लोकसेवा समसामायिक शृंखला (भाद्र ४ - भाद्र १०)

 २५ दिन अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७५ भदौ २९ मा मनाइएको राष्ट्रिय बाल दिवसको नारा के हो ? - सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार 

२) प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाअनुसार देशभर कति औधोगिक प्रतिष्ठान रहेको छन् ? - नौ लाख २२ हजार ४४५ (वि.सं. २०७५ वैशाख १ देखि जेठ मसान्तसम्म राष्ट्रव्यापी रूपमा गणना गरिएको थियो)

३) अमेरिकास्थित स्पेसएक्स (SpaceX) ले विग फाल्कन रकेट (Big Falcon Rocket) प्रयोग गरी चन्द्रमामा पर्यटक लैजाने नयाँ योजना कहिले सार्वजनिक गरेको हो ? - सन् २०१८ सेप्टेम्बर १२ 

४) नेपालको संविधानमा प्रदेश, गाउपालिका वा नगरपालिका वीच कुनै राजनीतिक विवाद उत्पन्न भएको विवादको समाधान गर्ने कार्यको जिम्मेवारी कसको हुन्छ ? - प्रदेश सभा 

५) नेपालमा वन्यजन्तुको डीएनए परीक्षण प्रयोगशाला कहाँ संचालनमा ल्याइएको छ ? - खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला 

६) विश्व आर्थिक मंचद्वारा ग्लोबल सेन्टर फर साइवर सेक्युरिटी (Global Centre for Cybersecurity) को स्थापना कहिले गरियो ? - सन् २०१८ जनवरी २६ 

७) नुवाकोटको मेघाङमा हेलिकप्टर दुर्घटना कहिले भएको हो ? - वि.सं. २०७५ भदौ २३ 

८) नेपालको दोस्रो वालमैत्री नगरपालिकाका रूपमा घोषित नगरपालिका कुन हो ? - पूर्वी नवलपरासीको देवचुली नगरपालिका 

९)  वि.सं. २०७५ मा प्रदान गरिने वासुदेव लुइँटेल पुरस्कार कसलाई दिइयो ? - भैरव पुरस्कार गुठी 

१०) नेपालमा राष्ट्रिय दिवस कहिले मनाइन्छ ? - असोज ३ 

स्रोत: गोरखापत्र  

लोकसेवा समसामायिक शृंखला (भाद्र २१ - भाद्र २७)

 १ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७५ मा प्रदान गरिने ५० हजार रुपिया राशिको भैरव पुरस्कारबाट सम्मानित हुने प्रतिभा को हुन् ? - चित्रकार शशि शाह 

२) जुम्लाका युवा टक्कबहादुर नेपालीद्वारा बनाईएको प्याराग्लाईडिङ जुम्ली आकाशमा कहिले उडाइएको हो ? - वि.सं. २०७५ भदौ २० 

३) सन् २०१८ सेप्टेम्बर ६ देखि ९ सम्म चीनको सिचुआन प्रान्तमा आयोजित इन्टरनेसनल ट्रायल एक्स्पोमा नेपाल कुन अवार्डबाट सम्मानित भएको हो ? - कन्ट्री अफ अनर 

४) सन् २०१८ सेप्टेम्बरमा म्यानमारमा आयोजित 'मिस्टर मोडल अफ वर्ल्ड २०१८' को उपाधि जित्ने मोडल को हुन् ? - नेपाली मोडल दिक्पाल कार्की 

५) वि.सं. २०७५ भदौ २२ मा मनाईएको निजामती सेवा दिवसको नारा के हो ? - नतिजामुखी प्रशासन: समृद्धि र र सुशासन 

६) निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति बर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको छ ? - प्रत्येक दश वर्षमा 

७) नेपाल र चीनबीच पारबहन सम्झौताको कार्यविधिमा कहिले सहमति भएको हो ? - सन् २०१८ सेप्टेम्बर ६ 

८) ३९ औ राष्ट्रिय शिक्षा दिवस एवं ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवस २०७५ को आदर्श वाक्य के हो ? - समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार 

९) वि.सं. २०७५ भदौ महिनासम्म देशभर पूर्ण साक्षर घोषित जिल्ला कति रहेको छन् ? - ४७ 

१०) सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (EIMS) कहिलेदेखि संचालनमा ल्याउने निर्णय गरेको  हो ? - वि.सं. २०७५ भदौ २५ 

स्रोत : गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (भाद्र १४ - भाद्र २०)

 २ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली को हुन् ? - अनन्तराम के.सी. (९० घण्टा २ मिनेट)

२) इन्डोनेसियामा सम्पन्न १८ औ एसियाडमा प्रथम, द्वितीय र तृतीय स्थानमा रहन सफल राष्ट्र कुन-कुन हुन् ? - क्रमश: चीन, जापान र दक्षिण कोरिया 

