वस्तुगत प्रश्नोत्तर

पुरा २ बर्ष अघि अन्य पत्रपत्रिकाबाट

१) विश्व कीर्तिमान कायम गर्ने गरी काठमाडौंको टुँडिखेलमा हजारौं मानिस भेला भई गौतम बुद्धको वचन ‘धम्मपद’को वाचन कहिले गरियो ? – वि.सं. २०७४ फागुन १९
– बुद्धवचन धम्मपद वाचन गरेर संसारकै नयाँ रेकर्ड कायम गर्ने उद्देश्यका साथ टुँडिखेलमा जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध वचन धम्मपद नामक कार्यक्रमको आयोजना गरिएको ।
– आयोजक विश्व कीर्तिमानी परिषद्का अनुसार आधिकारिक पास लिएर प्रवेश हुने सहभागी ७५ हजार एवम् पास नलिई प्रवेश गर्ने सहभागीसमेत गरी झण्डै डेढ लाखले एकसाथ बुद्धवचन वाचन गरेका । 
– कार्यक्रममा धम्मपद वाचन गरिरहँदा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको ।
– यसअघि भारतको आर्ट अफ लिभिङ फाउन्डेसनद्वारा ४६ हजार ६६० जनाले उपस्थितिमा कविता पढी गिनिज बुकमा रेकर्ड राखिएको ।

२) पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी नेपालको दुई दिने भ्रमणका सन्दर्भमा कहिले काठमाडौं आए ? – वि.सं. २०७४ फागुन २१
(प्रधानमन्त्री ओलीलाई बधाई दिन एवम् दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासीको भ्रमण भएको बताइएको ।)

३) सङ्घीय संसद्को पहिलो ऐतिहासिक बैठक कहिले बसेको हो ? – वि.सं. २०७४ फागुन २१ 
(दोस्रो संविधान सभाबाट निर्मित नयाँ संविधान बमोजिम सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशन अन्तर्गत केन्द्र नयाँ बानेश्वरमा सञ्चालन भएको ।)

४) स्थानीय तहमा न्यायिक समिति गठन गर्ने सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ? – धारा २१७
(संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरुपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्सीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँ सभा वा नगर सभाबाट आफू मध्येबाट निर्वाचित दुई जना सदस्य रहने प्रावधान रहेको ।)

५) ‘सिकाइले मस्तिष्कलाई कहिल्यै थकाउँदैन’ भन्ने विचारक को हुन् ? – लियोनार्दो दा भिन्ची

६) वि.सं. २०७४ फागुन १७ मा सम्पन्न चौथो लुम्विनी शान्ति म्याराथन दौडको उपाधि जित्ने धावक को हुन् ? – नेपाली सेनाका होमलाल श्रेष्ठ 
(कपिलवस्तुको कुदानबाट सुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरसम्मको सो म्याराथनमा सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्ट क्रमशः दोस्रो र तेस्रो भएका ।)

७) नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ गठित प्रबुद्ध समूहको पहिलो बैठक कहिले र कहाँ सम्पन्न भयो ? – वि.सं. २०७३ असार २०–२१, काठमाडौं

८) विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्टिविहीन को हुन् ? – कमल लामिछाने

९) पेन्दिया पर्व थारु जातिले मनाउँछन् भने पातमेला र वाहा पर्व कुन जातिले मनाउने गर्छन् ? – सतार

१०) सर्वप्रथम सहकारीको अवधारणा ल्याउने देश कुन हो ? – बेलायत

साभार: गोरखापत्र

To Top