लोकसेवा समसामायिक शृंखला (जेष्ठ २ - जेष्ठ ९)

  ३ महिना अगाडि    समसामाहिक   समसामाहिक

१) सगरमाथाको शिखरमा सबैभन्दा धेरैपल्ट पुगी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? – कामिरिता शेर्पा 

२) वि.सं. २०७५ जेठमा घोषणा गरिएको पल्सर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी को बने ? – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का

३) विभिन्न आँधीका कारण क्यारेबियन राष्ट्रहरुमा क्षति भएका रङ्गशाालाहरुको पुन:निर्माणका लागि स्रोत जुटाउने उदेश्यका साथ आईसीसीद्धारा सन् २०१८ मे ३१ मा आयोजित खेलमा छनोट भएका नेपाली क्रिकेटर को हुन् ? – सन्दीप लामिछाने

४) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण कहिले भएको हो ? – वि.सं. २०७५ जेठ ३

५) नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता को चयन भएका छन् ? – केपी शर्मा ओली

६) ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ? – सन् २०१८ मे १८

७) सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार को हुन् ? – पूर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ मे १९)

८) रेडियो अन्नपुर्णद्वारा २०७५ जेठमा प्रदान गरिएको दिर्घ साधना सम्मानबाट सम्मानित कलाकार को हुन् ? – गायक योगेश वैद्य

९) साझा प्रकाशनले बर्षेनी प्रदान गर्दै आएको साझा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? – जय छाङ्छा  

१०) सन् २०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ? – दिपकराज जोशी (नेपालबाट पहिलोपटक अध्यक्षता गर्ने अवसर प्राप्त भएको ।)

११) राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आ.व. २०७५/७६ को सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरियो ? – वि.सं. २०७५ जेठ ७

१२) हालै पोखरा लेखनाथमा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले सम्पन्न भयो ? – वि.सं. २०७५ जेठ ४/६ (सन् २०१८ मे १८/ २०)

१३) नेपाल विद्युत प्रधिकरणले मुलुकभर कहिलेदेखि लोडसेडिङ् अन्त्य भएको घोषणा गरेको हो ? – वि.सं. २०७५ वैशाख ३१

१४) चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा उडान भर्ने) कहिलेसम्म उपभोक्तालाई आपूर्ति गर्ने जनाएको  छ ? – सन् २०२२

१५) सन् २०१८ मेमा कुन अफ्रिकी राष्ट्रमा इबोला भाइरसको सङक्रमण देखा परेको छ ? – कङ्गो

१६) सन् २०१८ मे मा मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसीपमा नेपालले कुन स्थानमा हासिल गरेको छ ? – तृतीय (प्रतियोगितामा भारत पहिलो र पाकिस्तान दास्रो)

१७) हुम्लाको खार्पुनाथमा मकालु एयरको कार्गो जहाज कहिले दुर्घटनाग्रस्त भएको हो ? – वि.सं. २०७५ जेठ २

१८) राष्ट्रको पूर्वाधार विकास गर्ने कार्यका लागि अहम् भूमिका तथा योगदान पुर्याउने लक्ष्यसहित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड स्थापनाका लागि सैद्धान्तिक सहमतिपत्र कहिले प्रदान गरिएको हो ? – वि.सं. २०७५ जेठ ६

१९) सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार को हुन् ? – पुर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ मे १९)

स्रोत: गोरखापत्र

To Top