लोकसेवा समसामयिक शृंखला (फाल्गुन १० - फाल्गुन १६)

१ बर्ष पहिला अघि समसामयिक विविध

१) सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ? - वि.स. २०७४ फागुन १०

२) एसिया प्रशान्त क्षेत्रीय सञ्चालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ? - काठमाडौँ  (वि.स. २०७४ फागुन ७-१५)

३) काठमाडौँ महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१८ फेब्रुअरी २६

४) वि.स. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकारण गर्यो ? - कर्णाली प्रदेश

५) वि.स. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल एपीएफ क्लब (APF)

६) नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुनविद् को हुन् ? - अग्नि खरेल

७) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्बन्धी सातबुँदे सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.स. २०७४ फागुन ०७

श्रोत : गोरखापत्र

To Top