लोकसेवा समसामयिक शृंखला (जेष्ठ १० - जेष्ठ १६)

 ६ महिना अगाडि  समसामयिक  समसामयिक

१) वि.सं. २०७५ जेठ १३ गते सार्वजनीक गरिएको सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार नाफामा रहेका संस्थान कति छन् ? – २६ वटा

२) अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणार्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ? – सन् २०१८ जनवरी २१

३) नेपालमा वन्यजन्तुको डीएनए (DNA) परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ? – खुमलटार स्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा

४) वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको सदुपयोग गरी कति रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ ? – एक लाख

५) "गोरखापत्र पत्रकारीता पुरस्कार - २०७५" कसलाई प्रदान गरियो ? – भैरब रिसाल  

६) अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष (२०१८) अस्ट्रेलियाको कतिऔं धनी बनेका छन् ? – ८१ औं

७) वि.सं. २०७५ मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? – कवि तुलसी दिवस (ताम्रपत्रसहित रु. एकलाख प्रदान गरिएको)

८) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं. २०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औसत बसाइ अवधि कति रहेको छ ? – १२ दशमलव ६ दिन

९) भेनेजुयालामा सन् २०१८ मेमा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा बिजयी हुनी उम्मेदवार को हुन् ? – निकोलस माडूरो   

१०) झण्डै दुई दशकपश्चात राजविराज विमानस्थल कहिलेदेखि पुन: सुचारु भएको हो ? – वि.सं.२०७५ जेठ १० गते

११) निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ? – सन् १९९८, मलेसिया

१२) सन् २०१८ मा सञ्चालित इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि कसले जित्यो ? – चेन्नइ सुपर किङ्ग्स

१३) सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदन अनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पति) मा मानव जातिको हिस्सा कति रहेको छ ? – ०.१ प्रतिशत

१४) हालै (२०७५ वैशाख) नेपालको निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति छ ? – २३ दशमलव १७ प्रतिशत

१५) हालै (सन् २०१८) संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ? – अमेरिका (२२ प्रतिशत), दोस्रो: जापान (९.६८ प्रतिशत) र तेस्रो: चीन (७.९२ प्रतिशत)

१६) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि २४ घण्टा सञ्चालनमा आएको हो ? – वि.सं. २०७५ जेठ ७

१७) सरकारले झापाको शान्तिनगर देखि डडेल्धुराको रुपाललाई जोड्ने गरी मदनभण्डारी मार्ग निर्माण गर्ने निर्णय कहिले गरेको हो ? – वि.सं. २०७५ जेठ ६ 

१८) वर्तमान सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम (आ.व. २०७५ र ७६) अनुसार कतिअवधिभर प्रतिव्यक्ति आय दोब्बर बनाउने योजना छ ? – पाँच वर्षभित्र

१९) सरकारले "पुष्पलाल राष्ट्रिय पुरस्कार - २०७४" बाट राजनीतिक तथा सैदान्तिक विधामा कसलाई सम्मानित गर्यो ? – लक्ष्मीभक्त लम्साल

२०) सरकारले "पुष्पलाल राष्ट्रिय पुरस्कार - २०७४" बाट इतिहास विधामा कसलाई सम्मानित गर्यो ? – जगमान गुरुङ

२१) सरकारले "पुष्पलाल राष्ट्रिय पुरस्कार - २०७४ " बाट साहित्य , सस्कृति र बिज्ञान विधामा कसलाई सम्मानित गर्यो ? – विष्णु प्रभात

२२) विकेन्द्रीकरण प्रबर्धन पुरस्कार - २०७५ कसलाई प्रदान गरियो ? – स्वशासन अध्ययन प्रतिष्ठान

स्रोत: गोरखापत्र

To Top