३) इन्डोनेसियामा सम्पन्न १८ औ एसियाडमा नेपालले कुन खेलमा रजत पदक प्राप्त गरेको हो ? - प्याराग्लाइडिंग

४) भुपरिबेष्टित एवं विकासशील राष्ट्रको थिंक ट्यांक सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ? - मंगोलिया (उलानवटोर)

५) सन् २०१८ अगस्टमा चीनमा आयोजित माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि कसले जित्यो ? - सुनमाया बुढाल (नेपाल)    

६) टर्कीमा संकटकालिन अवस्था अन्त्य भएको घोषणा कहिले गरियो ? - सन् २०१८ जुलाई १९ (सन् २०१६ जुलाई २० देखि सुरु भएको)

७) वि.सं. २०७५ मा प्रदान गरिएको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को - को हुन् ? - प्रा. डा. मोहन हिमांसु थापा र नरेश शाक्य 

८) वीपी कोइराला स्मृति ट्रष्टले वि.सं. २०७५ को सेनानी सम्मान पुरस्कार कसलाई प्रदान गर्यो ? - चक्रप्रसाद बास्तोला (राशि: रु. ५० हजार)

९) सातै प्रदेशका मुख्य न्यायधिवक्ताको सम्मेलन कहाँ सम्पन्न भयो ? - पोखरा (वि.सं. २०७५ भाद्र १५ र १६)

१०) नेपाल सरकारद्वारा कहिले देखि एकीकृत सम्पति कर लागु गर्ने निर्णय गरियो ? - वि.सं. २०७५ श्रावन १ 

स्रोत: गोरखापत्र     

लोकसेवा समसामायिक शृंखला (भाद्र ७ - भाद्र १३)

 २ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७४ सालको मदन पुरस्कार विजेता स्रस्टा को हुन् ? - निलम कार्की 'निहारिका'

२) वि.सं. २०७४ सालको जगदम्बाश्री पुरस्कार विजेता स्रस्टा को हुन् ? - शान्तदास मानन्धर 

३) वि.सं. २०७५ भदौ ७ को संबैधानिक परिषद्को बैठकले प्रधानन्यायधीशमा कसलाई सिफारिश गरेको हो ? - ओमप्रकाश मिश्र 

४) वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन कहिले भएको हो ? - सन् २०१८ अगस्ट २३ 

५) नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाईन्छ ? - भदौ ३ गते 

६) वि.सं. २०७५ भदौ ३ को मन्त्रिपरिषद बैठकले प्रधान सेनापतिमा कसलाई सिफारिश गर्ने निर्णय गरेको हो ? - पूर्णचन्द्र थापा 

७) २०७४ को उत्कृष्ट जिल्ला समन्वय समिति घोषित हुन सफल जिल्ला कुन हो ? - दैलेख 

८) विश्वका चर्चित कुटनीतिज्ञ तथा संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन कहिले भएको हो ? - सन् २०१८ अगस्ट १८ 

९) नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) मा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ? - डा. भेषबहादुर थापा 

१०) अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि 'मन्ट्रीयल महासन्धि, १९९९' नेपालको संसद् बाट कहिले पारित गरिएको हो ? - २०७५ भदौ ७

स्रोत: गोरखापत्र 

लोकसेवा समसामायिक शृंखला (श्रावण ३१ - भाद्र ६)

 २ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सन् २०१८ अगस्ट १७ मा पाकिस्तानको नेसनल एसेम्बलीले प्रधानमन्त्री पदमा कसलाई चयन गर्यो ? - इमरान खान  (Imran Khan)

२) ११८ औ एसियाली खेलकुद प्रतियोगिताको आयोजना गरेको राष्ट्र कुन हुन् ? - इन्डोनेसिया (सन् २०१८ अगस्ट १८ - सेप्टेम्बर २)

३) राजधानी काठमाडौँको कलंकीमा निर्माण गरिएको मुलुककै पहिलो अन्डरपास - बे (भूमिगत सडक) आंशिक रुमपा कहिलेदेखि संचालनमा आएको हो ? - वि. सं. २०७५ भदौ १ 

४) महिला र बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चाले बापत नेपाल कुन अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ? - संयुक्त राष्ट्र सङ्घको 'युएन सन ग्लोबल चयम्पियन अवार्ड - २०१७

५) संयुक्त राष्ट्र सङ्घद्वारा सन् २०११ - २०२० लाई कुन दशकका रुपमा घोषणा गरिएको छ ? - जैविक विविधता दशक 

६) नेपाल सरकारले हालै संचालनमा ल्याएको करको विधुतीय भुक्तानीसम्बन्धी कम्प्युटर अनलाइन व्यवस्थालाई के भनी चिनिन्छ ? - कनेक्ट आइपीएस (वि. सं. २०७५ वैशाख)

