वस्तुगत प्रश्नोत्तर

१ बर्ष पहिला अघि अन्य पत्रपत्रिकाबाट

१) वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? – राष्ट्रकवि माधवप्रसाद घिमिरे

२) ३७ औं नेसनल म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा म्यानेजर अफ द इयर अवार्ड– २०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ? – विश्वास ढकाल (प्रवन्ध निर्देशक: एक वान सफ्ट इन्टरनेसनल)
(त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्यान्डिङ’ अवार्ड प्रदान गरिएको ।)

३) नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स (क्यूआर कोर्ड) एक्वायरिङ सर्भिस’ को सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ? – नविल बैङ्क

– उक्त प्रणाली मार्फत क्यूआर कोडको प्रयोग गरी नविल बैङ्कसँग आबद्ध मर्चेन्टले युनियनपेका अन्तर्राष्ट्रिय कार्ड स्वीकार गरी सरल तथा सुरक्षित तवरले आफ्नो उत्पादन र सेवाको भुक्तानी लिन सक्ने ।
– क्युआर कोड बारकोड मेसिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेवल हो, जसमा संलग्न भएको वस्तुका बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वायर ग्रिड हुन्छन्, जसलाई छविका रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरी कारोबार गर्न सकिने हुन्छ ।
– क्यूआर कोड प्रणाली मार्फत उपभोक्ताले व्यापारिक बिक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरी आफूले राजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन् ।,

४) वि.सं. २०७४ मा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? – थ्रिस्टार
(नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै माघ २७ मा भएको फाइनल प्रतियोगितामा थ्रिस्टारले उपाधि चुमेको ।)

५) प्रधान सेनापति खुला म्याराथन– २०७४ को उपाधि जित्ने धावक को हुन् ? – नेपाली सेनाका कृष्ण बस्नेत 
(बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरेका । सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्ड समय लिँदै दोस्रो तथा सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएका । हाफ म्याराथनतर्फ महिला विधामा सेनाकी प्युठ विश्वरुपा बुढा पहिलो भएकी ।)

६) २३ औँ शीलकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? – दक्षिण कोरियाको प्याङचाङ (सन् २०१८ फेब्रुअरी ९–२५)

– यस ओलम्पिकबाट उत्तर र दक्षिण कोरिया बीचको कटुतापूर्ण सम्वन्धमा सुधार हुने आशा गरिएको ।
– उद्घाटन समारोहमा दक्षिण कोरिया र उत्तर कोरियाका खेलाडीले दुवै कोरिया बीचको तनावमा पनि एउटै झण्डा मुनि मार्चपास गरेका । ओलम्पिक उद्घाटन समारोहमा १ हजार २ सय १८ ड्रोन प्रयोग गरिएको, जुन नयाँ गिनिज वल्र्ड रेकर्डसमेत बनेको ।
– ओलम्पिकबाट प्रतिबन्धित भएका रसियन खेलाडीले तटस्थ ओलम्पिक झण्डामुनि मार्चपास गरेका ।
– यस ओलम्पिकमा ९२ देशका २ हजार ९ सय २५ खेलाडीले विभिन्न १५ खेलमा सहभागिता जनाएका ।

७) ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? – वि.सं. २०७४ माघ २७ 

– सुदूर पश्चि विकासक्षेत्र र अहिलेको प्रदेश ७ मा पर्ने दार्चुला र बैतडीको सीमामा निर्माण भएको यो आयोजनाबाट एक महिनाअघि देखि परीक्षण उत्पादन सुरु भएको । प्रतिमेगावाट लागत करिब १५ करोड रुपियाँको हिसाब गरिने बेलामा चमेलिया सुरु हुँदाको प्रतिमेगावाट लागत आम प्रचलनभन्दा दोब्बर बढी थियो र सम्पन्न हुँदा तेब्बर बढी पुगेको जसले गर्दा यो जलविद्युत् आयोजना अहिले सम्मकै महँगो आयोजना बन्न पुगेको ।
– आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले महँगो आयोजनाका रुपमा उल्लेख गरे पनि विकासमा पछाडि परेको सुदूर पश्चिम क्षेत्रकै सन्तुलित विकासका लागि यो आयोजना सुरु गरिएको । डिजाइन परिवर्तन, ठेकेदार कम्पनीसँगको विवाद, भूकम्प, नाकाबन्दी लगायतबाट समेत आयोजना प्रभावित भएको ।
– आयोजनाको निर्माण सुरुवात वि.सं. २०६४ मा भएको ।

८) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए–६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? – वि.सं. २०७४ फागुन १ 
(चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको सङ्ख्या ६ पुगेको ।)

९) विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नेपाल प्रतिनिधिमा नियुक्त हुने संरक्षणविद् को हुन् ? – डा. घनश्याम गुरुङ

१०) नयाँ सहरी विकास एजेन्डामा आधारित सहरी विकास सम्बन्धी विश्व सम्मेलन कहाँ आयोजना गरियो ? – मेलियाको क्वालालम्पुर

– सन् २०१८ फेब्रुअरी ९–१५ सम्म आयोजित सम्मेलनमा नेपालसहित विश्वका सरकारी तथा गैरसरकारी निकाय एवम् सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएका ।
– सहरी विकास एवम् मानव बस्ती निर्माण, आधारमूत आवास तथा संरचना विकास, उच्च गुणस्तरयुक्त सार्वजनिक संस्थानको विकास लगायत विषयमा केन्द्रित सम्मेलनको नारा ‘सहर २०३०, सबैका लागि सहरः नयाँ सहरी एजेन्डा कार्यान्वयन’ रहेको ।
– सन् २००२ बाट हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो नवौं सम्मेलन हो ।

साभार : गोरखापत्र

To Top