वस्तुगत प्रश्नोत्तर

१ बर्ष पहिला अघि अन्य पत्रपत्रिकाबाट

१) ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेको एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ? - छैटौं
(एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा इन्डोनेसियाको बाली परेको छ । काठमाडौं भन्दा अघि वालीसँगै थाइल्याण्डको फुकेट , भियतनामको हनोई, कम्बोडियाको सियाम रियम एवं जापानको टोकियो सहर परेको )

२) मुलुकी अपराध (संहिता) ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ? - वि.स. २०७४ असोज ३०

(यो ऐनसंवत २०७४ भदौ १ देखि प्रारम्भ हुने )

३) मिसोफोनिया भन्नाले के बुझिन्छ ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन

(आवाजका कारण हुने विशेष कठिनाइ)

४) कर्णाली प्रदेश सरकारले वि.स. २०७५ लाई कुन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष

- आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन वर्ष मनाउन थालिएको हो ।
- रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन वि.स. २०७५ बैशाख १ मा रारा ताल बाट गर्ने निर्णय भएको । 
- जतिय विविधता भित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश समृद्ध मानिने ।नेपालकै सबैभन्दा ठूलो रारा ताल, कैलाश मान सरोवर जाने प्रवेशद्धार,रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुण्डो ताल, वालात्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गम थलो सिन्जा उपत्यका, सुर्खेतको काँक्रे विहार, बुलबुले ताल, देउती बज्यै मन्दीर, कालिकोटे राष्कोट, पञ्चदेवल हुम्लाकको लिमी उपत्यका आदि यस प्रदेशका प्रमुख आकर्षण रहेका ।

५) छिन्ताङ काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहाँ भएको थियो ? - मोरङ

६) नेपालमा कमलरी मुक्त घोषणा कहिले भएको थियो ? - २०७० श्रावण ३

( कमैया मुक्त घोषणा वि.स. २०५७ श्रावण २ र हलिया मुक्त घोषणा २०६५ भाद्र २१ मा )

७) चारकुने मुद्रा प्रचलनमा ल्याउउने मल्ल राजा को हुन् ? - प्रताप मल्ल

८) नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट (१६ ओटा )

(सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङ ११ओटा)

९) नेपाल र जोर्डन बीच द्धिपक्षीय श्रम सम्झौता कहिले भएको हो ? - सन् २०१७ अक्टोबर १८

– नेपालको यो दोस्रो द्धिपक्षीय सम्झौता रहेको । नेपालले पहिलो द्धिपक्षीय श्रम सम्झौता कतारसँग गरेको ।
– हाल नेपालले श्रम सम्झौता गरेको राष्ट्रको सँख्या सात रहेको ।

१०) नेपालमा जिरो हंगर च्यालेन्ज अभियान औपचारिक रुपमा कहिले सुरु भएको हो ? - वि.स. २०७१ पुष ४ गते

To Top