नोबेल पुरस्कार २०१८ प्राप्त गरेका व्यक्तित्वहरु

 १ महिना अगाडि  विविध  पत्रपत्रिकाबाट

भौतिकशास्त्र (Physics) 
- आर्थर आस्किन (Arthur Ashkin), अमेरिका (USA) - Prize motivation: “for the optical tweezers and their application to biological systems”    
- जेरार्ड मुराऊ (Gerard Mourou), फ्रान्स (France) - Prize motivation: “for their method of generating high-intensity, ultra-short optical pulses”
- डोना स्ट्रिकल्याण्ड (Donna Strickland), क्यानडा (Canada) - Prize motivation: “for their method of generating high-intensity, ultra-short optical pulses”

रसायनशास्त्र (Chemistry)  
- फ्रान्सिस एच आर्नोल्ड (Frances H. Arnold), अमेरिका (USA) - Prize motivation: "for the directed evolution of enzymes"    
- जर्ज पी स्मिथ (George P. Smith), अमेरिका (USA) - Prize motivation: "for the phage display of peptides and antibodies"    
- सर ग्रेगोरी पी विन्टर (Sir Gregory P. Winter), बेलायत (United Kingdom) - Prize motivation: "for the phage display of peptides and antibodies"    

चिकित्सा विज्ञान (Medicine)
- जेम्स पी एलिसन (James P. Allison), अमेरिका (USA) - Prize motivation: "for their discovery of cancer therapy by inhibition of negative immune regulation"    
- तासुकु होन्जो (Tasuku Honjo), जापान (Japan) - Prize motivation: "for their discovery of cancer therapy by inhibition of negative immune regulation"    

अर्थशास्त्र (Economic Sciences)
- विलियम डी. नर्डहस (William D. Nordhaus), अमेरिका (USA) - Prize motivation: "for integrating climate change into long-run macroeconomic analysis"    
- पाउल एम. रोमर (Paul M. Romer), अमेरिका (USA) - Prize motivation: "for integrating climate change into long-run macroeconomic analysis"    

शान्ति (Peace)
- डेनिस मक्वेज (Denis Mukwege), कंगो (Congo) - Prize motivation: "for their efforts to end the use of sexual violence as a weapon of war and armed conflict"    
- नदिया मुराद (Nadia Murad), इराक (Iraq) - Prize motivation: "for their efforts to end the use of sexual violence as a weapon of war and armed conflict"    

साहित्य (Literature) 
- सन् २०१८ मा साहित्य तर्फको नोबेल पुरस्कार वितरण नगरिएको 

स्रोत: https://www.nobelprize.org

मदन पुरस्कार प्राप्त गरेका व्यक्तित्वहरु र उनीहरुका कृतिहरू

 २ महिना अगाडि  नेपाली साहित्य  पत्रपत्रिकाबाट

वि.सं. २०७५ - योगमाया (नीलम कार्की "निहारिका")

वि.सं. २०७४ - धृतराष्ट्र (घनश्याम कँडेल)

वि.सं. २०७३ - ऐना (रामलाल जोशी)

वि सं. २०७२ - खुशी (विजय कुमार पाण्डे)

वि.सं. २०७१ - खलंङ्गामा हमला-एउटी नर्सको डायरी (राधा पौडेल)

वि.सं. २०७० - दमिनी भीर (राजन मुकारुङ)

वि.सं. २०६९ - सेतो धरती (अमर न्यौपाने)

वि.सं. २०६८ - जीवन काँडा कि फूल (झमक घिमिरे)

वि.सं. २०६७ - नेपालका बालीनाली र तिनको दिगो खेती (नरबहादुर साउद)

वि.सं. २०६६ - एक हातको ताली (युवराज नयाँघरे)

वि.सं. २०६५ - अन्तर्मनको यात्रा (जगदीश घिमिरे)

वि.सं. २०६४ - छापामारको छोरो (महेशविक्रम शाह)

वि.सं. २०६३ - राधा (कृष्ण धारावासी)

वि.सं. २०६२ - पल्पसा क्याफे (नारायण वाग्ले)

वि.सं. २०६१ - नयाँ ईश्वरको घोषणा (गोपाल पराजुली) 

वि.सं. २०५९ - अभिनव संस्कृति कोष (हरिराम जोशी)

वि.सं. २०५८ - नेपालको सिमाना (बुद्धिनारायण श्रेष्ठ)

वि.सं. २०५७ - अतिरिक्त अभिलेख (दिनेश अधिकारी)

वि.सं. २०५६ - दुखान्त नाटकको सृजना परम्परा (डा. केशवप्रसाद उपाध्याय)

वि.सं. २०५५ - विसर्जन (लोकेन्द्रबहादुर चन्द)

वि.सं. २०५३ - नेपाली राष्ट्रिय झण्डा (डा. दयाराम श्रेष्ठ)

वि.सं. २०५३ - योजनगन्धा (विनोदप्रसाद धिताल)

वि.सं. २०५२ - सही शब्द (फादर विलियम बर्क हेलिङ्गयाक्स)

वि.सं. २०५१ - माध्यमिक नेपाली गद्याख्यान (शरद्चन्द्र शर्मा भट्टराई)

वि.सं. २०५० - पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) (डा. भवेश्वर पंगेनी)

वि.सं. २०४९ - पागलबस्ती (सरुभक्त)

वि.सं. २०४८ - मृत्युञ्जय महाकाव्य (भानुभक्त पोखरेल)

वि.सं. २०४७ - नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका (डा. राजेश गौतम)

वि.सं. २०४५ - ज्योति, ज्योति, महाज्योति (दौलत विक्रम विष्ट)

वि.सं. २०४५ - उत्सर्ग (राजेश्वर देवकोटा)

वि.सं. २०४४ - लिच्छवि संवत्‌को निर्णय (नयराज पन्त)

वि.सं. २०४३ - वैकुण्ठ एक्सप्रेस (मोहनराज शर्मा)

वि.सं. २०४२ - प्रत्यागमन (कन्चन पुडासैनी)

वि.सं. २०४० - अलिखित (डा. ध्रुवचन्द्र गौतम)

वि.सं. २०३९ - माधवी (मदनमणि दीक्षित)

वि.सं. २०३८ - नदी किनाराका माझी (मोहन कोइराला)

वि.सं. २०३७ - नरसिंह अवतार (जगदीश शमशेर राणा)

वि.सं. २०३६ - नेपालका परम्परागत प्रविधि (डा. छविलाल गजुरेल, करुणाकर वैद्य)

वि.सं. २०३५ - घामका पाइलाहरू (ध. च. गोतामे)

वि.सं. २०३४ - लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन (डा. वासुदेव त्रिपाठी)

वि.सं. २०३२ - आगत (भवानी भिक्षु)

वि.सं. २०३० - लिच्छविकालका अभिलेख (धनवज्र वज्राचार्य)

वि.सं. २०२९ - आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् (ईश्वरबल्लभ)

वि.सं. २०२८ - कर्णाली लोक संस्कृति (प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह, सत्यमोहन जोशी)

वि.सं. २०२७ - नेपाली निर्वाचनको रूपरेखा (महानन्द सापकोटा)

वि.सं. २०२७ - बेलायततिर बरालिँदा (तारानाथ शर्मा)

वि.सं. २०२५ - मङ्गली कुसुम (धर्मराज थापा)

वि.सं. २०२५ - टिपन-टापन (पारसमणि प्रधान)

वि.सं. २०२४ - नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (ग्रीष्मबहादुर देवकोटा)

वि.सं. २०२४ - एब्स्ट्र्याक्ट चिन्तन र प्याज (शङ्कर लामिछाने)

वि.सं. २०२३ - मानव महाकाव्य (मोदनाथ प्रश्रित)

वि.सं. २०२३ - स्रष्टा र साहित्य (उत्तम कुँवर)

वि.सं. २०२२ - शिरीषको फूल (पारिजात)

वि.सं. २०२१ - वस्त्र निर्माणकला (लक्ष्मीबहादुर श्रेष्ठ)

वि.सं. २०२१ - प्राचीन हिन्दू अर्थशास्त्र (नवराज चालिसे)

वि.सं. २०२१ - प्राकृत पोखरा (मुकुन्दशरण उपाध्याय)

वि.सं. २०२१ - नेपाली भाषा र साहित्य (बालकृष्ण पोखरेल)

वि.सं. २०२० - जोसमनी सन्त परम्परा र साहित्य (जनकलाल शर्मा)

वि.सं. २०२० - नैषधीय चरित (कोमलनाथ अधिकारी)

वि.सं. २०१९ - आमाको सपना (गोपालप्रसाद रिमाल)

वि.सं. २०१८ - नयाँ सडकको गीत (रमेश विकल)

वि.सं. २०१७ - विस्फोट (भीमनिधि तिवारी)

वि.सं. २०१७ - नेपाली राष्ट्रिय मुद्रा (सत्यमोहन जोशी)

वि.सं. २०१६ - महाकवि देवकोटा (नित्यराज पाण्डे)

वि.सं. २०१५ - उद्यान (गंगाविक्रम सिजापति)

वि.सं. २०१५ - कवि व्यथित र काव्यसाधना (कृष्णचन्द्रसिंह प्रधान)

वि.सं. २०१४ - मृत्तिका उद्योग (करुणाकर वैद्य)

वि.सं. २०१४ - मन (लीलाध्वज थापा)

वि.सं. २०१३ - अधिकविभव स्थिरविद्युत् उत्पादक (बलराम जोशी)

वि.सं. २०१३ - जनरल भीमसेन थापा (चित्तरञ्जन नेपाली)

वि.सं. २०१३ - हाम्रो लोक संस्कृति (सत्यमोहन जोशी)

नेपालको आर्थिक अवस्था सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 २ महिना अगाडि  आर्थिक  पत्रपत्रिकाबाट

१) नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि सुरु भएको हो ? - वि.सं. २०१३

२) नेपालमा सर्वप्रथम उद्योग परिषद्को गठन कहिले भएको हो ? - वि.सं. १९९३ 

३) नेपालमा लेखा परिक्षण कहिलेदेखि सुरु भएको हो ? - वि.सं. २०१८ 

४) नेपालमा सर्वप्रथम बजेट व्यवस्था कहिले देखि सुरु भएको थियो ? - विसं २००८ माघ २१ 

