१) वि. स. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? - राष्ट्रकवि माधवप्रसाद घिमिरे
२) प्रधान सेनापति खुला म्याराथन-२०७४ को उपाधि जित्ने धावक को हुन् ? - नेपाली सेनाका कृष्ण बस्नेत
३) २३औँ शीतकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? - दक्षिण कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
४) ३० मेगावाट क्षमाताको चमेलिया जलविधुत् आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? - वि. स. २०७४ माघ २७
५) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? - वि. स. २०७४ फागुन १
६) देशकै पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त राजनीतिकर्मी को हुन् ? - डोरमणि पौडेल
७) जलावायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुक (एलडीसी) को विज्ञ समूहको अध्यक्षमा नेपालका तर्फबाट सन् २०१८ फेबुअरीमा को निर्वाचित भएका छन् ? - नरेश शर्मा
८) नेपालमा पहिलो चिया गणना कहिले सुरु गरियो ? - वि. स. २०७४ माघ २५
९) वि. स. २०७४ माघ मसान्तसम्म साक्षर घोषित हुने जिल्लाको सङ्ख्या कति पुगेको छ ? - ४३
१०) वल्ड इकोनोमिक फोरमद्वारा सन् २०१८ मा सार्वजनिक समावेशी विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - २२ औँ
११) नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका देश कति रहेको छन् ? - ११
श्रोत : गोरखापत्र
फेसबुकबाट तपाईको प्रतिक्रिया