नायब सुब्बा लक्षित ब्रहमाण्ड सम्बन्धी जानकारी

१) चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति निल आर्मस्टङ हुन भने दोस्रो को हुन ? - बज एलड्रिन (Buzz Aldrin)

२) एपोलो – ११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ? - माईकल केलिन्स (Michael Collins)

३) चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ? - सन् १९६९ जुलाई २१

४) चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ? - सन् २०१२ अगस्त २५

५) सर्वप्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ? - लुना - २

६) चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ? - ६ गुणा

७) चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ? - ४ घण्टा

८) सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ? - २ पटक

९) चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ? - औँसिको दिन

१०) शुक्र ग्रहको पृष्ठभुमि कस्तो छ ? - हल्का सेतो मिश्रीत पहेँलो

११) खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ? - बुध

१२) हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ? - ६० वटा

१३) पृथ्वी र चन्द्रमा बिचको औषत दुरी कति रहेको छ ? - ३ लाख ८२ हजार ४ सय किमि

१४) पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ? - २३ घण्टा ५६ मि. ४ सेकेण्ड

१५) सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ? - २८ गुणा

१६) पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ? - निकोलस कपर्निकस

१७) सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ? - हेलिस्कोप

१८) आधा रातमा सूर्य उदाउने देश कुन हो ? - नर्वे

१९) सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ? - २५ दिन ५ घण्टा

२०) ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? - कस्मोलोजी

२१) पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ? - ३० किमि प्रतिसेकेण्ड

२२) टाईटन कुन ग्रहको उपग्रह हो ? - शनि ग्रह

२३) हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ? - अरुण

२४) ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ? - पृथ्वी

२५) अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ? - अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)

२६) कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ? - शनि ग्रह

स्रोत: इन्टरनेट

ब्रह्रमाण्ड सम्बन्धी जानकारी

१. कालो छिद्र कहाँ सृजना हुने गर्दछ ? – अन्तरिक्ष

२. तारापुञ्जका तीन प्रकारहरु के के हुन् ? – स्पाइरल, अण्डाकार र अनियमित 

३. उर्जाको प्रमुख स्रोत केलाई भनिन्छ ? – न्युक्लियर फियुजन

४. सुर्यको तापक्रम बाहिरी सतहमा सरदर  ५५४०  सेन्टिग्रेड छ भने केन्द्रमा कति छ ? – १ करोड ५० लाख डिग्री सेन्टिग्रेड

५. सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? – ८ मिनेट २० सेकेन्ड 

६. सूर्यको वरिपरि परिक्रमा गर्ने तथा सूर्यको प्रकाशबाट चम्किने पिण्डहरुलाई के भनिन्छ ? – ग्रह

७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ? - मेसेन्जर

८. पृथ्वीसँग करिव समान आकार भएका कारण कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिन्छ ? – शुक्र

९. चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ? – १.३ सेकेन्ड 

१०. २१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ  भने २३ सेप्टेम्बरको दिनलाई के भनिन्छ ? – शरद सम्पात

११. मगंल ग्रहलाई  आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? –  २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड

१२. सौर्यमण्डलकै सबैभन्दा ठूलो उपग्रह कुन हो ? – गेनिमेड

१३. सौयमण्डलका ८ ग्रहमध्ये सबैभन्दा सुन्दर ग्रह कुन हो ? –  शनि

१४. अरुण ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? – १७ घण्टा १४ मिनेट

१५. जलदेवताको ग्रहका रुपमा चिनिने ग्रह कुन हो ? –  बरुण

१७. उपग्रहहरु कति प्रकारका छन् ? – २ (प्राकृतिक र मानवनिर्मित )

१८. ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्ताकार रुपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुन् ? – जोहानस केपलर

१९. मंगल ग्रह र वृहस्पति ग्रहको भ्रमण कक्षवीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डलाई के भनेर चिनिन्छ ? – शिशुग्रह

२०. शिशुग्रह कुन आकारका हुन्छन् ? – आकार निश्चित हुँदैन

२१. सौर्यमण्डलमा हालसम्म कति शिशुग्रहरुको पहिचान भएको अनुमान छ ? – १६००

२२. पृथ्वीसम्म आइपुग्ने उल्कालाई के भनिन्छ ? – उल्का पिण्ड 

२३. उल्काहरु कसरी प्रकाशवान हुन्छन् ? – उल्का पिण्डमा भएको परमाणु र हावामा भएको अणुबीच घर्षण  भएर

२४. पृथ्वीको कुन भागमा बढी मात्रामा उल्कापात हुने गर्छ ? – ध्रुवनजिक

२५. अमेरिकाको एरिजोनमा १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाल्डो बनाउने गरी कति वर्ष पहिले उल्का खसेको अनुमान छ ? – करिब ५० हजार

