लोकसेवा समसामायिक शृंखला (श्रावण १७ - श्रावण २३)

 ३ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सशस्त्र प्रहरी बलमा कतिवटा बाहिनी कायम गरिने भएको  छ ? - ८ (हाल  ५) 

२) कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा पहिलो विज्ञान केन्द्र कहाँ स्थापना गर्ने निर्णय गरियो ? - दामन, मकवानपुर 

३) नेपाल सरकारले कुन अवधिलाई वन दसक घोषणा गरेको छ ? - वि.सं. २०७१ - २०८० 

४) संयुक्त राज्य अमेरिकाको कुन संस्थाले प्रदान गरेको कम्प्याक्ट कार्यक्रममा नेपाल परेको छ ? - मिलेनियम च्यालेन्ज कर्पोरेसन (Millennium Challenge Corporation)

५) नेपालको कुन ठाउँमा खुला कारागार निर्माण गरिदैछ ? - बाँके 

६) हाल नेपालमा कति प्रजातिका चरा संरक्षित सूचीमा सूचीकृत गरिएको छ ? - ९ 

७) जिम्बाब्बेमा सम्पन्न राष्ट्रपतिय निर्वाचन २०१८ (जुलाई) मा बिजयी हुने उम्मेदवार को हुन् ? - इमर्सन  मान्गाग्वा (Emmerson Mnangagwa)

८) ग्लोबल - ५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन् ? - डा. कृष्णकुमार पाण्डे 

९) नेपालसँग दौत्यसम्बन्ध कायम गर्ने १६१ औ राष्ट्र कुन हो ? - रुवान्डा (सन् २०१८ जुलाई २०)

१०) नेपालले पहिलोपल्ट एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता कहिले खेल्यो ? -  वि.सं. २०७५ साउन १६ (सन् २०१८ अगस्ट १), नेदरल्याण्डसँग पराजित   

स्रोत: गोरखापत्र           

To Top