५) नेपालमा सर्वप्रथम पञ्चवर्षिय योजना कहिलेदेखि लागु भएको हो ? - वि.सं. २०१३ आश्विन १ 

६) नेपालको अर्थ व्यवस्थाको मुख्य आधार के हो ? - कृषि

७) देशको कुल भू-भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ? - १७.९७ %

८) नेपालको कृषि व्यवसाय खासगरी के मा निर्भर छ ? - मौसम

९) नेपालमा सबैभन्दा बढी कृषि उत्पादन कुन प्रदेशमा हुने गर्दछ ? - प्रदेश १ 

१०) नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो ? - झापा

११) नेपालमा कुन प्रधानमन्त्रीको पालादेखि बजेट पेश गर्न थालिएको हो ? - मातृकाप्रसाद कोइराला

१२) नेपालमा स्थापना भएको पहिलो गैह्रसरकारी संस्था कुन हो ? - कामधेनु चर्खा उद्योग

१३) नेपालमा जुद्धम्याच फ्याक्ट्रीको स्थापना कहिले भएको थियो ? - वि.सं. १९९५

१४) नेपालको पहिलो उद्योग कुन हो ? - विराटनगर जुट मिल

१५) राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भएको हो ? - वि.सं. २०२२ माघ १० गते

१६) नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ? - वि.सं. २०१३ बैशाख १४ गते

१७) नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ? - १९९४ कार्तिक  ३० 

१८) नेपालमा सर्वप्रथम कसको पालादेखि मुद्रा चलेको हो ? - मानदेवको पालादेखि

१९) नेपालको कुन संविधानमा पहिलो पल्ट महालेखा परिक्षकको व्यवस्था गरिएको थियो ? - नेपाल सरकार अन्तरिम शासन विधान

२०) प्रथम पञ्चवर्षीय योजनामा सबैभन्दा बढी रकम कुन क्षेत्रका लागि विनियोजन गरिएको थियो ? - यातायात तथा संचार

२१) दीर्घकालीन कृषि योजना (२० बर्ष) कहिलेदेखि कार्यन्वयनमा आएको हो ? - वि.सं. २०५४ 

२२) नेपाल प्रमुख खाद्यान्न बालीको उत्पादन स्थिति अनुसार सबैभन्दा बढी उत्पादनदेखि कम क्रम मिलाएर लेख्नुहोस ? - धान, मकै, गहुँ, कोदो, जौ, फापर

विविध विषयक वस्तुगत प्रश्नोत्तर

 २ महिना अगाडि  विविध  पत्रपत्रिकाबाट

१) २७ वटा नक्षेत्र मध्य पहिलो नक्षेत्र को नाम के हो ? - अस्विनी (Ashvini), अन्तिम नक्षेत्रको नाम रेवती (Revati) हो

२) बधु शिक्षा भानुभक्त आचार्य (Bhanubhakta Acharya) को कृति हो भने धर्म शिक्षा कुन साहित्यकारको कृति हो ? - चक्रपाणी चालिसे (Chakrapani Chalise)

३) फागु खेलेर नयाँ बर्ष मनाउने देश कुन हो ? - म्यानमार (Myanmar)

४) नेपालमा सबैभन्दा धेरै कुष्टरोगी भएको जिल्ला कुन हो ? - सिराह (Siraha)

५) एकमात्र रोमन क्याथोलिक (Roman Catholic) एसियाली मुलुक कुन हो ? - फिलिपिन्स (Philippines)

६) विश्वमा पहिलो टेस्ट क्रिकेट (Test cricket) कहिले खेलिएको थियो ? - सन् १८७७ मार्च १५ - १९ (England vs Australia, Australia won by 45 runs)

७) बाघ लगाएत हिंस्रक वन्यजन्तु निगरानी गर्ने अत्याधुनिक प्रविधिलाई के भनिन्छ ? - रेडियो कलर (Radio caller)

८) एकै ओभरमा ६ छक्का हान्ने नेपाली खेलाडी आकाश थापा हुन् भने उनले ब्याटिङ गर्दा बलिङ्ग गर्ने बलर को थिए ? - रितेश गुप्ता

९) "Garden of the world" के सँग सम्बन्धित छ ? - हावापानी

१०) सबैभन्दा छिटो उड्ने चरा चिल हो भने सबैभन्दा ढिलो उड्ने चरा कुन हो ? - उडकक (woodcock)

११) विश्वको कुन मुलुकमा खाना खादा परिवारका पुरै सदस्य एकै थालमा खाने प्रचलन छ ? - इथियोपिया (Ethiopia)

१२) बाटोमा एक्लै पारी चोरी डकैती पार्ने कामलाई के भनिन्छ ? - रहजनी

१३) बिफर रोग कुन भाइरसको कारण लाग्दछ ? - Bariola Virus

१४) ग्रीक आख्यान अनुसार विश्वकी पहिलो आइमाई पाण्डोरा हुन् भने उनका पति को थिए ? - इपिमिथस

१५) नेपालमा विद्युत संकेतबाट ट्राफिक नियन्त्रणको काम कहिले देखी सुरु भयो ? - वि.सं. २०२४

फिफा (FIFA) वर्ष खेलाडी २०१८ सम्बन्धी जानकारी

 २ महिना अगाडि  खेलकुद  पत्रपत्रिकाबाट

१) पुरुष तर्फ उत्कृष्ट खेलाडी - लुका मोड्रिच (Luka Modrić), देश - क्रोएसिया (Croatia), क्लव - रियल म्याड्रिड (Real Madrid)  

२) महिला तर्फ उत्कृष्ट खेलाडी - मार्टा (Marta), देश - ब्राजिल (Brazil), क्लव - ओर्लाण्डो प्राईड (Orlando Pride) 

३) उत्कृष्ट पुरुष प्रशिक्षक - डिडियर डेसच्याम्प (Didier Deschamps), देश - फ्रान्स (France) 

४) उत्कृष्ट महिला प्रशिक्षक - रेनाल्ड पेड्रोस (Reynald Pedros), क्लव - ल्योन्स (Lyons) 

५) पुस्कास अवार्ड - मोहम्मद सलाह (Mohamed Salah), देश - इजिप्ट (Egypt), क्लव - लिभरपुल (Liverpool) 

६) उत्कृष्ट गोलकिपर - थिअवाउट कोर्टुवा (Thibaut Courtois), देश - बेल्जियम (Belgium), क्लव - रियल म्याड्रिड (Real Madrid)

७) उत्कृष्ट फ्यान अवार्ड - पेरु (Peru) 

८) फेयर प्ले अवार्ड - लेन्नार्ट थि (Lennart Thy), क्लव - भिभिभी भेल्लो (Venlose Voetbal Vereniging Venlo (VVV Venlo)) 

९) पुरुष फिफा वर्ष खेलाडीको सुरुवात सन् १९९१ बाट भएको हो भने महिला फिफा वर्ष खेलाडिको सुरुवात सन् २००१ बाट भएको हो ।

१०) सन् १९९१ को पहिलो पुरुष फिफा वर्ष खेलाडी जर्मनीका लोथर माथियस (Lothar Matthäus) हुन् ।

११) सन् २००१ को पहिलो महिला फिफा बर्ष खेलाडी अमेरिकाकी मिय हाम्म (Mia Hamm) हुन् ।

१२) फिफाको स्थापना सन् १९०४ मे २१ मा जुल्स रिमेट (Jules Rimet) को सक्रियतामा भएको थियो ।

स्रोत: इन्टरनेट 

धर्म र संस्कृति सम्बन्धी सामान्यज्ञान

 ३ महिना अगाडि  धार्मिक/सांस्कृतिक  पत्रपत्रिकाबाट

१) त्रेतायुगमा जनकपुरलाई के भन्ने गरिन्थ्यो ? - मिथिला 

२) रामायणमा रामचन्द्रको जन्मको वर्णन कुन काण्डमा गरिएको छ ? - वालकाण्ड 

३) बौद्ध धर्मको धार्मिक ग्रन्थ के हो ? - त्रिपिटक 

४) हनुमानले स्थापना गरेको शिवलिङ्ग को नाम के हो ? - अनुमति 

५) नेपालको सबैभन्दा ठुलो स्तुप कुन हो ? - बौद्धनाथ 

६) सिद्धार्थ गौतमको घोडाको नाम के हो ? - कन्थक 

७) बुद्धको मावली ठाउँको नाम के हो ? - रामग्राम 

८) पुराणहरू कतिवटा छन् ? - १८ 

९) श्रीमद भागवत गीता महाभारतको कुन पर्वमा पर्दछ ? - भिष्म 

१०) यहुदी धर्मको धार्मिक ग्रन्थ के हो ? - कैवाल    

नेपालको कुन उपत्यका कुन जिल्लामा

 ४ महिना अगाडि  नेपालको भुगोल  पत्रपत्रिकाबाट

१) सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ? - जुम्ला  

२) दाङ उपत्यका कुन जिल्लामा पर्दछ ? - दाङ

३) चौरजाहारी उपत्यका कुन जिल्लामा पर्दछ ? - रुकुम 

४) रामपुर उपत्यका कुन जिल्लामा पर्दछ ? - पाल्पा  

५) कमला उपत्यका कुन जिल्लामा पर्दछ ? - उदयपुर 

६) जोगबुढा उपत्यका कुन जिल्लामा पर्दछ ? - डडेल्धुरा

७) बनेपा उपत्यका कुन जिल्लामा पर्दछ ? - काभ्रेपलान्चोक 

८) पाटन उपत्यका कुन जिल्लामा पर्दछ ? - बैतडी 

९) सभा उपत्यका (तुम्लिङटार उपत्यका) कुन जिल्लामा पर्दछ ? - संखुवासभा 

१०) पोखरा उपत्यका कुन जिल्लामा पर्दछ ? - कास्की

११) चुत्रावेसी उपत्यका कुन जिल्लामा पर्दछ ? - अर्घाखाँची 

१२) मरिनखोला उपत्यका कुन जिल्लामा पर्दछ ? - सिन्धुली

१३) रिउ उपत्यका उपत्यका कुन जिल्लामा पर्दछ ? - चितवन

१४) देउखुरी उपत्यका कुन जिल्लामा पर्दछ ? - दाङ

१५) बिजुवार उपत्यका कुन जिल्लामा पर्दछ ? - प्युठान 

स्रोत: इन्टरनेट

नेपालका विश्वविद्यालयहरु र तिनको स्थापना मिति

 ६ महिना अगाडि  पत्रपत्रिकाबाट  पत्रपत्रिकाबाट

१) त्रिभुवन विश्वविद्यालय (Tribhuvan University) - किर्तिपुर, काठमाडौँ (वि.सं. २०१६)