२६. हजारौँको संख्यामा रहेको धुम्रकेतुहरुले निश्चित तथा दीर्घवृत्ताकार पथमा रही कसको परिक्रमा गर्दछन् ? – सूर्य

२७. कहिलेकाही आकाशमा लामो पुच्छर छोड्दै बिलाएर जाने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छे तारा

२८. टेम्पल टटल नामक धुम्रकेतुलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – कतिब ३३ वर्ष

२९. धुम्रकेतुको खोजी गर्ने वैज्ञानिक को हुन् ? – एडमण्ड हेली

३०. हेली पुच्छ्रेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – ७६ वर्ष

ब्रहमाण्ड सम्बन्धित वस्तुगत प्रश्नोत्तर

१) प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ? – प्रकाश वर्ष

२) आकाशमा कतिवटा तारामण्डल रहेका छन् ? – ८८ वटा

३) सूर्य पृथ्वीबाट कति टाढा रहेको छ ? – १४ करोड ८८ लाख किलोमिटर

४) सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुना बढी छ ? – २८ गुना

५) सौर्यमण्डलमा कतिवटा ग्रहहरु छन् ? – ८

६) भित्री ग्रह अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुनकुन ग्रहलाई चिनिन्छ ? – बुध, शुत्र, पृथ्वी, मंगल

७) सूर्यबाट सबभन्दा नजिकमा रहेका ग्रह कुन हो ? – बुध

८) बुध ग्रहमा भएको एक ठुलो खाल्डोलाई के नामले चिनिन्छ ? – क्यालोरिस बेसिन (The Caloris Basin)

९) सौर्यमण्डलको छौटौं ठुलो ग्रह शुक्र सूर्यबाट कति टाढा रहेको छ ? – १० करोड ५७ किलोमिटर

१०) सौर्यमण्डलको सबैभन्दा तातो र रातको समयमा सबैभन्दा चम्किलो देखिने ग्रह कुन हो ? – शुक्र

११) पृथ्वीसँग करिव समान आकार भएका कुन ग्रहलाई पृथ्वीको जुम्ल्याइ ग्रह पनि भनिन्छ ? – शुक्र

१२) शुक्र ग्रहमा पठाइएको पहिलो यान कुन हो ? – मेरिनर - २ (Mariner 2)

१३) २१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ भने २३ सेप्टेम्बरको दिनलाई के भनिन्छ ? – शरद सम्पात 

१४) पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह शुक्र हो भने सबैभन्दा टाढा रहेको ग्रह कुन हो ? – बरुण

१५) पृथ्वीको वातावरणसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो ? – मंगल

१६) पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह शुक्र हो भने सबैभन्दा टाढा रहेको ग्रह कुन हो ? – बरुण

१७) मंगल ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? – २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड

१८) शनि ग्रहलाई पत्ता लगाउने वैज्ञानिक को हुन् ? – ग्यालिलियो (Galileo)

१९) अरुण ग्रहको रंग कस्तो छ ? – हरियो

२०) अरुण ग्रहको कतिवटा उपग्रह रहेका छन् ? – २७

२१) बरुण ग्रह सुर्यबाट कति दूरीमा रहेको छ ? – ४ अर्ब ४९ करोड ७० लाख ७० हजार किलोमिटर

२२) ग्रहको परिक्रमा गर्ने खगोलीय पिण्डलाई के भनिन्छ ? – उपग्रह

२३) चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो ? – डार्फल पिक

२४) सबैभन्दा बढी खोज भएको उपग्रह कुन हो ? – चन्द्रमा

२५) मंगल ग्रह र वृहस्पति ग्रहको भ्रमण कक्षबीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डलाई के भनी चिनिन्छ ? – शिशुग्रह

२६) पृथ्वीसम्म आइपुग्ने उल्कालाई के भनिन्छ ? – उल्का पिण्ड 

२७) पृथ्वीको उत्तरी र दक्षिणी ध्रवीय क्षेत्रमा ठुलो संख्यामा झर्ने उल्काहरुलाई के भनिन्छ ? – उल्का वर्ष

२८) पृथ्वीमा भेटीने उल्का पिण्डहरु प्राय केबाट बनेका हुन्छन् ? – फलाम

२९) कहिलेकाहीँ आकाशमा लामो पुच्छर छोड्दै बिलाएर जाने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छ्रेतारा

३०) पुच्छ्रेताराको एउटा ठोस केन्द्रीय पिण्डको चारैतिर बादल जस्तो वरफ र धुलकणहरुको मिश्रित ग्यासीय वायुमण्डललाई के भनिन्छ ? – कोमा

