लोकसेवा समसामयिक शृंखला (फाल्गुन ०३ - फाल्गुन ०९)

१ बर्ष पहिला अघि समसामयिक विविध

१) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोश्रो पल्ट प्रधानमन्त्री पदमा कहिले नियुक्त भएका हुन् ? - वि. स. २०७४ फागुन ०३

२) इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यासुजतर्फ गइरहेको यात्रुवाहाक विमान कहिले दुर्घटनाग्रस्त भयो ? - सन् २०१८ फेब्रुअरी १८

३) दुरसञ्चार प्राधिकारणले सर्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मंङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? - ६३.१७ प्रतिशत्

४) ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ? - वि. स. २०७४ फागुन ०२

५) खोटाङ्लाई साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरिएको हो ? - वि. स. २०७४ फागुन ०२

६) नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ ? - दोलखा भीमेश्वर

७) नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को सातौ बैठक कहिले र कहाँ आयोजना गरिएको छ ? - वि. स. २०७४ फागुन १२-१३, काठमाडौँ

श्रोत : गोरखापत्र

To Top