लोकसेवा समसामायिक शृंखला (श्रावण २४ - श्रावण ३०)

 १ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सन् २०१८ अगस्टमा संयुक्त राष्ट्र सङ्घको मानव अधिकार प्रमुखमा नियुक्त हुने महिला को हुन् ? - चिलीकी पूर्व राष्ट्रपति मिसेल व्यासेलेट 

२) नेपाल सरकारद्वारा फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागू गरियो ? - वि.सं. २०७५ श्रावण  १  

३) वि.सं. २०७५ मा प्रदान गरिने गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुन् ? - अन्नपूर्ण पोष्ट दैनिक का प्रधान सम्पादक हरिबहादुर थापा 

४) पोषण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरियो ? - नेपाल (सन् २०१८ फेब्रुअरी २७-२८)

५) साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधि दाहालको निधन कहिले भएको हो ? - वि.सं. २०७५ श्रावण २५ 

६) नेपालको संविधान सम्बन्धमा हालै तीन दिने सम्मेलन कहिले सम्पन्न भयो ? - वि.सं. २०७५ श्रावण २६-२८, काठमाडौँ 

७) तत्कालीन गोरखा परिषद्का संस्थापक महासचिव एवं पहिलो प्रतिनिधिसभामा विपक्षी दलको नेता भरतशमशेर राणाको ८९ बर्षको उमेरमा कहिले निधन भयो ? - वि.सं. २०७५ श्रावण २६ 

८) सन् २०१८ अगस्टमा ICC द्वारा सार्वजनिक नया वरियता सूची (२०/२० cricket) मा पर्न सफल चार नेपाली खेलाडी को को हुन् ? - पारस खड्का, शरद भेष्वाकर, सोमपल कामी, वसन्त रेग्मी 

९) डान्स रियालिटी शो बुगी बुगीको नेपाली संस्करणमा नेपालकै पहिलो dancing सुपर स्टारको उपाधि जित्ने प्रतिभा को हुन् ? - सर्लाहीको कविता नेपाली 

१०) बिधुत बिकासको क्षेत्रमा द्विपक्षीय सहकार्य सुरु गर्ने लक्ष्यका साथ नेपाल र बंगलादेश बीच समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.सं. २०७५ श्रावण २५ 

स्रोत: गोरखापत्र

To Top