लोकसेवा समसामयिक शृंखला (बैशाख २७ - जेष्ठ २)

 ७ महिना अगाडि  समसामयिक  समसामयिक

१) अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिले सम्ममा मंगल ग्रहमा हेलिकप्टर पठाउने भएको छ ? - सन् २०२०

२) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पछिल्लो पटक नेपालको दुईदिने औपचारिक भ्रमण कहिले भयो ? - २०७५ वैशाख २८-२९ गते

३) वि.स २०७५ मा प्रदान गरिने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - डा. महेन्द्र बिस्ट र डा. राजेश झा

४) हरेक बर्ष प्रदान गरिने इच्छुक स्मृति पुरस्कारबाट वि.स २०७५ मा सम्मानित हुने स्रस्टा को हुन् ? - विनोद बिक्रम केसी र मोदनाथ मरहठ्ठा

५) सन् २०१७ को 'टाइम पर्सन अफ दि इयर' कसलाई घोषणा गरियो ? - द साइलेन्स ब्रेकर

६) मणिब्रिक्रम शाहको निधन कहिले भयो ? - २०७५ वैशाख ३१ गते

७) वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपाल द्वारा भैसी सुन्दरी प्रतियोगिता कहाँ आयोजना गरियो ? - इटहरी

८) विश्व चर्चित आर्थिक पत्रिका फोब्सद्धारा सन् २०१८ मे मा सार्वजनिक प्रतिवेदनअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ? - चिनियाँ राष्ट्रपति सी जिन पिङ्

९) मेगा बैङ्क नेपालमा टुरिज्म डेभलपमेन्ट बैङ्क गाभिई एकीकृत कारोबारको शुरुवात कहिलेदेखि भएको हो ? - वि.सं. २०७५ वैशाख ३०

१०) नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलन्यास कहिले गरिएको हो ? - वि.सं. २०७५ वैशाख २८ 

११) मलेसियामा सन् २०१८ मे मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित हुन सफल व्यक्तित्व को हुन् ? - महाथिर मोहम्मद 

१२) दुईवटै कृतिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनिया पर्वतारोही को हुन् ? - ७० वर्षीय जिया वोयु (सन् २०१८ मे १४)

१३) वि.सं. २०७५ बैशाखमा मनाइएको तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको नारा के हो ? - समृद्धि र सुशासन, आमसंचारको अभियान

श्रोत: गोरखापत्र

To Top