लोकसेवा समसामयिक शृंखला (माघ १८ - माघ २४)

पुरा २ बर्ष अघि समसामयिक विविध

१) साहित्यकार मनू बाजाकीको निधन कहिले भएको हो ? - वि.स. २०७४ माघ १९

२) राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित अन्तराष्ट्रिय प्रिन्टिंङ् एन्ड फोटोग्राफी एक्स्यो कहिले र कहाँ सम्पन्न भयो ? -  वि.स. २०७४ माघ १९-२१

३) सरकारले वि.स. २०७४ माघमा निर्धारण गरेको नयाँ मर्यादाक्रम अनुसार प्रदेश सभा सदस्य कतिऔँ स्थानमा रहेका छन् ? - १४औँ

४) नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय स्थापना गरिएको छ ? - पोखरा

५) राजनीतिक सङ्कट गहिरिदै गएपछि माल्दिभ्समा सङ्कटकाल घोषणा कहिले गरियो ? - सन् २०१८ फेबुअरी ५

६) वि.स. २०७४ माघ २२ को मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद कति थप गरेको छ ? - एक बर्ष

७) वि.स. २०७४ माघमा पोखरामा सम्पन्न आहा रारा गोल्डकप प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल पुलिस क्लब (उपबिजेता : थ्रिस्टार)

८) सन् २०१८ मा न्युजिल्यान्डमा सम्पन्न आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - भारत (उपबिजेता : अस्ट्रेलिया)

९) वि.स. २०७४ माघमा सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? - थ्रिस्टार (उपबिजेता : मनाङ् मस्र्याङ्दी)

१०) बनेपा-सिन्धुली-बर्दीवास सडकको लम्बाई कति रहेको छ ? - १६० कि.मि.

११) सरकारले ओलम्पिक खेलमा सहभागी हुने खेलाडी र अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने निर्णय कहिले गरेको हो ? - वि.स. २०७४ माघ ११

श्रोत : गोरखापत्र

To Top