खरिदार परीक्षा २०७५ मा सोधिएका सामान्यज्ञान प्रश्नोत्तरहरु

 ६ महिना अगाडि  विविध  खरिदार

१) कुन निकायले देशको विकाशको लागि विशेष आहरणधिकार (SDR) सुविधा उपलव्ध गराउने गर्दछ ? - अन्तराष्ट्रिय मुद्राकोष (IMF)

२) सहि जोडा 
  ईस्लाम - ४.४% 
  बौध्द - ९%
  किरात - ३% 
  क्रिश्चियन - १.४%

३) अमुर नदि कुन देशको सिमाना नदि हो ? - रसिया र चिन

४) सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृतीको सही जोडा 
  वि.स २०१३ - हाम्रो लोक सस्कृती
  वि.स २०१७ - नेपाली राष्ट्रिय मुद्रा
  वि.स २०२८ - कर्णाली लोक सस्कृती

५) महमा सबैभन्दा वढी पाईने तत्व कुन हो ? - Fructose (३८.२%)

६) २०१८ को विश्वकप फुटवल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ? - रसिया

७) नेपाल सरकारले क्षतिपुर्ति सहितको नागरिक वडापत्र कहिलेबाट लागु गरेको हो ? - वि. स २०७० वैसाख २

८) जैविक विविधता दिवस कहिले मनाईन्छ ? - मे २२

९) पृथ्वी प्रज्ञा पुरस्कार २०७४ बाट सम्मानित हुने स्रष्टा को हुन ? - प्रा. डा. तारानाथ शर्मा

१०) लोकसेवा आयोगको लोगो तयार गर्ने व्यक्ती को हुन ? - माधव रेग्मी

११) ईन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? - लियोन, फ्रान्स

१२) सहि जोडा 
  अफ्रिका - नाईल 
  ईराक - वगदाद
  अन्टाकर्टिका - हिमच्यादर
  उत्तर अमेरिका - नया संसार

१३) मेचि नदीको उद्गमस्थल कहाँ हो ? - लालिखर्क

१४) सार्क राष्ट्रमध्ये काठमाडौँवाट सवैभन्दा टाढा रहेको राजधानी कुन हो ? - माले

१५) सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम वेहोर्छ ? - १०.७२%

१६) सहि जोडा 
  मानगृह - मानदेव
  धरहरा - भिमसेन थापा
  घण्टाघर - विर समसेर
  सिंहदरवार - चन्द्र समसेर

१७) विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो ? - भारत

१८) विश्वको सबैभन्दा पुरानो खेल कुन हो ? - पोलो

१९) पृथ्वीवाट सबैभन्दा नजिकको ग्रह कुन हो ? - शुक्र

२०) मानिसको घर भनेर कुन महादेशलाई चिनिन्छ ? - एसिया

२१) तलका भनाई विचार गर्नुहोस् 
  १. निकोसिया सिरियाको राजधानी हो
  २. लेसोथो एउटा भु- परिवेष्ठित राष्ट हो
  - १ वेठिक २ ठिक

२२) दुधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ ? - ल्याक्टोमिटर

२३) सन १९९२ मा भएको पृथ्वी सम्मेलनसंग सम्वन्धित नभएको एजेन्डा कुन हो ? - ग्लोवल ५००

२४) तल दिईएका मध्ये कुन जिल्लामा सवैभन्दा धेरै जनसंख्या रहेको छ ?
  प्युठान, सल्यान, दैलेख, बैतडी
  - दैलेख

२५) तलका भनाई विचार गर्नुहोस् 
  १. जलवायु परिवर्तन को प्रत्य प्रभाव हिमाल र हिमनदीमा पर्दछ
  २. वायु प्रदुषण वातावरण प्रदुषणको एकमात्र कारण हो 
  - १ ठिक २ गलत

२६) सहि जोडा
  जुफाल विमानस्थल - डोल्पा
  सल्ले विमानस्थल - रुकुम
  मनमाया विमानस्थल - खोटाङ्ग
  ढोरपाटन विमानस्थल - बाग्लुङ्ग

२७) ICIMOD मा नपर्ने राष्ट्र तलका मध्ये कुन हो ?
  म्यानमार, अफगानस्तान, भुटान, थाईल्याण्ड
  - थाईल्याण्ड

२८) भिमसेन थापाले निर्धारण गरेको जग्गाको किसिम कुन हो ? - हले, पाटे, कोदाले

२९) स्थापना वर्षका आधारमा सार्वजनिक संस्थानलाई पुरानो देखि नया क्रममा मिलाउनुहोस (सहि क्रम) - नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, नागरिक लगानी कोष

३०) सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ ? - मुख्य सचिव, नेपाल सरकार

३१) वि.स २०६८ को जनगणना अनुसार नेपालमा कति जाती वसोवास गरेका छन ? - १२५ जाती

३२) विश्व रक्तदान दिवस कहिले पर्दछ ? - जुन १४

३३) अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन ? - रमेश विकल

३४) गुप्तेश्वर महादेवको गुफा कहाँ रहेको छ ? - पर्वत

३५) सात प्रदेशमा क्रमश.. 8, 9,10,11,12,13 र 14 जिल्ला पर्दछन प्रदेश नम्वर अनुसार मिलाउदा यसको क्रम कुन सहि हुन्छ ? - 2, 7, 6, 4, 5, 3, 1

To Top