लोकसेवा समसामायिक शृंखला (भाद्र १४ - भाद्र २०)

 १८ दिन अगाडि  समसामाहिक  समसामाहिक

१) सबैभन्दा लामो समयसम्म प्रवचन दिएर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली को हुन् ? - अनन्तराम के.सी. (९० घण्टा २ मिनेट)

२) इन्डोनेसियामा सम्पन्न १८ औ एसियाडमा प्रथम, द्वितीय र तृतीय स्थानमा रहन सफल राष्ट्र कुन-कुन हुन् ? - क्रमश: चीन, जापान र दक्षिण कोरिया 

३) इन्डोनेसियामा सम्पन्न १८ औ एसियाडमा नेपालले कुन खेलमा रजत पदक प्राप्त गरेको हो ? - प्याराग्लाइडिंग

४) भुपरिबेष्टित एवं विकासशील राष्ट्रको थिंक ट्यांक सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ? - मंगोलिया (उलानवटोर)

५) सन् २०१८ अगस्टमा चीनमा आयोजित माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि कसले जित्यो ? - सुनमाया बुढाल (नेपाल)    

६) टर्कीमा संकटकालिन अवस्था अन्त्य भएको घोषणा कहिले गरियो ? - सन् २०१८ जुलाई १९ (सन् २०१६ जुलाई २० देखि सुरु भएको)

७) वि.सं. २०७५ मा प्रदान गरिएको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को - को हुन् ? - प्रा. डा. मोहन हिमांसु थापा र नरेश शाक्य 

८) वीपी कोइराला स्मृति ट्रष्टले वि.सं. २०७५ को सेनानी सम्मान पुरस्कार कसलाई प्रदान गर्यो ? - चक्रप्रसाद बास्तोला (राशि: रु. ५० हजार)

९) सातै प्रदेशका मुख्य न्यायधिवक्ताको सम्मेलन कहाँ सम्पन्न भयो ? - पोखरा (वि.सं. २०७५ भाद्र १५ र १६)

१०) नेपाल सरकारद्वारा कहिले देखि एकीकृत सम्पति कर लागु गर्ने निर्णय गरियो ? - वि.सं. २०७५ श्रावन १ 

स्रोत: गोरखापत्र     

To Top