७) नेपालमा जनजाति विकासका लागि संचालित पहिलो कार्यक्रम कुन  हो ? - प्रजा विकास कार्यक्रम 

८) नेपालका साविकका ७५ जिल्लालाई ७७ जिल्ला कायम गर्ने निर्णय मन्त्रिपरिषदद्वारा कहिले गरिएको हो ? - २०७५ भदौ ५ गते 

९) विश्व आर्थिक मंचद्वारा सन् २०१८ मा सार्वजनिक आर्थिक स्वतन्त्रता सूचाङ्कमा नेपाल कतिऔ स्थानमा रहेको छ ? - १३३ औ 

१०) भारतका पूर्व प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य अटलविहारी वाजपेयीको निधन कहिले भएको हो ? - सन् २०१८ अगस्ट १६   

स्रोत: गोरखापत्र 

लोकसेवा समसामायिक शृंखला (श्रावण २४ - श्रावण ३०)

 २ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सन् २०१८ अगस्टमा संयुक्त राष्ट्र सङ्घको मानव अधिकार प्रमुखमा नियुक्त हुने महिला को हुन् ? - चिलीकी पूर्व राष्ट्रपति मिसेल व्यासेलेट 

२) नेपाल सरकारद्वारा फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागू गरियो ? - वि.सं. २०७५ श्रावण  १  

३) वि.सं. २०७५ मा प्रदान गरिने गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुन् ? - अन्नपूर्ण पोष्ट दैनिक का प्रधान सम्पादक हरिबहादुर थापा 

४) पोषण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरियो ? - नेपाल (सन् २०१८ फेब्रुअरी २७-२८)

५) साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधि दाहालको निधन कहिले भएको हो ? - वि.सं. २०७५ श्रावण २५ 

६) नेपालको संविधान सम्बन्धमा हालै तीन दिने सम्मेलन कहिले सम्पन्न भयो ? - वि.सं. २०७५ श्रावण २६-२८, काठमाडौँ 

७) तत्कालीन गोरखा परिषद्का संस्थापक महासचिव एवं पहिलो प्रतिनिधिसभामा विपक्षी दलको नेता भरतशमशेर राणाको ८९ बर्षको उमेरमा कहिले निधन भयो ? - वि.सं. २०७५ श्रावण २६ 

८) सन् २०१८ अगस्टमा ICC द्वारा सार्वजनिक नया वरियता सूची (२०/२० cricket) मा पर्न सफल चार नेपाली खेलाडी को को हुन् ? - पारस खड्का, शरद भेष्वाकर, सोमपल कामी, वसन्त रेग्मी 

९) डान्स रियालिटी शो बुगी बुगीको नेपाली संस्करणमा नेपालकै पहिलो dancing सुपर स्टारको उपाधि जित्ने प्रतिभा को हुन् ? - सर्लाहीको कविता नेपाली 

१०) बिधुत बिकासको क्षेत्रमा द्विपक्षीय सहकार्य सुरु गर्ने लक्ष्यका साथ नेपाल र बंगलादेश बीच समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.सं. २०७५ श्रावण २५ 

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (श्रावण १७ - श्रावण २३)

 २ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सशस्त्र प्रहरी बलमा कतिवटा बाहिनी कायम गरिने भएको  छ ? - ८ (हाल  ५) 

२) कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा पहिलो विज्ञान केन्द्र कहाँ स्थापना गर्ने निर्णय गरियो ? - दामन, मकवानपुर 

३) नेपाल सरकारले कुन अवधिलाई वन दसक घोषणा गरेको छ ? - वि.सं. २०७१ - २०८० 

४) संयुक्त राज्य अमेरिकाको कुन संस्थाले प्रदान गरेको कम्प्याक्ट कार्यक्रममा नेपाल परेको छ ? - मिलेनियम च्यालेन्ज कर्पोरेसन (Millennium Challenge Corporation)

५) नेपालको कुन ठाउँमा खुला कारागार निर्माण गरिदैछ ? - बाँके 

६) हाल नेपालमा कति प्रजातिका चरा संरक्षित सूचीमा सूचीकृत गरिएको छ ? - ९ 

७) जिम्बाब्बेमा सम्पन्न राष्ट्रपतिय निर्वाचन २०१८ (जुलाई) मा बिजयी हुने उम्मेदवार को हुन् ? - इमर्सन  मान्गाग्वा (Emmerson Mnangagwa)

८) ग्लोबल - ५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन् ? - डा. कृष्णकुमार पाण्डे 

९) नेपालसँग दौत्यसम्बन्ध कायम गर्ने १६१ औ राष्ट्र कुन हो ? - रुवान्डा (सन् २०१८ जुलाई २०)