श्रोत: इन्टरनेट 

नायब सुब्बा लक्षित ब्रहमाण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर

१) सौर्यमण्डल अन्तर्गत के के पर्दछन् ? - सूर्य, ग्रह, उपग्रहहरु तथा अनेकौ पिण्ड, अल्का, शिशु ग्रह, लामपुछ्रे, उल्का पिण्डहरु 

२) एक प्रकाश बर्ष भन्नाले कति दूरीलाई बुझिन्छ ? - ९५ खर्ब किलोमिटर 

३) लाखौं करोडौं ताराहरु मिली आकाशमा उनीहरुको समूहजस्तो दखिने ताराहरुको विशाल समूहलाई के भनिन्छ ? - तारापुञ्ज (Galaxy)

४) सौर्यमण्डलमा कति धुम्रकेतु रहेका छन् ? - करिब १ लाख

५) सोर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ ? - ९९ प्रतिशत

६) सूर्यको विकिरण नाप्ने यन्त्रलाई  के भनिन्छ ? - पारहेलियोमिटर (Pyrheliometer)

७) सूर्यलाई आफ्नो अक्षमा परिक्रम गर्न कति समय लाग्छ ? - २५ दिन ५ घण्टा 

८) सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समय के भनिन्छ ? - Cosmic year

९) सूर्यमा उठ्ने ज्वालालाई के भनिन्छ ? - सौर्य ज्वाला (Solar Prominences)

१०) भित्री ग्रह (Inner Planets) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन कुन ग्रहलाई चिनिन्छ ? - बुध, शुक्र, पृथ्वी, मंगल

११) बुध ग्रह सूर्यबाट कति टाढा छ ? - ५करोड ७६ लाख किलोमिटर 

१२) बुध ग्रहको भार कति रहेको छ ? - ३.३० x १०^२३ कि.ग्रा.

१३) बुध ग्रहमा भएको एक ठूलो  खाल्डोलाई के नामले चिनिन्छ ? - क्यालेरिस बोसिन

१४) शुक्र ग्रहको भार कति रहेको छ ? - २.८७ x १०^२४ कि.ग्रा.

१५) कुन ग्रहलाई रहस्यमय ग्रह (Planet of Mistery)  का रुपमा चिनिन्छ ? - शुक्र

१६) पृथ्वीको एकमात्र उपग्रहको नाम के हो ? - चन्द्रमा   

१७) पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? - ३६५ दिन ५ घण्टा ४८ मिनेट  ४५.५१ सेकेन्ड

१८) पृथ्वीको उत्तर र दक्षिणी ध्रुव जोड्ने बीचको काल्पनिक रेखालाई के भनिन्छ ? - पृथ्वीको अक्ष (Axis)

१९) एक औसीको दिनदेखि अर्को औसीको दिनसम्मको अवधिलाई के भनिन्छ ? - चन्द्रमास २९ (१/२)  दिन

२०) पृथ्वीको प्रत्येक एक किलोमिटर गहिराइमा कति तामक्रम वृद्धि हुन्छ ? - ३० डिग्री से.

२१) मंगल  ग्रहले सुर्यको परिक्रमा गर्ने गति कति छ ? - २४ कि.मी. प्रति सेकेण्ड

२२) मंगल ग्रहको कतिवटा उपग्रह छन् ? - २ वटा (Phobos and Dimos)

२३) वृहस्पति ग्रहले सूर्यलार्ई परिक्रमा गर्ने गति कति हो ? - १३ कि. मी. प्रति सेकेन्ड

२४) वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? - गेनिमेड

२५) शनि ग्रहले सूर्यको परिक्रमा गर्ने गति कति हो ? - १० कि.मि. प्रति सेकेन्ड 

२६) शनि ग्रहमा पाईने मुख्य तत्वहरु कुन कुन हुन् ? - हाइड्रोजन (९६ प्रतिशत), हिलियम (३ प्रतिशत), तथा मिथेन (०.४ प्रतिशत)

२७) शनि ग्रहको चिन्हलाई चक्रहरु (Ring) भनिन्छ भने मंगलग्रहको चिन्हलाई के भनिन्छ ? - canals

२८) सूर्यबाट अरुण ग्रहको दूरी कति छ ? - २,८७,५०,००,००० किलोमिटर

२९) अरुण ग्रहको औसत घनत्व कति रहेको छ ? - १.२७ ग्रा./ घ.से.मि

३०) अरुण ग्रहको सतही तापक्रम कति रहेको छ ? -  -१८४ डिग्री सेन्टिग्रेड 

To Top