२) नेपाल संस्कृत विश्वविद्यालय (Nepal Sanskrit University) - दाङ्ग (वि.सं. २०४३)

३) काठमाडौँ विश्वविद्यालय (Kathmandu University) - धुलिखेल, काभ्रे (वि.सं. २०४८)

४) पुर्वाञ्चल विश्वविद्यालय (Purbanchal University) - विराटनगर, मोरङ (वि.सं. २०५०)

५) पोखरा विश्वविद्यालय (Pokhara University) - लेखनाथ, कास्की (वि.सं. २०५५)

६) लुम्बिनी बौद्ध विश्वविद्यालय (Lumbini Bauddha University (LBU) - लुम्बिनी, रुपन्देही (वि.सं. २०६१)

७) कृषि तथा वन विश्वविद्यालय (Agriculture and Forestry University) - रामपुर, चितवन (वि.सं. २०६७)

८) मध्यपश्चिमाञ्चल विश्वविद्यालय (Mid-Western University) - वीरेन्द्रनगर (वि.सं. २०६७)

९) सुदुरपश्चिमाञ्चल विश्वविद्यालय (Far-Western University) - महेन्द्रनगर (वि.सं. २०६७)

१०) नेपाल खुला विश्वविद्यालय (Nepal Open University) - मानभवन, ललितपुर (वि.सं. २०७३)

११) राजर्षी जनक विश्वविद्यालय (Rajarsi Janak University) - जनकपुर (वि.सं. २०७४) 

स्रोत: इन्टरनेट 

गोरखापत्र - २०७५ जेष्ठ २३ - वस्तुगत प्रश्नोत्तर

 ६ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

१) "जति कठोर सङ्घर्ष हुन्छ, विजय उति नै भव्य हुन्छ" भन्ने विचारक को हुन् ? - स्वामी विवेकानन्द

२) "जहिले उत्कृष्ट नतिजा दिने प्रयास गर, किनकि आज रोप्छौ, त्यसको फल पछि मात्र पाउनेछौ" भन्ने विचारक को हुन् ? - ओजि म्यानडिनो, अमेरिकी लेखक

३) मुलुककै जेठो 'राष्ट्रिय संग्रालय' कहाँ रहेको छ ? - छाउनी, काठमाडौँ

४) बाघ गणना र गैडा गणना कति-कति वर्षमा गर्ने गरिएको छ ? - ४/४ वर्ष

५) मनोरम गाईखर्क ताल कहाँ रहेको छ ? - म्याग्दी

६) टेलीप्रिन्टर भनेको के हो ? - सार्वजनिक सम्बोधनका क्रममा वक्तालाई आफ्नो लिखित मन्तव्यको प्रस्तुतिमा सहजता पुर्याउने प्रविधि

७) विश्व धुम्रपान रहित दिवस कहिले मनाईन्छ ? - मे ३१

८) "प्राय जसो मानिस अरुको बहकाउमा हिडछन्" भन्ने विचारक को हुन् ? - कार्लाइल

९) संयुक्त अरब इमिरेट्समा नेपाली राजदुतावासको स्थापना कहिले गरिएको हो ? - सन् २०१६ मे १०

१०) प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो ? - टंकप्रसाद आचार्य

११) वि.सं. २०७४ फागुन मसान्तसम्म कुल बिधुत उत्पादन कति रहेको छ ? - १०४४.६ मेगावाट

१२) लोकसेवा आयोगद्वारा वस्तुगत बहुउत्तर उत्तरपुस्तिका परिक्षणमा अप्टिकल मार्क रिडर (ORM) प्रविधि को सुरुवात कहिले बाट गरिएको हो ? - वि. सं. २०६९ भदौ ७

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७५ जेष्ठ ९ - वस्तुगत प्रश्नोत्तर

 ७ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

१) कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ? - किलिमन्जरो 

२) विश्व हासो दिवस कहिले मनाउने गरिन्छ ? - मे महिनाको पहिलो आइतबार 

३) "कठिन परिश्रमविना प्रतिभाको कुनै अर्थ छैन" यो भनाइ कस्को हो ? - क्रिस्टियानो रोनाल्डो 

४) ‘स्मार्ट गोरखापत्र २०१८’ को औपचारिक आरम्भ कहिले गरिएको हो ? - वि.सं. २०७४ फागुन २

५) नेपालको कुल व्यापारघाटाको कति प्रतिशत हिस्सा भारतसँग मात्र रहेको छ ? - ६५ प्रतिशत

६) दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७४ मङ्सिर मसान्तसम्म नेपालको कुल जनसङख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? - ६३.१७ प्रतिशत

७) "अरुको कुरा गरेर समय खेर फाल्नु भन्दा आफ्नो अवगुणको आलोचनात्मक चिन्ता गरे चरित्रको विकास हुन्छ" भन्ने विचारक को हुन् ? - स्वामी विवेकानन्द 

८) "शान्ति शक्तिबाट प्राप्त गर्न सकिन्न, यो त समझदारीबाट मात्र प्राप्त गर्न सकिन्छ" भन्ने भनाइ कसको हो ? - अल्बर्ट आइंस्टीन

९) नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रुत मार्ग नामकरण गरिएको छ ? - सुर्खेत-हिल्सा सडक 

१०) सन् २०१८ मार्च १५ मा मनाईएको बिश्व उपभोक्ता दिवसको नारा के हो ? - Making Digital Market Places Fairer

११) "साथी धेरै हुन्छन तर वास्तविक साथी त्यो हो, जो अहित हुनबाट जोगाउछ, हित हुने काममा लग्न सहयोग गर्छ र विपत्ति परेको बेलामा छोडदैन " भन्ने विचार कसको हो ? - अश्वघोष

स्रोत: गोरखापत्र

एसिया महादेश सम्बन्धी तथ्यहरु

 ७ महिना अगाडि  विश्वको भूगोल  पत्रपत्रिकाबाट

१) क्षेत्रफल - ४,४५,७९,००० वर्ग कि मी (२९.९२ %)

२​​​​​​​) अग्लो शिखर - सगरमाथा (८,८४८ मी - नेपाल)

३​​​​​​​) होचो भाग - मृत सागर (इजरायल - ४०० मी गहिरो)

४​​​​​​​) लामो नदी - याङ्जे (चीन - ६३०० कि मि)

५​​​​​​​) लामो हिमनदी - सियाचेन (भारत र पाकिस्तान)

६​​​​​​​) ठूलो मरुभुमी - गोबि (चीन)

७​​​​​​​) लामो पर्वत - हिमालय पर्वत

८​​​​​​​) ठूलो देश - चीन

९​​​​​​​) सानो देश - माल्दिभ्स

१०​​​​​​​) ठुलो घासे मैदान - स्टेप्स

११​​​​​​​) भुपरिवेष्ठित राष्ट्रको संख्या - १२ वटा (ठूलो भुपरिवेष्ठित राष्ट्र - कजाकस्तान र सानो भुपरिवेष्ठित राष्ट्र - अर्मानिया)

१२​​​​​​​) अतिकम विकसीत राष्ट्रको संख्या - ९ वटा

१३​​​​​​​) प्रमुख विशेषता - सबैभन्दा ठुलो र विषमताको महादेश

स्रोत: इन्टरनेट

गोरखापत्र - २०७५ जेष्ठ २ - वस्तुगत प्रश्नोत्तर

 ७ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

१) हुम्डे विमानस्थल कुन जिल्लामा रहेको छ ? - मनाङ

२) मणिबिक्रम शाह कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ? - फूटबल 

३) 'त्यो समय' नामक संस्मरणात्मक पुस्तकका लेखक को हुन् ? - शारदा शर्मा 

४) बिश्वमा पहिलो पटक मोबाइल फोनको प्रयोग कहिले गरिएको हो ? - सन् १७७३ 

५) "हासो एउटा त्यस्तो सुर्य हो, जसले मानव मुहारबाट हिउद भगाईदिन्छ" भन्ने विचारक को हुन् ? - भिक्टर हयुगो (Victor Hugo), फ्रान्सेली लेखक 

६) ग्रेट ओक (Great auk) नामक उड्न नसक्ने प्रजातिको पंक्षी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ? - सन् १८५० 

७) प्राचिन कालको चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ? - दोलाद्री गिरी 

८) नेपालको हालको मर्यादाक्रममा प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्री कति औ स्थानमा रहेको छन् ? - सातौ

९) लण्डन Institute अफ बैंकिंग एण्ड फाईनान्स र युके फाईनान्सद्वारा प्रदान गरिएको 'Financial Innovation award - 2017' बाट सम्मानित नेपाली युवा को हुन् ? - प्रकाश कोइराला 

१०) हिम चितुवा भनी आङरिता शेर्पालाई चिनिन्छ भने हिमतरा भनी कसलाई चिनिन्छ ? - बाबु छिरी शेर्पा 

११) बालबालिका तथा किशोर - किशोरीलाई लक्षित गरी इन्टरनेटको सुरक्षित प्रयोग सम्बन्धी (Net for Good) 'नेट फर गुड' अभियान कहिले सुरु गरिएको हो ? - वि. सं. २०७४ भदौ १७ 

१२) इन्टर पर्लियामेन्टरी युनियनद्वारा सन् २०१७ मा सार्वजनिक राजनीति मा महिला (बुमन इन पोलिटिक्स) प्रतिबेदन अनुसार नेपाल कति औ स्थानमा छ ? - ४८ औ 

१३) 'प्रेस स्वतन्त्रता लोकतन्त्रका लागि आवश्यक मात्र होइन, यो लोकतन्त्र नै हो' भन्ने विचारक को हुन् ? - वाल्टर क्रोनकाइट 

१४) वि.सं. २०७५ वैशाख मा सम्पन्न मनमोहन स्मृति अन्तर प्रदेश यू - १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - प्रदेश न. ७ 

१५) विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाउने गरिन्छ ? - मे ३ (May 3) 

