लोकसेवा समसामायिक शृंखला (जेष्ठ १७ - जेष्ठ २३)

  २ महिना अगाडि    समसामाहिक   समसामाहिक

१) एसिया प्रशान्त प्रारम्भिक बालविकास सञ्जाल र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ? - काठमाडौं

२) नेपाल सरकारले कुन अवधिभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य लिएको छ ? - आगामी दुई वर्षभित्र (आ.व. २०७५/७६ को बजेटमार्फत)

३) केपी शर्मा ओली नेतृत्वको सरकारमा सङ्घीय समाजवादी फोरम नेपाल कहिले सहभागी भएको हो ? - वि.सं. २०७५ जेठ १८

४) नेपाललाई हिमालय प्रवेशको देशका रुपमा विश्वभर परिचित गराउने उदेश्यसहित हिमालयन ट्राभल मार्ट काठमाडौंमा कहिले सम्पन्न भयो ? - वि. सं. २०७५ जेठ १८ - २० 

५) नेपाल भारत प्रवुद्ध व्यक्ति समुह (इपीजी) को नवौं बैठक कहिले तय गरिएको छ ? - वि.सं.२०७५ असार १५ - १६ 

६) प्रदेश नं. ४ मा लाई के नामकरण गरिएको छ ? - गण्डकी प्रदेश

७) नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१८ मे ३० 

८) काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनको भित्री भागमा पनि अनिवार्य रुपमा नम्बर प्लेट राख्नुपर्ने व्यवस्ता कहिले देखि कार्यान्वयनमा आएको हो ? - वि.सं. २०७५ जेठ १९

९) विश्वकै पहिलो जिरो कार्वन सिटी कुन शहरलाई घोषित गरिएको हो ? - युएईको मस्दार शहर

१०) सन् २०१८ जून २८ देखि जुलाई १५ सम्म क्यानाडामा आयोजित ग्लोबल टी - २० लिगमा छनोट हुन सफल नेपाली क्रिकेटर को हुन् ? - सन्दीप लामिछाने

११) सरकारले कक्षा ९ र १० मा अनिवार्य विषय कति ओटा राख्ने भएको छ ? - ५ ओटा (२ ऐच्छिक )

१२) वि.स २०७५ मा प्रदान गर्ने छिन्नलता गित पुरस्कारबाट सम्मानित हुने कलाकार को को हुन् ? - (गित रचना - ज्ञानेन्द्र गदाल) (संगीत - वसन्त क्षेत्रि) (गायन - संगीता राना प्रधान) (युवा नव प्रतिभा - मेलिना राइ र राजनराज शिवाकोटी) (बिशेष सम्मान - शान्ति ठटाल र शिवशंकर थापा) 

१३) इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान कहिले गरियो ? - वि.सं. २०७५ जेठ २१ 

१४) बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेकको चौथो सम्मेलन कहिले र कहाँ आयोजना गरिने भएको छ ? - वि.सं. २०७५ भदौ, काठमाडौँ 

श्रॊत: गोरखापत्र 

To Top