१०) नेपालले पहिलोपल्ट एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता कहिले खेल्यो ? -  वि.सं. २०७५ साउन १६ (सन् २०१८ अगस्ट १), नेदरल्याण्डसँग पराजित   

स्रोत: गोरखापत्र           

लोकसेवा समसामायिक शृंखला (श्रावण १० - श्रावण १६)

 ३ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७५ मा प्रदान गरिने 'पहलमान सिंह स्वार दीर्घ साहित्य साधक पुरस्कार' बाट सम्मानित हुने स्रस्टा को हुन् ? - मनु ब्राजाकी

२) सन् २०१८ जुलाई २५ मा पाकिस्तानमा सम्पन्न आमचुनावमा सबैभन्दा ठूलो पार्टी कुन बनेको छ ? - पाकिस्तान तहरिक ए इन्साफ 

३) नेपाल सरकारले २०७५ साउन २४ देखि लागु हुने गरी कामु प्रधान सेनापतिमा कसलाई सिफारिस गर्ने निर्णय गर्यो ? - पूर्णचन्द्र थापा  

४) नेपाल वायुसेवा निगमले एयरबस ए  ३३०-२०० सिरिजको ९ NALZ  कलसाइनको दोस्रो वाइडबडी जहाज 'मकालु' कहिले भित्रायो ? - २०७५ साउन  १० गते 

५) सन् २०१८ मा रुसमा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा उत्कृष्ट गोल गर्ने खेलाडी को बने ? - बेन्जामिन पावार्ड 

६) सन् २०१८ जुलाईमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधिसम्म लागेको थियो ? - ३ घण्टा ५५ मिनेट 

७) कागजरहित मन्त्रिपरिषद् बैठक पहिलोपल्ट कहिले बसेको हो ? - वि.सं.२०७५ साउन १० गते 

८) १६ औ विश्व हेलिकोप्टर प्रतियोगिता कहाँ आयोजना गरियो ? - बेलारुसको राजधानी मिन्स्क 

९) नेपाल सरकारले संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय कहिले गरेको हो ? - वि.सं.२०७५ साउन १० 

१०) बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौँमा पत्रकार भेटघाटको आयोजना कहिले गरियो ? - वि.सं.२०७५ साउन  १७-१८ (सन् २०१७ अगस्त २-३)   

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (जेष्ठ १७ - जेष्ठ २३)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) एसिया प्रशान्त प्रारम्भिक बालविकास सञ्जाल र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ? - काठमाडौं

२) नेपाल सरकारले कुन अवधिभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य लिएको छ ? - आगामी दुई वर्षभित्र (आ.व. २०७५/७६ को बजेटमार्फत)

३) केपी शर्मा ओली नेतृत्वको सरकारमा सङ्घीय समाजवादी फोरम नेपाल कहिले सहभागी भएको हो ? - वि.सं. २०७५ जेठ १८

४) नेपाललाई हिमालय प्रवेशको देशका रुपमा विश्वभर परिचित गराउने उदेश्यसहित हिमालयन ट्राभल मार्ट काठमाडौंमा कहिले सम्पन्न भयो ? - वि. सं. २०७५ जेठ १८ - २० 

५) नेपाल भारत प्रवुद्ध व्यक्ति समुह (इपीजी) को नवौं बैठक कहिले तय गरिएको छ ? - वि.सं.२०७५ असार १५ - १६ 

६) प्रदेश नं. ४ मा लाई के नामकरण गरिएको छ ? - गण्डकी प्रदेश

७) नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१८ मे ३० 

८) काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनको भित्री भागमा पनि अनिवार्य रुपमा नम्बर प्लेट राख्नुपर्ने व्यवस्ता कहिले देखि कार्यान्वयनमा आएको हो ? - वि.सं. २०७५ जेठ १९

९) विश्वकै पहिलो जिरो कार्वन सिटी कुन शहरलाई घोषित गरिएको हो ? - युएईको मस्दार शहर

१०) सन् २०१८ जून २८ देखि जुलाई १५ सम्म क्यानाडामा आयोजित ग्लोबल टी - २० लिगमा छनोट हुन सफल नेपाली क्रिकेटर को हुन् ? - सन्दीप लामिछाने

११) सरकारले कक्षा ९ र १० मा अनिवार्य विषय कति ओटा राख्ने भएको छ ? - ५ ओटा (२ ऐच्छिक )

१२) वि.स २०७५ मा प्रदान गर्ने छिन्नलता गित पुरस्कारबाट सम्मानित हुने कलाकार को को हुन् ? - (गित रचना - ज्ञानेन्द्र गदाल) (संगीत - वसन्त क्षेत्रि) (गायन - संगीता राना प्रधान) (युवा नव प्रतिभा - मेलिना राइ र राजनराज शिवाकोटी) (बिशेष सम्मान - शान्ति ठटाल र शिवशंकर थापा) 

