वस्तुगत प्रश्नोत्तर

१ बर्ष पहिला अघि अन्य पत्रपत्रिकाबाट

१) बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बङ्गलाको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले दुर्घटनाग्रस्त भयो ? – वि.सं. २०७४ फागुन २८ (सन् २०१८ मार्च १२)

– चालकदलसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा २२ नेपालीसहित ५० जनाभन्दा बढीको ज्यान गएको । ज्यान गुमाउने नेपालीमा केही बङ्गलादेशमा एमबीबीएस गर्दै आएका र केही ट्राभल एजेन्सीका सञ्चालक तथा कर्मचारी रहेको बताइएको । मृत्यु हुने अन्य नागरिकमा २५ बङ्गलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका रहेका छन् ।
– मन्त्रिपरिषद्को २०७४ फागुन २८ मा बसेको बैठकले विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको ।

२) साहित्यकार इन्द्रबहादुर राईको निधन कहिले भएको हो ? – वि.सं. २०७४ फागुन २२

– नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने सिद्धहस्त स्रष्टा राईको ९१ वर्षको उमेरमा फागुन २२ मा दार्जीलिङमा निधन भएको ।
– बैरागी काइला, ईश्वर बल्लभ र राई मिलेर तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका ।
– आज रमिता छ, विपना कतिपय, कठपुलतीको मन, कथास्थालगायतका उपन्यास/कथा कृतिसँगै आयामेली र लिला लेखनको खोज राईको सिर्जनासँग जोडिएका परिचय हुन् ।
– राईको लेखन शक्तिले नेपालका नेपाली भाषी समुदाय र भारतीय नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुगेको ।

३) ‘जबतिमी माथि–माथि उड्न थाल्छौं, त्यतिखेर मान्छेले तिमीलाई ढुङ्गाले हिर्काउने छन् तर, तिमी तल नहेरी अझै माथि–माथि उड, जसले गर्दा ती ढुङ्गा तिमीसम्म पुग्न सक्ने छैनन् ।’ भन्ने विचारक को हुन् ? – चेतन भगत, भारतीय लेखक

४) विश्व र्कीर्तिमान कायम गर्ने उद्देश्यका साथ लायन्स क्लब अफ काठमाडौं लगायतका संस्थाद्वारा एकै दिनमा एकै स्थानमा एक जार पाँच सय पिन्ट रगत सङ्कलन कहिले गरियो ? – वि.संं. २०७४ फागुन २४

(टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वैच्छिकरुपमा रक्तदान गरेका । यसअघि भारतमा करिब ९०० पिन्ट रगत सङ्कलन गरिएको भए पनि विश्व र्कीर्तिमानका लागि दावी नगरिएको आयोजकले जनाएका ।)

५) ‘प्रोक्सिमा बी’ के हो ? – पछिल्लो समयमा वैज्ञानिकहरुद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दाजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

६) नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाह हुन् भने पहिलो महिला सचिव को हुन् ? – चन्द्रकला किरण

७) दुःख र विपत् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिनानिमन्त्रण टुप्लुक्किन्छन् । भन्ने विचारक को हुन् ? – वाल्मीकि

८) गहना सङ्ग्रहालय कहाँ स्थापना गर्न थालिएको छ ? – भद्रकाली (काठमाडौं)

(भद्रकाली मन्दिर परिसरको अर्ध गोलाकार भवनमा गहना सङ्ग्रहालय स्थापना गर्न थालिएको ।)

९) संयुक्त राष्ट्रसङ्घको महासभा हरेक वर्ष कुन दिन सुरु हुने प्रावधान छ ? – सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार (डिसेम्बर मध्यसम्म सञ्चालन हुने।)

१०) बायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ? – तनहुँ

साभार: गोरखापत्र

To Top