१६) सन् २०२१ सम्म नेपालमा गैडाको संख्या कति पुर्याउने लक्ष्य छ ? - ८०० 

१७) अप्टिकल क्यारेक्टर रिकगनाईजेसन (OCR) सफ्टवेयर के सँग सम्बन्धित छ ? - नेत्रहिन व्यक्तिले नेपाली अक्षर पढ्न  र सुन्न सक्ने सफ्टवेयर प्रविधि    

स्रोत: गोरखापत्र

गोरखापत्र सम्बन्धि जानकारी

 ७ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

१) गोरखापत्रको स्थापना भएको मिति - वि.सं. १९५८ वैशाख २४ सोमबार (साप्ताहिक प्रकाशन)

२) साल, महिना, गते र बार छुट्याएर प्रकाशन सुरु भएको मिति - वि.सं.१९६०

३) बिजुलीबाट प्रकाशी छापाखानामा छापिन सुरु गरिएको मिति - वि.सं. १९६९ असार २९

४) गोरखा भाषा समितिको स्थापना भएको मिति - वि.सं. १९६९

५) गोर्खापत्रको सट्टामा गोरखापत्र लेख्न सुरु गरिएको मिति - वि.सं. १९८३ जेठ ४

६) पहिलो पटक तस्वीर छापिएको मिति - वि.सं. १९८४ बैशाख १३

७) दर्ता नं. सहित छापिन थालिएको मिति - वि.सं. १९९५ बैशाख २४

८) हप्ताको दुइचोटी प्रकाशन गर्न थालिएको मिति - वि.सं. २००० असोज ३० देखि २००३ पुस २ सम्म

९) हप्ताको तीनपटक प्रकाशन गर्न थालिएको मिति - वि.सं. २००३ पुस देखि २०१७ फागुन ४ सम्म

१०) दैनिक प्रकाशन थालिएको मिति - वि.सं. २०१७ फागुन ७

११) शनिबारीय परिशिष्टाङ्ग थालिएको मिति - वि.सं. २०१९ असार ९ गते देखि

१२) दिनको २ पटक प्रकाशन थालिएको मिति - वि.सं. २०२२ कार्तिक २ देखि २०२३ असोज २२ सम्म

१३) रंगिन प्रकाशन सुरु गरिएको मिति - वि.सं. २०५९ असार १

१४) बहुभाषिक रुपमा छापिन थालिएको मिति - वि.सं. २०६४ असोज १

१५) (The Rising Nepal) द राइजिङ्ग नेपालको प्रकाशन थालिएको मिति - वि.सं. २०२२ पौष १

१६) मधुपर्क प्रकाशन थालिएको मिति - वि.सं. २०२५ जेठ

१७) युवामञ्च प्रकाशन थालिएको मिति - वि.सं.२०४५ असार

१८) मुना प्रकाशन थालिएको मिति - वि.सं. २०४७ बैशाख ९

१९) प्रथम प्रधान सम्पादक - नरदेव पाण्डे

२०) हाल प्रकाशन हुने भाषा - ३७
 

गोरखापत्र - २०७५ बैशाख २६ - बस्तुगत प्रश्नोत्तर

 ७ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

१) बिमा समितिले बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था कहिलेदेखि लागू गरेको हो ? - वि.स. २०७५ वैशाख २३

२) यातायात क्षेत्रमा रहेका सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायीबीच कहिले सहमति भएको हो ? - वि.स. २०७५ वैशाख २३

३) कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालयले ५८ बुँदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? - वि.सं. २०७५ वैशाख २३

४) नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ? - शिवादेवी काफ्ले

५) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७

६) ‘प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ’ भन्ने विचारक को हुन् ? - अल्बर्ट आइन्स्टाइन

७) ‘जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्वास सम्भव हुन्छ’ भन्ने भनाइ कसको हो ? - जर्ज चकिरिस, अमेरिकी अभिनेता

८) आरएमएआई फ्लेम अवार्डस् २०१८ र फ्लेम लिडरसीप अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ? - रियल स्कुल अफ नेपाल

९) सन् २०१७ मा विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रुट कुन हो ? - सिङ्गापुर – क्वालालम्पुर रुट

१०) संयुक्त अरब इमिरेट्स(यूएई)ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदुतावास कहिले स्थापना गर्यो ? - वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)

११) अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ? - मे १२

१२) पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ? - परिभ्रमण

१३) सौर्य उर्जा, वायु उर्जा, जलस्रोत उर्जा एवं ज्वारभाटा कुन प्रकृतिको उर्जाको स्रोत हुन् ? - नवीकरणीय

१४) प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारको उर्जाका स्रोत हुन् ? - अनवीकरणीय

१५) कुन अधातु विद्युतको सुचालक हो ? - ग्राफायट

१६) मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ छ ? - जेनेभा (स्वीट्जरल्यान्ड)

१७) ग्रिस्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँदमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ? - मनसुनी वायु

१८) मनसुनी वायु कति प्रकारका हुन्छन् ? - दुई (ग्रिष्मकालिन र शीतकालिन मनसुन)

१९) प्रथम विश्वयुद्धमा बेलायत सरकारद्धारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? - कुलवीर थापा

२०) अपाङगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान(२०७२)को कुन धारामा व्यवस्था गरिएको छ ? - धारा ३१(३)

२१) सबैभन्दा पुरानो वेद कुन हो ? - ऋग्वेद (सबैभन्दा पछि रचना गरिएको वेद अथर्व वेद)

२२) नेपालमा मेसिन रिडेवल पासवर्ड कहिलेदेखि वितरण गर्न थालिएको हो ? - वि.सं. २०६७ पुस ११

२३) विकिरण बाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो वस्तुले गुमाएको तापशक्तिको परिणाम चिसो वस्तुले ग्रहण गरेको तापशक्तिको परिणामसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ? - क्यालोरिमेट्री सिद्धान्त

२४) ब्रेल लिपिका आविष्कारक को हुन् ? - लुई ब्रेल

२५) विक्रम संवत् को थालनी कसले गरेका हुन् ? - विक्रम आदित्य

२६) २३ दशमलव ५ डिग्री उत्तरी अक्षांस रेखालाई मकर रेखा (Tropic of Cancer) भनिन्छ भने २३ दशमलव ५ डिग्री दक्षिणी अक्षांस रेखालाई के भनिन्छ ? - मकर रेखा

२७) हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिवलमा ‘नाओ एन्ड आफ्टर ’ विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ? - अनन्त यात्रा (लेखन निर्देशन : सुनिल पाण्डे)

२८) वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धमा के व्यवस्था रहेको छ ? - सम्बन्धित देशको नेपाली दुतावास तथा नियोगबाट मात्र हुने

२९) गैरआवासिय नेपाली सङ्घको स्थापना कहिले भएको हो ? - सन् २००३ अक्टोवर ११

३०) विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ? - मे ८

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७५ बैशाख १९ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ७ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

बस्तुगत प्रश्नोत्तर:

१) केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? – १ हजार ४ डलर

( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ६ हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राष्ट्रिय आय अनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।)

२) केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ? – ५.८९ प्रतिशत

३) सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ? – चार

(उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।)

४) संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१८ अप्रिल २३

(सो समितिमा नेपाल पहिलोपट अध्यक्षका रुपमा निर्वाचित (सन् २०१८ का लागि) भएको ।)

५) भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्धारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटायल एक्ट्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ? – मनिषा कोइराला

( सन् १९९१ म बलिउडमा प्रवेश गरेकी मनिषले पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।)

६) वि.सं. २०७५ वैशाख १७ मा कतिऔँ बुद्धजयन्ती मनाइयो ? – २५६२ औँ

७) वि.सं. २०७५ वैशाख १५ र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कतिबुँदे घोषणापत्र जारी गर्यो ? – १० बुँदे

(विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गरी अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएकको छ ।)

८) आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ? – राउटे

९) एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? – सन् १९६१ मे २८

(बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गरेका यो संस्था प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यस सङ्गठनले सन् १९७७ मा नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । मानव अधिकारको संरक्षणलाई प्रौत्साहित गरी राजनितिक बन्दीहरुको सहायता गर्ने उदेश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाख भन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।)

१०) नेपालमा हाल पर्वतारोहणका लागि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ? – ४१४

विषयगत प्रश्नोत्तर:

१) भन्सार प्रज्ञापनपत्र भनेको के हो ? लेख्नुहोस् ।

भन्सार निकासी पैठारी कर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा मालवस्तुको विवरण घोषणा गर्न प्रयोग गर्ने फारामलाई प्रज्ञापनपत्र भनिन्छ । नेपालमा भन्सार ऐन, २०६४ अनुसार निकासी पैठारी हुने मालवस्तुको भन्सार मुल्याङ्कन कारोबार मुल्यको आधारमा हुने र निकासी पैठारीकर्ता स्वयंले वा निजको प्रतिनिधिले प्रज्ञापनपत्रमार्फत मालवस्तुको मूल्य प्रमाणिकरण गर्ने विवरण तथा कागजात संलग्न गरी भन्सार अधिकृत समक्ष पेस गर्नु पर्ने व्यवस्था छ । निकासी पैठारीकर्ताले घोषणा गरेको कारोबार मुल्यको आधारमा मालवस्तु जाँचपास गर्ने व्यवस्था छ । प्रज्ञापनपत्रलाई कम्प्युटर सर्भरमा दर्ता गर्नुपर्छ । यसरी दर्ता भएका प्रज्ञापनपत्रलाई भन्सार जाँचपास गर्ने प्रयोजनका लागि भौतिक परीक्षण गरी जाँचपास गर्न रातोमार्ग, कागजात मात्र जाँच गरी जाँचपास गर्न पहेँलो मार्ग, जाँचपास पछिको परीक्षण गर्ने गरी जाँचपास गर्न नीलो मार्ग र यी कुनै पनि प्रक्रिया अवलम्बन नगरी घोषणाकै आधारमा जाँचपास गर्न हरियो मार्गमा विभाजन गर्ने व्यवस्था छ । त्यसैगरी कुनै व्यक्तिले निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा यात्रुले निजी गुन्टा, झिटी भारी आदेशअन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयको यात्रु शाखामा संक्षिप्त विवरण भरी फाराम पेश गर्नुपर्छ । यस फरामलाई संक्षिप्त प्रज्ञापन पत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु पाँच हजारसम्म मूल्य भएका मालवस्तु पैठारी गर्न सकिने व्यवस्था छ ।