१३) इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान कहिले गरियो ? - वि.सं. २०७५ जेठ २१ 

१४) बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेकको चौथो सम्मेलन कहिले र कहाँ आयोजना गरिने भएको छ ? - वि.सं. २०७५ भदौ, काठमाडौँ 

श्रॊत: गोरखापत्र 

लोकसेवा समसामायिक शृंखला (जेष्ठ १० - जेष्ठ १६)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७५ जेठ १३ गते सार्वजनीक गरिएको सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार नाफामा रहेका संस्थान कति छन् ? – २६ वटा

२) अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणार्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ? – सन् २०१८ जनवरी २१

३) नेपालमा वन्यजन्तुको डीएनए (DNA) परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ? – खुमलटार स्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा

४) वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको सदुपयोग गरी कति रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ ? – एक लाख

५) "गोरखापत्र पत्रकारीता पुरस्कार - २०७५" कसलाई प्रदान गरियो ? – भैरब रिसाल  

६) अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष (२०१८) अस्ट्रेलियाको कतिऔं धनी बनेका छन् ? – ८१ औं

७) वि.सं. २०७५ मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? – कवि तुलसी दिवस (ताम्रपत्रसहित रु. एकलाख प्रदान गरिएको)

८) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं. २०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औसत बसाइ अवधि कति रहेको छ ? – १२ दशमलव ६ दिन

९) भेनेजुयालामा सन् २०१८ मेमा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा बिजयी हुनी उम्मेदवार को हुन् ? – निकोलस माडूरो   

१०) झण्डै दुई दशकपश्चात राजविराज विमानस्थल कहिलेदेखि पुन: सुचारु भएको हो ? – वि.सं.२०७५ जेठ १० गते

११) निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ? – सन् १९९८, मलेसिया

१२) सन् २०१८ मा सञ्चालित इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि कसले जित्यो ? – चेन्नइ सुपर किङ्ग्स

१३) सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदन अनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पति) मा मानव जातिको हिस्सा कति रहेको छ ? – ०.१ प्रतिशत

१४) हालै (२०७५ वैशाख) नेपालको निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति छ ? – २३ दशमलव १७ प्रतिशत

१५) हालै (सन् २०१८) संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ? – अमेरिका (२२ प्रतिशत), दोस्रो: जापान (९.६८ प्रतिशत) र तेस्रो: चीन (७.९२ प्रतिशत)

१६) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि २४ घण्टा सञ्चालनमा आएको हो ? – वि.सं. २०७५ जेठ ७

१७) सरकारले झापाको शान्तिनगर देखि डडेल्धुराको रुपाललाई जोड्ने गरी मदनभण्डारी मार्ग निर्माण गर्ने निर्णय कहिले गरेको हो ? – वि.सं. २०७५ जेठ ६ 

१८) वर्तमान सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम (आ.व. २०७५ र ७६) अनुसार कतिअवधिभर प्रतिव्यक्ति आय दोब्बर बनाउने योजना छ ? – पाँच वर्षभित्र

१९) सरकारले "पुष्पलाल राष्ट्रिय पुरस्कार - २०७४" बाट राजनीतिक तथा सैदान्तिक विधामा कसलाई सम्मानित गर्यो ? – लक्ष्मीभक्त लम्साल

२०) सरकारले "पुष्पलाल राष्ट्रिय पुरस्कार - २०७४" बाट इतिहास विधामा कसलाई सम्मानित गर्यो ? – जगमान गुरुङ

२१) सरकारले "पुष्पलाल राष्ट्रिय पुरस्कार - २०७४ " बाट साहित्य , सस्कृति र बिज्ञान विधामा कसलाई सम्मानित गर्यो ? – विष्णु प्रभात

२२) विकेन्द्रीकरण प्रबर्धन पुरस्कार - २०७५ कसलाई प्रदान गरियो ? – स्वशासन अध्ययन प्रतिष्ठान

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (जेष्ठ २ - जेष्ठ ९)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सगरमाथाको शिखरमा सबैभन्दा धेरैपल्ट पुगी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? – कामिरिता शेर्पा 

२) वि.सं. २०७५ जेठमा घोषणा गरिएको पल्सर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी को बने ? – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का

३) विभिन्न आँधीका कारण क्यारेबियन राष्ट्रहरुमा क्षति भएका रङ्गशाालाहरुको पुन:निर्माणका लागि स्रोत जुटाउने उदेश्यका साथ आईसीसीद्धारा सन् २०१८ मे ३१ मा आयोजित खेलमा छनोट भएका नेपाली क्रिकेटर को हुन् ? – सन्दीप लामिछाने

४) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण कहिले भएको हो ? – वि.सं. २०७५ जेठ ३

५) नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता को चयन भएका छन् ? – केपी शर्मा ओली

६) ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ? – सन् २०१८ मे १८

७) सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार को हुन् ? – पूर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ मे १९)

८) रेडियो अन्नपुर्णद्वारा २०७५ जेठमा प्रदान गरिएको दिर्घ साधना सम्मानबाट सम्मानित कलाकार को हुन् ? – गायक योगेश वैद्य

९) साझा प्रकाशनले बर्षेनी प्रदान गर्दै आएको साझा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? – जय छाङ्छा  

१०) सन् २०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ? – दिपकराज जोशी (नेपालबाट पहिलोपटक अध्यक्षता गर्ने अवसर प्राप्त भएको ।)

११) राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आ.व. २०७५/७६ को सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरियो ? – वि.सं. २०७५ जेठ ७

१२) हालै पोखरा लेखनाथमा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले सम्पन्न भयो ? – वि.सं. २०७५ जेठ ४/६ (सन् २०१८ मे १८/ २०)

१३) नेपाल विद्युत प्रधिकरणले मुलुकभर कहिलेदेखि लोडसेडिङ् अन्त्य भएको घोषणा गरेको हो ? – वि.सं. २०७५ वैशाख ३१

१४) चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा उडान भर्ने) कहिलेसम्म उपभोक्तालाई आपूर्ति गर्ने जनाएको  छ ? – सन् २०२२

१५) सन् २०१८ मेमा कुन अफ्रिकी राष्ट्रमा इबोला भाइरसको सङक्रमण देखा परेको छ ? – कङ्गो

१६) सन् २०१८ मे मा मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसीपमा नेपालले कुन स्थानमा हासिल गरेको छ ? – तृतीय (प्रतियोगितामा भारत पहिलो र पाकिस्तान दास्रो)

१७) हुम्लाको खार्पुनाथमा मकालु एयरको कार्गो जहाज कहिले दुर्घटनाग्रस्त भएको हो ? – वि.सं. २०७५ जेठ २

१८) राष्ट्रको पूर्वाधार विकास गर्ने कार्यका लागि अहम् भूमिका तथा योगदान पुर्याउने लक्ष्यसहित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड स्थापनाका लागि सैद्धान्तिक सहमतिपत्र कहिले प्रदान गरिएको हो ? – वि.सं. २०७५ जेठ ६

१९) सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार को हुन् ? – पुर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ मे १९)

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (बैशाख २७ - जेष्ठ २)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिले सम्ममा मंगल ग्रहमा हेलिकप्टर पठाउने भएको छ ? - सन् २०२०

२) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पछिल्लो पटक नेपालको दुईदिने औपचारिक भ्रमण कहिले भयो ? - २०७५ वैशाख २८-२९ गते

३) वि.स २०७५ मा प्रदान गरिने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - डा. महेन्द्र बिस्ट र डा. राजेश झा

४) हरेक बर्ष प्रदान गरिने इच्छुक स्मृति पुरस्कारबाट वि.स २०७५ मा सम्मानित हुने स्रस्टा को हुन् ? - विनोद बिक्रम केसी र मोदनाथ मरहठ्ठा

५) सन् २०१७ को 'टाइम पर्सन अफ दि इयर' कसलाई घोषणा गरियो ? - द साइलेन्स ब्रेकर

६) मणिब्रिक्रम शाहको निधन कहिले भयो ? - २०७५ वैशाख ३१ गते

७) वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपाल द्वारा भैसी सुन्दरी प्रतियोगिता कहाँ आयोजना गरियो ? - इटहरी

८) विश्व चर्चित आर्थिक पत्रिका फोब्सद्धारा सन् २०१८ मे मा सार्वजनिक प्रतिवेदनअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ? - चिनियाँ राष्ट्रपति सी जिन पिङ्

९) मेगा बैङ्क नेपालमा टुरिज्म डेभलपमेन्ट बैङ्क गाभिई एकीकृत कारोबारको शुरुवात कहिलेदेखि भएको हो ? - वि.सं. २०७५ वैशाख ३०

१०) नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलन्यास कहिले गरिएको हो ? - वि.सं. २०७५ वैशाख २८ 

११) मलेसियामा सन् २०१८ मे मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित हुन सफल व्यक्तित्व को हुन् ? - महाथिर मोहम्मद 

१२) दुईवटै कृतिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनिया पर्वतारोही को हुन् ? - ७० वर्षीय जिया वोयु (सन् २०१८ मे १४)

१३) वि.सं. २०७५ बैशाखमा मनाइएको तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको नारा के हो ? - समृद्धि र सुशासन, आमसंचारको अभियान

श्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (बैशाख २० - बैशाख २६)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) आरयमएआई (RMAI) फ्लेम अवार्ड २०१८ र फ्लेम लिडरसिप अवार्ड्स बाट सम्मानित हुने कम्पनि कुन हो ? - रियल स्कुल अफ नेपाल

२) रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले राष्टपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७

३) यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायी बीच कहिले सहमति भएको हो ? - वि.स २०७५ वैशाख २३

४) बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिंग पिरियडको व्यवस्ता कहिलेदेखि लागु गरेको हो ? - वि. सं. २०७५ बैशाख २३

५)  कृषि, भुमि व्यवस्ता र सहकारी मन्त्रालयले ५८ बुदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? - वि. सं. २०७५ बैशाख २३

६) हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिबलमा 'नाओ एण्ड अफ्टर' विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ? - अनन्त यात्रा (लेखक/निर्देशक: सुनिल पाण्डे) 

७) बिश्व रेडक्रस दिवस कहिले मनाईन्छ ? - मे ८

८) कुन अधातु बिधुतको सुचालक हो ? - ग्राफाइट

९) अन्तरास्ट्रिय नर्सिंग दिवस कहिले मनाईन्छ ? - मे १२

१०) सन् २०१७ मा बिश्वकै व्यस्थ अन्तरास्ट्रिय हवाई रुट कुन हो ? - सिंगापुर-क्वालालम्पुर रुट 

स्रोत : गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (बैशाख १३ - बैशाख १९)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) अन्तरास्ट्रिय श्रमिक दिवस कहिले मनाईन्छ ? - मे.१

२) सरकाले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति ओटा सहर निर्माण गर्ने निर्णय गरेको छ ? - ४

३) नेपाल विधुत प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठुलो सौर्य परियोजनाको उत्पादन क्षमता कति रहेको छ ? - २५ मेगावाट

४) संयुक्त राष्ट्रसंघीय महासभा अन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१८ अप्रिल

५) भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्ट्रेस अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ? - मनिषा कोइराला

६) आफ्ना सदस्यको मृत्यु भएपछी बसाइ सर्ने विशेषता भएको जाति कुन हो ? - राउटे

७) एगनेस्टि इन्टरनेसनलको स्थापना कहिले भएको हो ? - सन् १९६१ मे २८

८) २ लाख रुपैया राशिको पहिचान पुरस्कार - २०१८ बाट सम्मानित हुने कृति कुन हो ? - पत्रकार तथा लेखक यज्ञशको 'भुइया'

९) बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रिय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ? - शत्रु गते

१०) यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार को हुन् ? - वरिष्ठ पत्रकार भैरव रिमाल

श्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (बैशाख ६ - बैशाख १२)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सन् २०१८ अप्रिलमा क्युवामा नयाँ रास्ट्रपतिका रुपमा चयन हुन सफल राजनितिकर्मी को हुन् ? - मिगेल डीयाज कनेल

२) सन् २०१८ अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरि नयाँ नामकरण गरेका छन् ? - स्वाजिल्याण्ड ( नयाँ नाम - eSwatini )

३) पहिलो अन्तरास्ट्रिय क्रिकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८

४) भलिबलका आबिस्कारक को हुन् ? - विलियम जर्ज मोर्गन (सन् १८९५ )

५) विश्वमै दुइ पटक अनुहार प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? - फ्रान्सका जेरोम हयामोन

६) चिन सरकारले दुइ ओटा वाई-१२ , ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? - वि.स २०७५ बैशाख ४

७) पृथ्वी दिवस कहिले मनाईन्छ ? - अप्रिल २२

८) अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाईन्छ ? - अप्रिल २३

९) सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ? - २०७१ साल को एस.एल.सी परिक्षादेखि

१०) पारिजात सृजना सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? - समालोचक डिआर पोखरेल

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (चैत्र २९ - बैशाख ५)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ ? - वैशाख १

२) पोषणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन २०१८ कहाँ आयोजना गरियो ? - नेपाल (सन् २०१८ फेब्रुअरी २७-२८)

३) नेपालको कुन ठाउँमा सास्कृतिक संग्रहालय निर्माण गरिने भएको छ ? - दैलेखको दुल्लु

४) वि. स २०७४ चैत्रमा सम्पन्न धनगढी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - टिम चौराहा (धनगढी)

५) सशस्त्र प्रहरी बल नेपालको महानिरिक्षकमा को नियुक्त भएका छन् ? - सर्बेन्द्र खनाल

६) संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१७ अक्टोबर १६

७) जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट 'शिक्षा विकास तथा समन्वय एकाइ' बनाईएको हो ? - २०७४ चैत्र २९

८) सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ? - वि.स २०७५ बैशाख ३

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (चैत्र २२ - चैत्र २८)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) १६ औ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहाँ आयोजना गरिएको थियो ? - बि.स २०७४ चैत्र (२३-२४), बुटवल 

