २०१७ अक्टोबर १३ - १४

राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज २६

श्रोत: गोरखापत्र

वस्तुगत प्रश्नोत्तर

१) साहित्यकार मनु ब्राजाकीको निधन कहिले भएको हो ? – वि.सं. २०७४ माघ १९ 
( ‘म र तिम्रो स्वास्नी’, ‘अन्नपूर्णको भोज’, जस्ता प्रसिद्ध कथासङ्ग्रह, गजल एवम् समसामयिक विषयमा लेखरचना लेखिरहने ब्राजाकीको ७५ वर्षको उमेरमा निधन भएको । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।)

२) राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित अन्तर्राष्ट्रिय प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो कहिले र कहाँ सम्पन्न भयो ? – वि.सं. २०७४ माघ १९–२१

३) सरकारले वि.सं. २०७४ माघमा निर्धारण गरेको नयाँ मर्यादाक्रम अनुसार प्रदेश सभा सदस्य कतिऔँ स्थानमा रहेका छन् ? – १४ औँ

४) तत्कालनीन संविधान सभा सदस्यलाई प्रदान गरिएको लोगोमा के अङ्कित छ ? – लागोको बीचमा ‘नेपालको संविधान’ अङ्कित गरिएको एवम् सङ्घीयता परिचित गराउने गरी सातवटा मानव अङ्कित चिन्ह तथा बाहिरी घेराको दुई छेउमा सूर्य र चन्द्र

५) दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी तथा शिक्षकलाई सरकारले कहिले शहीद घोषणा गरेको हो ? – वि.सं. २०७४ माघ २२

६) नेपालका महत्वपूर्ण ९९ जडीबुटीको विवरण उल्लेख गरी राणाकालमा लेखिएको प्रसिद्ध पुस्तक कुन हो ? – चन्द्रनिघण्टु

७) विश्वको सर्वोच्च फुटबल संस्था फिफाले विश्वकपमा खेल्ने राष्ट्र कति पुर्याउने निर्णय गरेको छ ? – ४८ 
– फिफाले सन् २०१७ जनवरी १० मा थप १६ राष्ट्रलाई स्थान दिने निर्णय गरे पश्चात विश्वकप फुटबलमा ४८ टिम हुने भएको ।
– हाल ३२ राष्ट्र विश्वकपमा सहभागी हुँदै आएकोमा विश्वकप २०२६ मा ४८ राष्ट्र सहभागी हुनेछन् । सन् १९९८ देखि २४ टिमबाट बढाई ३२ कायम गरिएको थियो ।
– यो निर्णय अनुसार अफ्रिका र एसियालाई बढी फाइदा पुग्ने बताइएको छ ।

८) दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु हिउँ चितुवाको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले तर्जुमा गरियो ? – वि.सं. २०७३ माघ ४–६
– नेपाल लगायत अफगानिस्तान, भुटान, चीन, भारत, कजाकिस्तान, किर्गिस्तान, मङ्गोलिया, पाकिस्तान, रुस, ताजकिस्तान र उज्वेकिस्तान गरी विश्वका १२ राष्ट्रमा हिउँ चितुवा पाइने ।
– हिमालकी रानी पनि भनिने हिउँ चितुवा २७ केजीदेखि ५५ केजी तौलको हुने ।
– विश्वमा ५ हजारदेखि ७ हजारको सङ्ख्यामा रहेको हिउँ चितुवा नेपालमा ३ सय देखि ५ सयको हाराहारीमा रहेको अनुमान ।

९) नेपालमा पहिलो पटक निर्यात दिवस कहिले मनाइयो ? – वि.सं. २०७३ पुस २२
(निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)

१०) रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हो ? – बाओजी
(भागिनी सम्बन्ध विस्तार पत्रमा वि.सं. २०७३ पुस २० मा स्ताक्षर भएको ।)

साभार: गोरखापत्र

To Top