२) नेपालको जिल्ला अदालतमा न्यायाधिशको पद के कसरी पूर्ति गरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । 

नेपालको संविधानको धारा १४५ ले जिल्ला अदालता न्यायाधिशको नियुक्ति न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिशबाट हुने व्यवस्था गरेको छ । संविधानले नेपालको जिल्ला अदालतमा रिक्त न्यायाधिशको पद देहायबमोजिम पूर्ति गरिने व्यवस्था गरेको छ :

(क) रिक्त पद मध्ये बीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीनवर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्याङ्नको आधारमा,

(ख) रिक्त पद मध्ये चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतियोगितात्मक परीक्षाको आधारमा,

(ग) रिक्त पदमध्ये बाँकी चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रुपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा, उपराक्त योग्यता भएा व्यक्ति मध्येबाट सङ्घीय कानुनबमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधिशमा नियुत्तिका लागि न्यायपरिषदलाई सिफारिस गर्ने व्यवस्था छ ।

३) निजीकरण भनेको केहो ? लेख्नुहोस् । 

सरकारी स्वामित्व तथा नियन्त्रणमा रहेका सार्वजनिक संस्सथान एवं उद्यमलाई निजी क्षेत्रमा हस्तान्तरण गर्ने कार्यलाई निजीकरण भनिन्छ । यो आर्थिक उदारीकरणको महत्वपूर्ण पाटो हो । यो आर्थिक क्षेत्रको सुधार पनि हो । नेपालमा सरकारी लगानीबाट सञ्चालित उद्योग, व्यवसायहरुको दक्षतामा वृद्धि गरी उत्पादकत्व बढाउन तथा संस्थाबाट सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार क मगर्न आर्थिक उदारीकरणका नीतिअनुरुप निजीकरण ऐन, २०५० लागू गरिएको छ । अर्थमन्त्री वा राज्यमन्त्रीो अध्यक्षतामा निजीकरण समिति गठन गरिएको छ । एकातर्फ संस्थान निजीकरण कार्य प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ निजीकृत संस्थानहरुले रोजगारी दिन सकेका छैनन् । सरकारी स्वामित्व तथा नियन्त्रणमाहाल रहेका सार्वजनिक संस्थानको सञ्चालन, निजीकरण तथा विघटन सम्बन्धमा आमराजनीतिक मतैक्यता हुन सकेको छैन, विगतमा सरकार अस्थिर भयो, राजनीतिक दल तथा सरकारपिच्छे यसमा फरक फरक नीति तथा कार्यक्रम अवलम्बन गरियो । एउटा सरकारले सार्वजनिक संस्थान निजीकरण गर्ने, खारेज गर्ने तथा विघटन गर्ने नीति लिए भने अर्को सरकारले सार्वजनिक संस्थानमा लगानी गर्ने बन्द रहेका उद्योग सञ्चाmन गर्ने नीति लिए, जसले गर्दा सार्वजनिक संस्थान निजीकरण गर्ने ार्य प्रभावकारी हुन सकेको छनै ।

४) कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणलीले के - कसरी सहयोग गर्दछ ? लेख्नुहोस् ।

कार्यालयको उदेश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने, समन्वय गर्ने, सङ्गठन गर्ने,नियन्त्रण गर्ने, स्रोतसाधनको परिचालन गर्ने गर्छ । कार्यालयले गर्ने उपराक्त सबै कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस कार्यमा सूचना र तथ्याङ्कको आवस्यकता पर्छ । त्यही सूचना र तथ्याङ्कको संकलन, प्रशोधन, उत्पादन उवं भण्डारणको कार्य गरेर कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले सहयोग गर्छ । कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले निम्नानुसारका कार्य गरेर सहयोग गर्छ :

- कार्यालयको नीति निर्माण, योजना तर्जुमा,एवं निर्णय गर्नका लागि भर पर्दो सूचना उपलब्ध गराएर,
- कार्यालयको कामकारबाहीलाई पारदर्शी एवं आवश्यकता अनुसार गोपनीयता कायम गरेर,
- अभिलेख कार्यलाई थप व्यवस्थित बनाएर,
- भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजात सुरक्षित राखेर,
- आवश्यक परेको समयमा प्रमाणको रुपमा सजिलै प्राप्त गरी समय, श्रम र स्रोतसाधनको बचत गराएर,
- नयाँ पुराना सबै कर्मचारीलाई काई गर्न सजिलो बनाएर,
- कार्यालयको कुशल व्यवस्थापन गर्ने कार्यमा मद्दत गरेर,
- कार्यालयको समग्र प्रगति प्रतिवेदन बनाउने कार्यलाई व्यवस्थित गरेर,
- कार्यालयको काम कारबाहीलाई छिटोछरितो बनाएर,
- सेवा प्रवाहमा गुणस्तर बढाएर,
- परम्परागत कार्यालयलाई आधुनिक कार्यालयमा रुपान्तरण गरेर ।

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७५ बैशाख १२ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ८ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

बस्तुगत प्रश्नोत्तर:

१) ‘बेबी नोबल’ भनी चिनिने जोन विट्स क्लार्क अवार्ड - २०१८ बाट पुरस्कृत हुने नेपाली मूलका अमेरिकी अर्थविद को हुन् ? - डा.प्रयाग पाठक

२) लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धि संयुक्त राष्टसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१८ अप्रिल

३) सन् २०१८ अप्रिल १२-१७ सम्म सञ्चालित काठमाडौं ओपन जीएम अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधि कसले जित्यो ? - भारतका हर्ष भारथाकोटी

४) पहिलो अन्तराष्ट्रिय क्रीकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८ (अमेरिकाको सानफ्रान्सिस्कोमा)

५) भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ? - विलियम जर्ज मोगर्न (सन् १८९५)

६) तेक्वान्दो खेललाई आधिकारिक रुपमा ओलम्पिकमा कहिले देखि समावेश गरिएको हो ? - सन् २००० को सिड्नी ओलम्पिक देखि

७) अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ? - अप्रिल २३

८) पृथ्वी दिवस कहिले मनाइन्छ ? - अप्रिल २२

९) विश्वमै दुई पटक अनुहार प्रत्यारोपण गरिएका पहिला व्यक्ति को हुन् ? - फ्रन्सका जेरोम ह्यामोन

१०) चीन सरकारले दुई ओटा वाई -१२ ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? - वि.सं. २०७५ वैशाख ४

 

विषयगत प्रश्नोत्तर:

१) नेपालको संविधान अनुसार लोकसेवा आयोगको गठन के - कसरी हुने व्यवस्था ? उल्लेख गर्नुहोस् ।
    नेपालको संविधानको धारा २४२ अनुसार नेपालमा लोकसेवा आयोग रहने, जसमा अध्यक्ष र अन्य ४ जना सदस्य रहने, अध्यक्ष र सदस्यको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । लोकसेवा आयोगका सदस्यमध्ये कम्तीमा ५० प्रतिशत सदस्य २० वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्यहरु विज्ञान, प्रविधि, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान,अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्ति मध्येबाट नियुक्त हुने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने तथा निजको पुनः नियुक्ति नहुने व्यवस्था छ । तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिने र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्य भैसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिकालागि ग्राह्य नहुने तर राजनीतिक पद, कुनै विषयको अनुसन्धान, जाँचबुझ, छानबिन, कुनै विषयको अध्ययन, अन्वेषण गरी राय पेश गर्ने पदमा नियुक्त भई काम गर्न सकिने व्यवस्था छ ।

२) नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी के - कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
    नेपालको संविधानको धारा २६६ अनुसार नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नकालागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहायबमोजिमका अध्यक्ष र सदस्यहरु रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहने व्यवस्था छ :
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) रक्षामन्त्री – सदस्य
(ग) गृहमन्त्री – सदस्य
(घ) परराष्ट्रमन्त्री – सदस्य
(ङ) अर्थमन्त्री – सदस्य
(च) मुख्य सचिव – सदस्य
(छ) नेपाली सेनाको प्रधान सेनापति – सदस्य

- रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव भई काम गर्ने,
- राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद समक्ष पेश गर्न लगाउने,
- राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुने,

३) प्रतिलिपि अधिकारका क्षेत्र के-के हुन् ? उल्लेख गर्नुहोस् ।
    मानव हितका लागि मौलिक एवं बौद्धिक रुपले सिर्जना गरिएका रचना, प्रस्तुति एवं प्रसारणमा स्रष्टालाई कानुनद्धारा प्रदान गरिने एकलौटि अधिकार प्रतिलिपि अधिकार हो । नेपालले स्रष्टाको सिर्जनाको संरक्षण गर्न प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी कानुनको प्रमुख आधारको रुपमा रहेको सन् १९८६ को वर्न महासन्धि अनुमोदन गरेको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवं विश्व व्यापार सङ्गठनको सदस्य भएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ तर्जुमा गरी लागू गरिएको छ । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय स्थापना गरिएको छ । बौद्धिक सम्पत्तिका दुई हाँगामध्ये एउटा प्रतिलिपि अधिकार हो र अर्को औद्योगिक सम्पत्ति अधिकार हो । प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ, दर्ता गर्नु पर्दैन तर प्रमाण पुर्याउन सजिलोका लागि स्वेच्छिक रुपमा दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिलिपि अधिकार सङ्केत गर्न न्न चिन्ह प्रयोग गर्ने चलन पनि छ । मानिसले गरेका रचनात्मक एवं सिर्जनात्मक सबै काम प्रतिलिपि अधिकारको दायरामा पर्छन् । मानिस बौद्धिक प्राणी भएकाले यस्ता कार्यहरु धेरै हुने हुँदा प्रतिलिपि अधिकारको क्षेत्र व्यापक र असीमित हुन्छ । समग्रमा यसको क्षेत्रलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :
क) लेखरचना : कविता, नाटक, कथा, उपन्यास, निबन्ध, पाठ्यपुस्तक, लेख, वेवपेज,विज्ञापन सन्देश आदि ।
ख) साङ्गीतिक रचना : गीत, सङ्गीत आदि ।
ग) कलात्मक रचना : मूतिकला,सचत्रकला, नक्सा, रेखाचित्र, फोटोग्राफी, खाकाचित्र आदि ।
घ) नृत्य रचना : नाटकक,नृत्य आदि ।
ङ) चलचित्र रचना : चलचित्र, टेलिभिजन कार्यक्रम, भिडियो गेम, कार्टुन फिल्म आदि ।
च) कम्प्युटर रचना : कम्प्युटर प्रोग्राम, सफ्टवेयर आदि ।

४) व्यावसायिक लेखा प्रणाली भनेको केहो ? 
    व्यवसायको व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित अभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणाली भनिन्छ । यसले सेवा भन्दा नाफानोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफानोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नदेगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जस अनुसार नगद र बाँकी लेनदेन दुवै कारोवारको अभिलेख हुन्छ । यसले आर्थिक कारोवारमा मितव्ययिता, पारदर्शिता एवम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखाप्रणालीमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ ।यस लेखाको नियन्त्रण व्यवसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यवसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ ।व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र व्यक्ति वा संस्थाबाट हुन्छ ।

स्रोत: गोरखापत्र

कुन राष्ट्रिय निकुञ्जको के विशेषता ?

