लोकसेवा समसामायिक शृंखला (भाद्र ७ - भाद्र १३)

 ३ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७४ सालको मदन पुरस्कार विजेता स्रस्टा को हुन् ? - निलम कार्की 'निहारिका'

२) वि.सं. २०७४ सालको जगदम्बाश्री पुरस्कार विजेता स्रस्टा को हुन् ? - शान्तदास मानन्धर 

३) वि.सं. २०७५ भदौ ७ को संबैधानिक परिषद्को बैठकले प्रधानन्यायधीशमा कसलाई सिफारिश गरेको हो ? - ओमप्रकाश मिश्र 

४) वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन कहिले भएको हो ? - सन् २०१८ अगस्ट २३ 

५) नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाईन्छ ? - भदौ ३ गते 

६) वि.सं. २०७५ भदौ ३ को मन्त्रिपरिषद बैठकले प्रधान सेनापतिमा कसलाई सिफारिश गर्ने निर्णय गरेको हो ? - पूर्णचन्द्र थापा 

७) २०७४ को उत्कृष्ट जिल्ला समन्वय समिति घोषित हुन सफल जिल्ला कुन हो ? - दैलेख 

८) विश्वका चर्चित कुटनीतिज्ञ तथा संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन कहिले भएको हो ? - सन् २०१८ अगस्ट १८ 

९) नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) मा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ? - डा. भेषबहादुर थापा 

१०) अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि 'मन्ट्रीयल महासन्धि, १९९९' नेपालको संसद् बाट कहिले पारित गरिएको हो ? - २०७५ भदौ ७

स्रोत: गोरखापत्र 

To Top