वस्तुगत प्रश्नोत्तर

१) केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? – १ हजार ४ डलर

( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ६ हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राष्ट्रिय आय अनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।)

२) केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ? – ५.८९ प्रतिशत

३) सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ? – चार

(उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।)

४) संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१८ अप्रिल २३

(सो समितिमा नेपाल पहिलोपट अध्यक्षका रुपमा निर्वाचित (सन् २०१८ का लागि) भएको ।)

५) भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्धारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटायल एक्ट्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ? – मनिषा कोइराला

( सन् १९९१ म बलिउडमा प्रवेश गरेकी मनिषले पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।)

६) वि.सं. २०७५ वैशाख १७ मा कतिऔँ बुद्धजयन्ती मनाइयो ? – २५६२ औँ

७) वि.सं. २०७५ वैशाख १५ र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कतिबुँदे घोषणापत्र जारी गर्यो ? – १० बुँदे

(विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गरी अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएकको छ ।)

८) आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ? – राउटे

९) एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? – सन् १९६१ मे २८

(बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गरेका यो संस्था प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यस सङ्गठनले सन् १९७७ मा नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । मानव अधिकारको संरक्षणलाई प्रौत्साहित गरी राजनितिक बन्दीहरुको सहायता गर्ने उदेश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाख भन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।)

१०) नेपालमा हाल पर्वतारोहणका लागि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ? – ४१४

श्रोत: गोरखापत्र 

To Top