 ८ महिना अगाडि  नेपालको भुगोल  पत्रपत्रिकाबाट

१) रारा राष्ट्रिय निकुञ्ज - नेपालको सानो निकुञ्ज

२) शिवपुरी राष्ट्रिय निकुञ्ज - ध्वासे चितुवाको लागि प्रसिद्ध

३) चितवन राष्ट्रिय निकुञ्ज - नेपालकै पहिलो र बढी पर्यटक आउने निकुञ्ज

४) सगरमाथा राष्ट्रिय निकुञ्ज - संसारकै सबैभन्दा बढी उचाईमा रहेको निकुञ्ज

५) मकालु बरुण राष्ट्रिय निकुञ्ज - दुर्लभ चराको लागि प्रसिद्ध निकुञ्ज

६) खप्तड राष्ट्रिय निकुञ्ज - मृग र जंगली कुकुरका लागि प्रसिद्ध निकुञ्ज

७) बर्दिया राष्ट्रिय निकुञ्ज - बाघका लागि प्रसिद्ध निकुञ्ज

८) से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज - नेपालकै ठुलो निकुञ्ज

९) लाङटाङ राष्ट्रिय निकुञ्ज - रातो पाण्डाका लागि प्रसिद्ध निकुञ्ज

१०) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज - बाह्रसिङेका लागि प्रसिद्ध निकुञ्ज

११) पर्सा राष्ट्रिय निकुञ्ज - चारकोशे झाडी, जंगली हात्ती र पाटेबाघका लागी प्रसिद्ध निकुञ्ज

१२) बाके राष्ट्रिय निकुञ्ज - पाटे बाघको मुख्य बासस्थान

गोरखापत्र - २०७५ बैशाख ५ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ८ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:

१) वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको कानुनी प्रतिरक्षा सम्बन्धमा के व्यवस्था रहेको छ ? – नेपाल सरकारले प्रतिरक्षा गर्ने

२) बङ्गालको खाडीबाट नेपालसम्म पानी जहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच कहिले सम्झौता भएको हो ? – वि.स. २०७४ चैत २४

३) नेपालको कुन ठाउँमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ ? – दैलेखको दुल्लु

४) जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाई’ बनाइएको हो ? – वि.स. २०७४ चैत २९

५) Face to face Contact Disease भनी कुन रोगलाई चिनिन्छ ? – ठेउला

६) ‘प्रोक्सिमा बी’ भनेको के हो ? – पछिल्लो समयमा वैज्ञानिकहरुद्धारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकुल रहेको ठानिएको एक ग्रह
(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दो जुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

७) राष्ट्रिय झण्डा दिवस कुन दिन मनाउने गरिन्छ ? – वैशाख १

८) संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१७ अक्टोवर १६
– एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, अफगानस्तान र कतार निर्वाचित भएका ।

९) चालक दलका दश सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान कहिले दुर्घटनाग्रस्त भयो ? – सन् २०१८ अप्रिल ११

१०) प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल किनारबाट देशवासीका नाममा सम्बोधन कहिले गरियो ? – वि.स. २०७५ वैशाख १
(कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु भएको कर्णाली रारा पर्यटन वर्ष २०७५ को अभियान उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारा बाट देशबासीका नाममा सम्बोधन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सङ्कल्प व्यक्त गरेका ।)

विषयगत प्रश्नोत्तर:

१) निजामती कर्मचारीलाई कुन अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ ? लेख्नुहोस् ।

निजामति सेवा ऐन, २०४९ को दफा ६१ (१) अनुसार निजामती कर्मचारीलाई निम्न कुनै अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट  हटाउन सकिने व्यवस्था छ :

- निजामती कर्मचारीले अयोग्यताका कारण आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा,
- आचरणसम्बन्धी कुरा बराबर उल्लङ्घन गरेमा ,
- कार्यालयको समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
- बराबर अनुशासनहीन काम गरेमा,
- राजनीतिमा भाग लिएमा ,
- आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा,
- बिदा स्वीकृत नगराई लगातार ९० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,

२) निजामती कर्मचारीको तलबभत्ता के कस्तो आधारमा पुनरावलोकन गर्ने व्यवस्था छ ? लेख्नुहोस् ।

निजामती सेवा ऐन, २०४९ को दफा २७ (१क) मा निजामती कर्मचारीको तलबभत्ता र अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिवको अध्यक्षतामा तलबभत्ता पुनरावलोकन समिति गठनको व्यवस्था छ । सो समितिले प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको आधारमा महँगी भत्ता निर्धारण गरी नेपालसरकारलाई सिफारिस गर्ने र प्रत्येक ३ वर्षमा निम्न पक्षलाई आधार बनाई तलबभत्ताा र अन्य सुविधा पुनरावलोकन गर्ने व्यवस्था छ :

- राजस्व वृद्धिदर,
- कुल दरबन्दी सङ्ख्या,
- विगत ३ वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता,

३) कार्यपालिकाले गर्ने प्रमुख पाँचवटा कार्य उल्लेख गर्नुहोस् ।

राज्यको कानुन कार्यान्वयन गराउने मन्त्रीहरुसहितको मन्त्रिपरिषद् कार्यपालिका हो यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत सरकार प्रमुख अर्थात प्रधानमन्त्री, मन्त्री, निजामती सेवा, सेना, प्रहरीजस्ता निकाय पर्छन् । त्यसैलै यसको कार्यक्षेत्र व्यापकक हुन्छ, यसले गर्ने प्रमुख पाँचओटा कार्य निम्न छन् :

- देशमा शान्ति सुरक्षा कायम गर्ने,देशको रक्षा गर्ने, प्रतिरक्षा गर्ने,
- राष्ट्रिय नीतिकको तर्जुमा गरी कार्यान्वयन गर्ने, संसदले बनाएका कानुन लागू गर्ने,संसदले दिएको अख्तियारभित्र रही संविधान अनुकुल हुने गरी नियम,विनियम बनाउने, लागू गर्ने,
- आयव्ययको विवरण बजेट तयार गरी संसदमा पेस गरी संसदबाट बजेट पारित गराई लागू गर्ने,
- अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने, कुटनीतिक सम्बन्ध कायम गर्ने ।
- राज्य सञ्चालनका लागि नियमित, आकस्मिक र विकासत्मक कार्य गर्ने ।

४) भन्सार महसुलबारे संक्षेपमा उल्लेख गर्नुहोस् ।

दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । यसरी निकासी महसुल र पैठारी महसुल गरी भन्सार महसुल दुई प्रकारको हुन्छ । मालवस्तु निकासी पैठारीकर्ता यस करका कानुनी करदाता हुन् भने निकासी पैठारी गरिने मालवस्तुको मुल्य र परिमाण यस करको कानुनी आधार हो । भन्सार महसुल मुल्यगत र वस्तुगत गरी दुई आधारमा असुली गरिन्छ । नेपालको भन्सारले परम्परागत रुपमा राजस्व सङ्कलन गर्दै आएकोमा हाल आएर राजस्व सङ्कलन ,व्यापार सहजीकरण तथा सीमा व्यवस्थापन जस्ता कार्य गर्दै आएको छ । नेपालमा भन्सार महसुललाई व्यवस्थित गर्न भन्सार ऐन, २०६४ र भन्सार नियमावली, २०६४ लागू गरिएको छ । भन्सार विभाग र सोअन्तर्गत भन्सार कार्यालयहरु नेपालको सिमानामा स्थापना गरिएका छन् र पनि नेपालमा यो अझै व्यवस्थित हुन सकेको पाइँदैन ।

साभार: गोरखापत्र

गोरखापत्र - २०७४ चैत्र २८ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ८ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:

१) १६ औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
- वि.सं. २०७४ चैत २३ २४, बुटवल

२) पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) विधिवत रुपमा कहिले देखि सञ्चालनमा आएको हो ?
- वि.सं. २०७४ चैत २४ (सन् २०१८ अप्रिल ७) (भारत सरकारको सहयोगमा रु.२ अर्ब लागतमा निर्मित सो आईसीपी अलौ र सिर्सियाका ११५ बिघा क्षेत्रफलमा फैलिएको)

३) प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराद्धारा प्रदेशको आर्थिक अवस्थाको चित्रण गर्दै ७७ बुँदे श्वेत पत्र कहिले प्रस्तुत गरियो ?
- वि.सं. २०७४ चैत २५

४) “एउटा न्यानो र मिठा हाँसो दया र करुणको अन्तर्राष्ट्रिय भाषा हो” भन्ने विचारक को हुन् ?
- विलियम अर्थर वार्ड, अमेरिकी लेखक

५) भूपरिवेष्ठित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवम् अध्ययन अनुसन्धानका लागि राष्ट्रसङ्घ अन्तर्गतको थिङ्क ट्याङ्कमा नेपाल सदस्य हुने बिषय संसदबाट कहिले पारित हो ?
- वि.सं.२०७४ साउन २२
( नेपाल १० औँ सदस्य राष्ट्र बनेको । यसको सचिवालय मङ्गोलियामा रहेको ।)

६) चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?
- वि.सं. २०७४ जेठ ४ ( नारा : चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई )

७) संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
- सन् १९९८
- संयुक्त राष्ट्रसङ्घको पहिलो महासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८ २००६) हुन् ।
- हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिन जे.मोहम्मद रहेका ।

८) हिम चितुवालाई लोपोन्मुख जनावरको सूचीबाट हटाएर संरक्षित जनावरका रुपमा कहिले वर्गीकरण गरिएको हो ?
- सन् २०१७ सेप्टेम्बर

९) रानाथारु सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?
- कञ्चनपुरको बेलौरी

१०) चीनद्धारा अघि सारिएको वान् बेल्ट वान् रोड (ओबीओआर) समझदारी पत्रमा नेपालले कहिले हस्ताक्षर गरेको हो ?
- वि.सं. २०७४ वैशााख २९ (सन् २०१७ मे १२)

 

विषयगत प्रश्नोत्तर:

१) निजामती सेवामा वृत्ति विकास भनेको के हो ?