२) नेपालमा बि.स २०७४ बैसाख २ बाट सुरु हुने आर्थिक गणना कति औ हो ? - पहिलो 

३) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको ३ दिने राजकीय भ्रमण कहिले सम्पन्न भयो ? - बि.स २०७४ चैत्र (२३-२५ ) 

४) पृथ्वीलाइ आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई के भनिन्छ ? - पृथ्वीको परिभ्रमण 

५) १६ औ सस्करणको बिश्व एथ्लेटिक्स च्याम्पियनसिप कहाँ आयोजना गरियो ? - लन्डन 

६) राना - थारु संग्रालय कहाँ निर्माण गरिने भएको छ ? - कन्चनपुरको बेलौरी 

७) हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहन गर्ने महिला को हुन् ? - ल्हाक्पा  शेर्पा 

८) संयुक्त राष्ट्रसंघका उपमाहसचिबको ब्यबस्था कहिलेबाट गरियो ? - सन् १९९८ 

९) चुरे संरक्षणको लागि २० वर्षे गुरुयोजना नेपाल सरकारले कहिले ल्यायो ? - वि.स २०७४ जेठ ४ 

१०) रास्ट्रीय चिकित्सा शिक्षा अध्यादेश २०७४, प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ? - २०७४ चैत्र २० 

स्रोत: गोरखापत्र  

लोकसेवा समसामायिक शृंखला (चैत्र १५ - चैत्र २१)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) मदन भण्डारी संग्रालयको स्थापना कहाँ गरिएको छ ? - मोरङको उर्लाबारी 

२) चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको हो ?  - सन् १९२९ 

३) नेपालमा सरकारी कामकाजको लागि दिगितल हस्ताक्षर गर्न कहिले देखि सुरु भएको हो ? - बि.स २०७२ मंसिर १६

४) गृह प्रसासन सुधार कार्य योजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ? - बि.स २०७४ चैत्र १९

५) 'डाईनासोर जिम्दै छ' नामक कृतिका लेखक को हुन् ? - बिमल निभा 

६) मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित हुने पत्रकार को हुन् ? - कमल कोइराला 

७) 'संसारमा यस्ता थोरै मान्छे हुन्छन, जो कठोर तर हितकारी कुरा गर्छन' यो भनाइ कस्को हो ? - बाल्मिकी 

८) बालबालिक सम्बन्धि ऐन २०४८ ले कति उमेर नपुगेकालाई बालबालिकाको रुपमा परिभाषित गरेको छ ? - १६ 
 
स्रोत: गोरखापत्र 

लोकसेवा समसामायिक शृंखला (चैत्र ८ - चैत्र १४)

 ७ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) कर्णाली प्रदेश सरकारले वि.स २०७५ लाइ कुन वर्षको रुपमा मनाउने निर्णय गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष

२) जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्यहाँको चान्सलरमा कसलाई चयन गर्यो ? - एन्जेला मार्केल

३) चितवन राष्ट्रिय निकुन्जको क्षेत्रफल कति रहेको छ ? - ९५२.६३ वर्गकिलोमिटर

४) छिन्तांग काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहा भएको थियो ? - मोरङ

५) मिसोफोनिया भनेको के हो ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन

६) शिक्षा विभागको स्थापना कहिले भएको थियो ? - वि.स २०५६ जेठ १

७) म्यान्मारका राष्ट्रपति टिन क्याबले पदबाट कहिले राजिनामा दिएका थिए ? - सन् २०१७ अगस्ट २५

८) नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट

९) चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ? - प्रताप मल्ल

१०) नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ? - वि.स २०७० श्रावण ३

श्रोत : गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (चैत्र १ - चैत्र ७)

 ७ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ? - बि.स २०४७ चैत्र

२) विश्व उपभोक्ता दिवस कहिले मनाईन्छ ? - मार्च १५

३) सन् २०१८ मार्चमा एकदिवसीय विश्वकप क्रिकेट खेल कहा आयोजना गरिएको हो ? - जिम्बाब्बे 

४) नेपालले आइसीसीको मान्यता कहिला पाएको हो ? - सन् १९८८

५) बि.स २०७४ मा प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान बाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा.वासुदेव त्रिपाठी 

६) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ? - ससिकला दाहाल 

७) नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम कहिले देखि सुरु गरेको हो ? - २०७२ चैत्र २५ 

८) सन् २०१८ मार्च १८ मा रुसमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बिजय हुने उम्मेदवार को हुन् ? - भ्लादिमिर पुटिन 

९) उत्पादन सुरु भएको १,५४ वर्ष पछी ट्रेडमार्क प्राप्त गर्ने नेपालि उत्पादन कुन हो ? - नेपालि चिया 

१०) नेपालमै पहिलोपटक सृजनसिल रचनागृहको स्थापना कहा गरिएको हो ? - गोदावरी (ललितपुर)

श्रोत: गोरखापत्र 

To Top