लोकसेवा समसामायिक शृंखला (श्रावण १० - श्रावण १६)

 ३ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) वि.सं. २०७५ मा प्रदान गरिने 'पहलमान सिंह स्वार दीर्घ साहित्य साधक पुरस्कार' बाट सम्मानित हुने स्रस्टा को हुन् ? - मनु ब्राजाकी

२) सन् २०१८ जुलाई २५ मा पाकिस्तानमा सम्पन्न आमचुनावमा सबैभन्दा ठूलो पार्टी कुन बनेको छ ? - पाकिस्तान तहरिक ए इन्साफ 

३) नेपाल सरकारले २०७५ साउन २४ देखि लागु हुने गरी कामु प्रधान सेनापतिमा कसलाई सिफारिस गर्ने निर्णय गर्यो ? - पूर्णचन्द्र थापा  

४) नेपाल वायुसेवा निगमले एयरबस ए  ३३०-२०० सिरिजको ९ NALZ  कलसाइनको दोस्रो वाइडबडी जहाज 'मकालु' कहिले भित्रायो ? - २०७५ साउन  १० गते 

५) सन् २०१८ मा रुसमा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा उत्कृष्ट गोल गर्ने खेलाडी को बने ? - बेन्जामिन पावार्ड 

६) सन् २०१८ जुलाईमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधिसम्म लागेको थियो ? - ३ घण्टा ५५ मिनेट 

७) कागजरहित मन्त्रिपरिषद् बैठक पहिलोपल्ट कहिले बसेको हो ? - वि.सं.२०७५ साउन १० गते 

८) १६ औ विश्व हेलिकोप्टर प्रतियोगिता कहाँ आयोजना गरियो ? - बेलारुसको राजधानी मिन्स्क 

९) नेपाल सरकारले संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय कहिले गरेको हो ? - वि.सं.२०७५ साउन १० 

१०) बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौँमा पत्रकार भेटघाटको आयोजना कहिले गरियो ? - वि.सं.२०७५ साउन  १७-१८ (सन् २०१७ अगस्त २-३)   

स्रोत: गोरखापत्र

To Top