पेसा, व्यवसाय, इलम, नोकरी आदि जस्ता कुनैै पनि कामलाई वृत्ति भनिन्छ । यही वृत्तिको प्रगति एवम् उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेसाको बढोत्तरी हो, पेसामा हुने सकारात्मक गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा, शाखा अधिकृत पदमा बढुवा हुने कार्य र समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य वृत्ति विकासको उदाहरण हो । बढुवा, उपयुक्त स्थानमा सरुवा, पदस्थापन, तलब भत्ता, थप शैक्षिक अवसर, तालिम, अध्ययन भ्रमण आदि वृत्ति विकासका महत्वपूर्ण पक्ष हुन् । वृत्ति विकास ठाडो समतल वा दुबै हुन सक्छ । नेपालकको निजामती सेवामा वृत्ति विकासलाई व्यवस्थित गर्न निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० लागू गरिएको छ, सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित मन्त्रालय, लोकसेवा आयोग, विभिन्न तालिम केन्द्र क्रियाशील छन् र पनि नेपालको निजामती सेवामा वृत्ति विकासको अवस्था सन्तोषजनक नभएको अवस्था छ ।

२) कर्मचारी प्रशासनमा अवकाशका उदेश्य के के हुन् ? लेख्नुहोस् ।

- शारीरिक अवस्था कमजोर भएका, कार्यक्षमता ह्रास भएका तथा सीमित ज्ञान, सीप भएका पुराना परम्परागत कर्मचारीलाई सङ्गठनबाट अलग गर्नु,
- उमेर पुगेका पुराना वृद्ध कर्मचारीलाई सेवा सुविधा सहित घरमा आराम गर्ने मौका प्रदान गर्नु,
- सङ्गठनभित्र भएका अनुभवी एवम् योग्य कर्मचारीलाई बढुवाको अवसर प्रदान गर्नु,
- नयाँ ज्ञान, सीप क्षमता भएका उर्जावान् युवा कर्मचारीलाई सङ्गठनमा आकर्षित गर्नु,
- सङ्गठनमा आधुनिक प्रविधि, नयाँ ज्ञान, सीप भित्र्याउनु,
- सेवानिवृत्त अनुभवी कर्मचारीलाई समाज सेवाको कार्यमा उन्मुख गराउनु,
- अनावश्यक कर्मचारीलाई सङ्गठनबाट हटाई सङ्गठनको आर्थिक दायित्व कम गर्नु,
- अनुशासनहीन कर्मचारीलाई विभागीय सजाय गरी सङ्गठनबाट छुटकारा दिनु,
- सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु,

३) सार्वजनिक नीति कार्यान्वयनमा प्रशासनको भूमिकाबारे चर्चा गर्नुहोस ।

तर्जुमा भएको नीतिलाई व्यवहारमा रुपान्तरण गर्ने कार्य नीति कार्यान्वयन हो । नीतिको निष्पक्ष कार्यान्वयन गर्नु प्रशासनको प्रमुख कार्य हो । नीति निष्पक्ष एवम् प्रभावकारी कार्यान्वयनबाट सरकार र जनता बीचको अन्तर सम्बन्ध थप गतिशील,फलदायी सकारात्मक हुने गर्दछ । समग्रमा नीति कार्यान्वयन गर्ने र उक्त नीतिको अनुगमन गर्ने जस्ता कार्यमा प्रशासनले निम्नानुसार भुमिका खेलेको हुन्छ :

- सूचक सहितको कार्ययोजना बनाइ लागू गर्ने,
- स्रोत साधन, संयन्त्र तथा स्पष्ट कार्यविधिको व्यवस्था गर्ने, कार्यस्थलमा समयमै बजेट पुर्याउने,
- जिम्मेवारी बाँडफाँड गर्ने,
- नीतिको तर्जुमा देखि कार्यान्वयन तहसम्म सरोकारवालाको सक्रिय सहभागिता गराउने ,
- नीति तर्जुमा र कार्यान्वयनमा रहेका बाधा अवरोध हटाउने,
- कार्यान्वयन निकाय बीच कार्यगत समन्वय कायम गर्ने,
- सूचक तयार गरी कार्यान्वयन अवस्थाको निरन्तर अनुगमन गर्ने,
- नीति कार्यान्वयनको प्रगति प्रतिवेदन तयार गर्ने, सुझाव दिने ।

शान्ति सुरक्षा विकास लगायतका समग्र विषयमा सरकारले के गर्ने र के नगर्ने भन्ने बारेमा लिइएको निर्णय सार्वजनिक नीति हो । सार्वजनिक नीति राज्य सञ्चालनको आधारभूत मार्गदर्शन हो । यो सरकारले जनताप्रति गरेको सार्वजनिक घोषणा हो, जनताप्रतिको प्रतिबद्धता हो । सार्वजनिक नीति सरकारले तर्जुमा गर्दछ र प्रशासनले त्यसको कार्यान्वयन गर्दछ । प्रशासन सरकारले तर्जुमा गरेको नीति निष्पक्ष कार्यान्वयन गर्ने संयन्त्र भए पनि जनमुखी नीति निर्माणदेखि त्यसको प्रभावकारी कार्यान्वयनमा यसको बहुआयामिक भूमिका हुन्छ ।

४) नेपालको संविधानले राजनीतिक तथा शासन व्यवस्था सम्बन्धीे कस्तो नीति अङ्गीकार गरेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५१ (ख) बमोजिम राज्यले राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी देहाय अनुसारको नीति अङ्गीकार गरेको छ :

– राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्ने,
– आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने, मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने, विधिको शासन कायम राख्ने,
– नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन गर्ने,
– सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउने ,
– राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने,
– आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउन आवश्यक व्यवस्था गर्ने,
– सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोतसाधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्म सम्बन्धको विकास र विस्तार गर्ने,

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७४ चैत्र २१ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ८ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:
१) नेक्स मोडलद्धारा राजधानीमा आयोजित ‘मिस नेपाल पिस’ को उपाधि जित्ने युवती को हुन् ? - श्रीया रजक

(प्रतियोगितामा सुस्मिता बोगटी फस्ट रनर अप र जिना श्रेष्ठ सेकेन्ड रनर अप भएका हुन् । )

२) नेपाल सरकार (कार्य विभाजन) नियमावली , २०७४ को पहिलो संशोधन अनुसार नेपालमा कति मन्त्रालय कायम गरिएका छन् ? - २१

(बि.स.२०७४ चैत्र १ मा राजपत्रमा प्राशित)

१. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
२. अर्थ मन्त्रालय 
३. उद्योग वाणिज्य तथा आपूर्ति 
४. उर्जा, जलश्रोत तथा सिँचाइ
५. कानून, न्याय तथा ससदीय मामिला 
६. कृषि भूमी व्यवस्था तथा सहकारी 
७. गृह 
८. परराष्ट्र
९. भौतिक पूर्वाधार तथा यातायात
१०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक 
११. रक्षा
१२. वन तथा वातावरण
१३. सहरी विकास 
१४. शिक्षा,विज्ञान ताथा प्रविधि
१५. श्रम,रोजगार तथा सामाजिकक सुरक्षा
१६. संस्कृति,पर्यटन ताथा नागरिक उड्डयन
१७. सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८. सञ्चार तथा सूचना प्रविधि
१९. स्वास्थ्यतथा जनसंख्या
२०. खानेपानी
२१. युवा तथा खेलकुद

३) कर्मचारी समायोजन नियमावल, २०७४ कहिलेदेखि लागू भएको हो ? - वि.स. २०७४ फागुन २८

४) सैनिक प्राड सेवा नियमावली, २०७४ अनुसार सैनिक प्राड सेवा भन्नाले के बुझिन्छ ? - नेपाली सेनामा कानून तथा न्यायसँग सम्दन्धित कार्य सम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा

५) नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४ अनुसार इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरुको सम्पर्क र समन्वय सम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ? - गृह

६) २०७४ सालको नइ देरुनिखअन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् ? - जर्मनीका प्रा.डा.मानफ्रेद गेरहार्ड थ्रोइ
(त्यसैगरी, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कारबाट भगवती बस्नेत (इजरायल) सम्मानित भएकी )

७) म्यानमारमा सन् २०१८ मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने राजनीतिकर्मी को हुन् ? - ए विन मिन्त

( सन् २०१८ मार्च २८ मा म्यानमारको युनियन संसद्मा भएको मतदानमा कुल ६३६ सांसदमध्ये ४०३ मतका साथ मिन्त राष्ट्रपति चयन भएका । उनी नेतृ आङसान सुकीका विश्वासपात्र मानिने ।)

८) अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा ‘देशको आर्थिक स्थितिको श्वेतपत्र’ कहिले सार्वजनिक गरियो ? - वि.स. २०७४ चैत्र १६

(८९ बुँदे श्वेत पत्र)

९) गृह प्रशासन सुधार कार्ययोजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ? - वि.स. २०७४ चैत्र १९ 
(गृहमन्त्री रामबहादुर थापा ‘बादल’ द्धारा चैत्र १९ मा र्गह प्रशासन सुधार सम्बन्धी ८२ बुँदे कार्ययोजना सार्वजनिक गरिएको ।)

१०) वि.स. २०७४ चैत्र २० मा मनाइएो ६१ औँ राष्ट्रिय सहकारी दिवसको नारा के रहेको छ ? - दिगो विकास लक्ष्य प्राप्तिा लागि सहकारी 
(वि.स. २०१३ चैत्र २० गते वखान ऋण सहकारी समितिको स्थापना भई नेपालमा सहकारी आन्दोलनको सुरुवात भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते मुलुकभर राष्ट्रिय सहकारी दिवस मनाइदै आएको ।)

