विविध सामान्यज्ञान प्रश्नोत्तर

१ बर्ष पहिला अघि अन्य पत्रपत्रिकाबाट

१) वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? – राष्ट्रकवि माधवप्रसाद घिमिरे

२) ३७ औं नेसनल म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा म्यानेजर अफ द इयर अवार्ड – २०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ? – विश्वास ढकाल (प्रवन्ध निर्देशक: एक वान सफ्ट इन्टरनेसनल)

(त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्यान्डिङ’ अवार्ड प्रदान गरिएको ।)

३) नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स (क्यूआर कोर्ड) एक्वायरिङ सर्भिस’ को सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ? – नविल बैङ्क

४) वि.सं. २०७४ मा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? – थ्रिस्टार

(नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै माघ २७ मा भएको फाइनल प्रतियोगितामा थ्रिस्टारले उपाधि चुमेको ।)

५) प्रधान सेनापति खुला म्याराथन - २०७४ को उपाधि जित्ने धावक को हुन् ? – नेपाली सेनाका कृष्ण बस्नेत 

६) २३ औँ शीलकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? – दक्षिण कोरियाको प्याङचाङ (सन् २०१८ फेब्रुअरी ९ - २५)

७) ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? – वि.सं. २०७४ माघ २७ 

८) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए - ६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? – वि.सं. २०७४ फागुन १ 

(चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको सङ्ख्या ६ पुगेको ।)

९) विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नेपाल प्रतिनिधिमा नियुक्त हुने संरक्षणविद् को हुन् ? – डा. घनश्याम गुरुङ

१०) नयाँ सहरी विकास एजेन्डामा आधारित सहरी विकास सम्बन्धी विश्व सम्मेलन कहाँ आयोजना गरियो ? – मेलियाको क्वालालम्पुर

श्रोत: पत्रपत्रिका 

To Top