विविध वस्तुगत प्रश्नोत्तर

१ बर्ष पहिला अघि अन्य पत्रपत्रिकाबाट

१) ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१८ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? – न्युजिल्यान्ड

– १८० राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा नेपाल १२२ औँ स्थानमा रहेको ।
– प्रतिवेदन अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सोमालिया रहेको ।
– दक्षिण एसियाली राष्ट्रमा भुटानः २६ औँ, भारतः ८१ औँ, श्रीलङ्काः ९१ औँ, माल्दिभ्सः ११२ औँ, पाकिस्तान – ११७ औँ, नेपाल – १२२ औँ, बङ्गलादेशः १४३ औँ र अफगानिस्तान १७७ औं स्थानमा रहेका ।

२) सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ? – वि.सं. २०७४ फागुन १०

(यातायात व्यवस्था विभागले २०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको । आवश्यक तयारी नभएको एवम् देवनागरी लिपिमा नभएको भन्दै इम्बोस्ड नम्बर प्लेटको आलोचना हुँदै आएको ।)

३) एसिया प्रशान्त क्षेत्रीय सञ्चालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ? – काठमाडौं (वि.सं. २०७४ फागुन ७–१५)

४) काठमाडौं महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? – सन् २०१८ फेब्रुअरी २६ 

(दुई ठूला राजधानी सहर बीचको सम्बन्धबाट नगरका नागरिकलाई मात्र नभई दुईवटै देशका लागि फाइदा पुग्ने विश्वास गरिएको ।)

५) हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ? – आङ्रिता शेर्पा 

(अक्सिजन बिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मानस्लु, लेल्से, अन्नपूर्ण, धौलागिरी, माउन्ट के टु लगायतका दर्जनौँ हिमाल पनि बिना अक्सिजन नै आरोहण गरी हिहमालको हिरोका रुपमा चिनिने आङ्रिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका ।)

६) वि.सं. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकरण गर्यो ? – कर्णाली प्रदेश 

(उक्त बैठकले प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर (सुर्खेत) तय गरेको)

७) ‘मानिसले दयालाई कहिल्यै बिर्सनुहुँदैन किनभने दया नै धर्मको जरो हो’ भन्ने विचारक को हुन् ? – तुलसीदास

८) हरेक चार वर्षमा प्रदान गरिने चार लाख रुपियाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा) हुने स्रष्टा को हुन् ? – डा. तारानाथ शर्मा

९) वि.सं. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ? – नेपाल एपीएफ क्लब

(उपाधिसँग एपीएफले पाँच लाख र उपविजेता पूर्वाञ्चलले दुई लाख नगद पुरस्कार प्राप्त गरेका।)

१०) ‘शिक्षा सबैभन्दा ठूलो हतियार हो, जसबाट संसार फेर्न सकिन्छ’ भन्ने विचारक हो हुन् ? – नेल्सन मन्डेला

श्रोत: पत्रपत्रिका 

To Top