वस्तुगत प्रश्नोत्तर

१ बर्ष पहिला अघि अन्य पत्रपत्रिकाबाट

१) संयुक्त राष्ट्रसंघका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’द्धारा सन् २०१८ मा सार्वजनिक वर्लड ह्यापिनेस रिपोर्ट अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ –  १०१ औं

–  प्रतिवेदन अनुसार फिनल्यान्ड, स्विजरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड, क्यानडा, स्विडेन, र अस्ट्रेलिया विस्वका सबैभन्दा खुसी १० देश भित्र परेका छन् ।

– सूचीको सबैभन्दा पुछारमा बुरुन्डी परेको छ ।

– सूचीमा पाकिस्तान ७५ औं, भुटान ९७ औं, नेपाल १०१ औं, बङ्लादेश ११५ औं, श्रीलङ्का ११६ औं, तथा भारत भारत १३३ औं स्थानमा रहेका । यस वर्षको सूचीमा माल्दिभ्स र अफगानस्तान नसमेटिएका छन् । 
सो प्रतिवेदन अनुसार अमेरिका १८ औं र चिन ६५ औं स्थानमा रहेका छन् ।

२) सन् २०१६ मार्च १२ - १६ सम्म् न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको २० औं बैठकले कुन कुन राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरओन्नतिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ? – भुटान, किरिवाटी,साआतोमे, एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड

– विकासोन्मुख मुलुकमा रुपान्तरण हुन प्रतिव्यक्ति आय १२ सय अमेरिकि डलर , ह्युमन इसेट्स इन्डेक्स ६६ माथि र इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स ३२ तल हुनुपर्ने प्रावधान रहेको ।
– कुनै पनि तीन इन्डेक्समा दुईओटामा तोकिएको लक्ष्य पुरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरेन्नति हुने राष्ट्रसंघको व्यवस्था रहेको छ । नेपालले प्रतिव्यक्ति आयबाहेक बाँकि दुईओटा लक्ष्य पूरा गर्न सकेको छैन ।

३) उत्पादन सुरु भएका १,५४ वर्ष पछि ट्रडमार्क प्राप्त गर्ने नेपाली उत्पादन कुन हो ? - नेपाली चिया

- नेपालमा चिया खेतिको सुरुवात वि.स. १९२० मा भएको । 
- ट्रेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान स्थापना तथा प्रवद्र्धन हुने विश्वास गरिएको ।
- नेपाली टी, क्वालिटी फ्रम हिमालय’ ट्रेडमार्क वि.सं. २०७४ चैत्र २३ मा सार्वजनिक गर्ने निर्णय भएको ।

४) नेपालको पहिलो चिया गणना कहिले सुरु गरियो ? – वि.सं. २०७४ माघ २५

(उन्नति परियोजनाको सहयोग र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा राष्ट्रिय चिया तथा कफि विकास बार्डले चिया खेति सँग सम्बन्धित तथ्याङ्क सङ्कलन सुरु गरेको । २०७४ फागुन मसान्त सम्ममा तथ्याङ्क सङ्कलनका् कार्य सम्पन्न हुने जनाइएको छ ।)

५) डोल्पो नामक कृतिका लेखक को हुन् ? - विष्णुप्रसाद शर्मा पराजुली

६) नेपाल एपिएफ क्लबको स्थापना कहिले भएको हो ? – वि.सं.२०६१ वैशाख ३१

(फौजी जीवनमा खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मान्यताका राथ एपीएपफले सशस्त्र प्रहरी बलका कर्मचारीलाई शारीरिक एवम् मानसिक रुपमा चुस्तदुरुस्त राख्न क्लबको स्थापना गरेको । क्लवले १३ वषर््ाको अवधिमा घरेलु खेलकुदका साथै अन्तर्राष्ट्रिय खेलकुदमा पनि फड्को मारेको ।)

७) इच्छा मृत्यु सम्बन्धमा ‘पैसिव युथेनेसिया’ भन्नाले के बुझिन्छ ? – कुनै गम्भीर रोग लागेर अतिसार पीडामा रहेका बिरामीको मेडिकल उपचार बन्द गर्नु, बिरामीको लाइफ सपोर्ट मेसिन हटाइदिनु, खानाखाने ट्युब टाइदिनु, अत्यावश्यक औषधि बन्द गरिदिनु एवम् कुनै शल्यक्रिया नगर्नु ।

–क्यानडा, न्यादरल्यान्ड , बल्जियम , कोलम्बिया, लक्जेम्बर्ग, लगायतका राष्ट्रमा इच्छामृत्युलाई अनुमति दिइएको ।

– भारतको उच्च अदालतले हालै इच्छा मृत्युलाई कानुनी रुपमा स्वीकृति दिएको ।

– इच्छामृत्युलाई कतिपयले हत्याको संज्ञा दिएका छन् भने कतिपयले यसलाई कानुनी रुपमा व्यक्तिलाई ससम्मान मृृत्यु हुन दिनुपर्ने तर्क राख्ने गरेका छन् ।

– इच्छामृत्यु पाउन सबैजसो मुलुकमा चिकित्सकले प्रमाणित गरेको कागज हुनुपर्ने अनिवार्यता रहेको ।

– चिकित्सकले बिरामीलाई असह्य पीडा भएको तथा बिरमी कुनै मानसिक रोगी नभएको प्रमाण्ति भएपछि मात्रद्द इच्छा मृत्युकालागि स्वीकृति दिने प्रावधान रहेको छ ।

८) अराधारण प्रतिभाका धनी प्रख्यात वैज्ञानिक स्टेफन हकिङ्को निधन कहिले भएको हो ? – सन् २०१८ मार्च १४

(ब्रह्माण्डको व्याख्यामा आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वान्टम सिद्धान्त जोड्ने हकिङ् पहिलो वैज्ञानिक ।)

९) A Brief History of Time  नामक चर्चित कृतिका लेखक को हुन् ? – स्टेफन हकिङ्

१०) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ? – शशीकला दाहाल

(राष्ट्रिय सभा उपाध्यक्षमा बाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी । २०७४ चैत्र ४ मा सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभा बैठकले उनलाई विनयी घोषणा गरेको । मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी सांसद दाहाल उपाध्यक्षमा विजयी भएकी । उनको प्रतिस्प्रधी नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य विन्दादेवी आले रानाले ११ मत प्राप्त गरेकी ।)

साभार: गोरखापत्र

To Top