 

विषयगत प्रश्नोत्तर:

१) नेपालको संविधानबमोजिम राज्यको राजनीतिक उदेश्य के रहेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५० (१) बमोजिम राज्यको राजनैतिक उदेश्य देहायअनुसार रहेको छ :

– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिकक अखण्डता र स्वाधिनतालाई सर्वोपरि राख्ने,
– नागरिक जीऊ, धन, समानता र स्वतन्त्रताको संरक्षण गर्ने,
– कनुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्ने ,
– लेक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने,
– परस्पर सहयोगमा आधारित सङ्घीयताका आधारमा सङ्घीय इकाइहरु बीचको सम्बन्ध सञ्चालन गर्ने,
– स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने,
– लेकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने ।

२) सार्वजनिक सेवा प्रवाहमा सेवाग्रहीको अधिकार मात्र होइन, दायित्व पनि हुन्छ । आफ्नो धारणा राख्नुहोस् ।

सरकारले उपलब्ध गराउने सबै सेवा सुविधा सार्वजनिक सेवा हुन् । सरकारले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने सर्वसाधारण नागरिक सेवाग्राही हुन् । सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीका अधिकार धेरै हुन्छन् । तोकिएको समयभित्रै गेणस्तरीय सेवा प्राप्त गर्न , सम्मानजनक व्यवहार प्राप्त गर्न, स्वास्थ्य एवं सम्पत्तिलाई हानिनोक्सानी गर्ने वस्तु तथा सेवाबाट सुरक्षित हुन पाउने, वस्तु तथा सेवा छनोट गर्न पाउने, उपभोक्ता शिक्षा पाउने, आधारभूत आवश्यकतामा सहजै पहुँच पाउनेलगायतका अधिकार सेवाग्राहीले प्राप्त गर्छन् ।सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकारले उनिहरुले राज्यबाट पाउने हक स्थापित हुने कुरालाई जनाउँछ । भने दायित्वले सार्वजनिकक सेवा प्रवाहमा सेवाग्राहीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाह गर्नुपर्ने कर्तव्य जस्ता कुरालाई जनाउँदछ । नेपालले संविधानको धारा ४८ ले नागरिकका कर्तव्यको रुपमा लिन सकिन्छ ।संविधानले गरेको व्यवस्थासहित सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको दायित्वलाई निम्नानुसा उल्लेख गर्न सकिन्छ :

– राष्ट्रप्रति निष्ठावान रहने ,
– नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने,
– संविधान र कानूनको पालना गर्ने,
– राज्यले चाहेका वखत अनिवार्य सेवा गर्ने
– सार्वजनिक सम्पत्तिकको सुरक्षा र संरक्षण गर्ने,
– आफ्नो अधिकार र दायित्वप्रति सदा सचेत रहने
– संविधान, ऐन नियमबारे जानकारी राख्ने, कानूनी शासनको सम्मान गर्ने,
– अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने,
– कानुनबमोजिम आफुले तिर्नुपर्ने कर तिर्ने,
– सेवा प्रदायलाई अनुचित प्रभाव पार्न नहुने,
– सेवा प्रवाहमा सल्लाहसुझाव लिने दिने ।

सरकार जनता बाट निर्वाचित निकाय भएाले जनहित अनुसारा सेवा सुविधा उपलव्ध गराउनु सरकारो कर्तव्य हुन्छ । त्यसैले सरकारले सार्वजनिक सेवा प्रवाह गर्न केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न संस्थागत संयन्त्र, कानुनी व्यवस्था गरेको हुन्छ । सरकारले गरेको यस व्यवस्थाअनुसारको सेवा सुविधा वितरणलाई थप प्रभावारी बनाउन सेवाग्राहीले गर्नसक्ने सहयोग सेवाग्राहीको दायित्व हो । यसरी सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार मात्र होइन, दायित्व पनि हुने गर्दछ ।

३) नेपालमा निजामती कर्मचारीले निजामती सेवा ऐन, २०४९ बमोजिम पालना गर्नुपर्ने आचरणहरुको चर्चा गर्दै आचरण पालनाको अवस्था र आचरण पालना अभिवृद्धि गर्ने उपायहरुबारे विश्लेषण गर्नुहोस् ।

निजामती कर्मचारीको बानी व्यहोरा, व्यवहार एवं चरित्र आचरण हो । यसलाई व्यवस्थि तगर्न निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७, दफा ४१ द्येखि दफा ५५ सम्म निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था छ । जुन निम्न छन् :

– सरकारबाट निर्धारित समयमा नियमित रुपमा कार्यालयमा हाजिर हुनुपर्ने, सकेसम्म पहिले विदाको स्वीकृति लिने,
– अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नु पर्ने,
– राजनीतिमा भाग लिन नहुने,
– सरकारको आलोचना गर्न नहुने
– सरकारी कामाज सम्बन्धी समाचार प्रकाशन गर्न नहुने,
– द्यान, उपहार, चन्दा, आदि प्राप्त गर्न र सापटी लिन नहुने,
– कम्पनीको स्थापना सञ्चालन, व्यापार व्यवसाय तथा अन्यत्र नोकरी गर्न नहुने,
– राजनैतिक पदको लागि निर्वाचनमा भाग लिन नहुने, कसैको निमित्त मत माग्न नहुने तर गोप्य मतदान गर्न पनउने,प्रदशन, हडताल, कलम बन्द गर्न नहुने,शारीरिक वा मानसिक उत्पीडन हुनेगरी दबाब दिन नहुने,
– सम्पत्ति विवरण दिनुपर्ने,
– यातना दिन नहुने,
– यौनजन्य दुव्यवहार गर्न नहुने ,
– घरेलु हिंसा सम्बन्धी कार्य गर्न गराउन नहुने,
– कार्यालयमा काम गर्दा सबै प्रति शिष्ट व्यवहार गर्नु पर्ने,
– निष्पक्ष्, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नुपर्ने,
– घरायसी कार्यकोलागि सरकारी सम्पत्ति र सरकारी कर्मचारीो प्रयोग गर्न नहुने,
– सेवाग्राहीप्रतिम र्यादित व्यवहार गर्नुपर्ने ।

आचरण पालनाको अवस्था

– आचरणले कर्मचारीलाई के गर्नु हुने के गर्न नहुने कुराको जानकारी गराएको,
– ऐन नियम कार्यान्वयन गरी सेवा प्रवाह गर्न सहयोग गरेको
– सम्पत्ति विवरण प्रस्तुत भएको,
– सेवाग्राही प्रतिम र्यादित व्यवहार हुनथालेको ,
– सेवाग्राहीप्रति कर्मचारी जिम्मेवार ।र जवाफदेही हुन थालेको, क्षतिपूर्तिसहितको नागरिक वडापत्र कार्यान्वयन हुन थालेको,
– सरकारी सम्पत्ति एवं सवारीसाधन घरायसी कार्यमा प्रयोग हुन छाडेको,
– आधुनिक प्रविधि प्रयोग गरी सेवा प्रवाहलाई छिटोछरितो बनाएको,
– अनुशासन र सदाचार कायम हुन थालेको,
– द्यान,उपहार,चन्दा लिने दिने कार्यमा सुधार हुनथालेको,सेवाग्राहीलाई अभिकारको प्रयोग र कर्तव्यको पालना गराउन समेत सहयोग गरेको,
– समग्रमा अनुशासन कायम गर्न सहयोग पुगेको,

देखिएको कमीकमजोरी

– ट्रेड युनियनबाट हुने राजनैतिक प्रभाव रोक्न नसकेको,
– कर्य सम्पादनबाट सेवाग्राहीलाई सन्तुष्ट बनाउन नसकेको,
– तेकिएो काम तोकिएको समयमा गर्न नसकेको,
– ऐननियम प्रभावकारी कार्यान्वयन गरी जनतालाई सुशासनको अनुभुति दिलाउन नसकेको,
– द्यान, उपहा, चन्दाजस्ता आर्थिक सहयोगको कार्य रोक्न नसकेको,
– राजनीतिप्रति तटस्थता र सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता कायम गर्न नसकेको,
– आर्थि भौतिक, मानव तथा सूचनाजस्ता स्रोतसाधनको मितव्ययी प्रयोग हुन नसकेको,
– आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणको पक्ष कमजोर रहेको,
– कर्तव्य पालना गरी इमानदार कर्मचारीको पहिचान बनाउन नसकेको,
– निजामती कर्मचारी प्रति जनताले हेर्ने दृष्टिकोणमा सकारात्मकक प्रभाव पार्न नसकेको,

आचरण पालना अभिवृद्धिका सुझावहरु

– प्रत्येक कर्मचारीको सम्पत्ति विवरणलाई नियमित गर्ने,
– एकल ट्रेड युनियनको व्यवस्था गरीयसमा कामकारबाहीलाई व्यवस्थित गर्ने,
– सचिव र मन्त्रीको स्पष्ट कार्य विभाजनगरी कार्य सम्पादनमा देखिएका अन्योल एवं दुविधा हटाउने,
– सत्तारुढ राजनैतिक दलले प्रशासनमा हस्तक्षेप गर्ने कार्य रोक्ने,
– निजामती सेवालाई राजनैतिक रुपमा तटस्थ राख्ने, मन्त्रालयको सचिव र सहसचिवको न्यूनतम सरुवा अवधि कानून बाटै व्यवस्थि तगर्ने,
– आर्थिक अनुशासन तथा सदाचारको पाटोलाई तल होइन माथिबाटै लागू गर्ने,
– कार्य सम्पादन करार गरी कार्यालय प्रमुखलाई थप जिम्मेवार र जवाफदेही बनाउने,
– कार्य सम्पादन बाह्य निकायबाट हुने हस्तक्षेप रोक्ने, स्वतन्त्र रुपमा कार्य गर्न पाउने वातावरण तयार गर्ने ,
– कार्यालयमा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी कार्य सम्पादन गर्ने,
– संविधान,ऐन नियमको प्रभावकारी कार्यान्वयन गरी सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने ।

स्रोत: गोरखापत्र

To Top