महासागरहरु सम्बन्धी महत्वपूर्ण जानकारीहरु

१ बर्ष पहिला अघि अन्य विश्वको भूगोल

महासागर भन्नाले के बुझिन्छ ? – पानीले ढाकेको विशाल जलभाग

पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ? – ७०.८ प्रतिशत ( करिब ७१ प्रतिशत )

आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ? – प्युर्टेरिको द्वीप ( Puertoricico Deep )

आन्ध्र महासागर (Atlanctic Ocean) को नामकरण कसले गरेका थिए ? – प्राचीन ग्रीकवासीहरुले

आन्ध्र महासागर कहाँ अवस्थित छ ? – उत्तर र दक्षिण अमेरिकाको पूर्व तथा युरो र अफ्रिकाको पश्चिमी भागमा

बाल्टिक सागर, उत्तरी सागर, भूमध्यसागर, कृष्णसागर, क्यारेवियन सागर कुन महासागरको छेउछाउ रहेका सागरहरु हुन् ? – आन्ध्र महासागर

आन्ध्र महासागर कुन अंग्रेजी अक्षरसँग मिल्दोजुल्दो आकारको छ ? – S

पृथ्वीको धरातल खुम्चिने तथा फैलिने क्रममा आन्ध्र महासागर वर्षनी कति इन्चको दरले फैलिँदै गइरहेको छ ? – १ इन्च

उत्तरी धुव्रदेखि दक्षिणी धुव्रसम्म फैलिएको महासागर कुन हो ? – आन्ध्र महासागर

आन्ध्र महासागरलाई अर्को कुन नामले पनि चिनिन्छ ? – वाणिज्य महासागर

आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ ? – वर्मुडा त्रिकोण

आन्ध्र महासागरमा मिसिने प्रमुख नदीहरु कुनकुन हुन् ? – राइन, सेनेगल, नाजर, कंगो, सेन्टलरेन्स, मिसिसिपी, अमेजन र ओरिनोको

क्षेत्रफलको हिसाबले तेस्रो ठूलोमहासागर कुन हो ? – हिन्द माहसागर

दोस्रो गहिरो महासागर कहाँ अवस्थित छ ? – हिन्द महासागर

हिन्द महासागर कहाँ अवस्थित छ ? – एसिया, अफ्रिका र अस्टेलिया महादेशको बिचमा

हिन्द महासागरको क्षेत्रफल कति छ ? – ७ करोड ३५ लाख वर्ग कि.मि.

हिन्द महासागरको औसत गहिराई कति छ ? – ३९०० मिटर (१२,८०० फिट)

हिन्द महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? – २०.५ प्रतिशत

हिन्द महासागरको सबभन्दा गहिरो भाग जाभा ट्रेन्च हो । यसको गहिराइ कति रहेको छ ? – ७४५० फिट

कृष्णसागरको क्षेत्रफल कति रहेको छ ? – ४,६१,९८० व.कि.मि.

हिन्द महासागरमा मिसिने प्रमुख नदीहरु कुनकुन हुन् ? – मेकङ्ग, मेनाम, गंगा, ब्रह्मपुत्र, इरावदी, सिन्ध, टिग्रिज र युफ्रेटस

‘तेलको महासागर’ भनी चिनिने महासागर कुन हो ? – हिन्द महासागर

क्षेत्रफलको हिसाबले चौथो ठुलो महासागर कुन हो ? – कुमेरु महासागर

कुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ? – २ करोड ४४ लाख व.कि.मि

कुमेरु महासागरको औसतन गहिराई कति रहेको छ ? – २४०० मिटर (७९०० फिट)

कुमेरु मासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? – ७ प्रतिशत

चिसो पानीको महासागर भनेर कुन महासागरलाई जनाउँछ ? – कुमेरु महासागर

कुमेरु महासागर कुन आकारको छ ? – वृत्ताकार

कुमेरु महासागर कुनकुन महासागरसँग जोडिएको छ ? – प्रशान्त तथा आन्ध्र महासागरसँग

दक्षिण धुर्वीय महासागरका उपनामले चिनिने महासागर कुन हो ? – कुमेरु महासागर

कुमेरु महासागर कुन महादेशको वरिपरि फैलिएर रहेको छ ? – अन्टार्कटिका महादेश

सबैभन्दा सानो महासागर कुन हो ? – सुमेरु महासागर

सुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ? – १ करोड ५१ लख वर्ग कि.मि.

सुमेरु महासागरको औसत गहिराई कति रहेको छ ? – १३३० मिटर (४४०० फिट)

सुमेरु महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको ? – ४ प्रतिशत

सुमेरु महासागरको सबैभन्दा गहिरो स्थानको गहिराई कति छ ? – ५६०८ मिटर

उत्तर धु्रवीय महासागरका उपनामले चिनिने सुमेरु महासागर कुन आकारको छ ? – वृत्ताकार

कुमेरु र सुमेरु महासागरलाई के नामले पनि चिनिन्छ ? – चिसो पानीको महासागर

महासागर तथा समुद्रको गहिराई नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ? – फेदोमिटर

समुद्रसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? – Oceanography

पृथ्वीमा कुल कति धनमिल पानी रहेको छ ? – २२ करोड धनमिल

पृथ्वीको उत्तरी गोलार्धमा जल सतह र स्थल सतहको भाग कतिकति रहेको छ ? – बराबर

पृथ्वीको दक्षिणी गोलार्धमा स्थल सतहभन्दा जल सतह कति बढी छ ? – १५ गुणा बढी

पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग महासागरले ढाकेको छ ? – ८८.९ प्रतिशत (करिब ८९ प्रतिशत )

पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग नदी, ताल तलैया तथा सागरले ढाकेको छ ? – ११.१ प्रतिशत

विश्वको सबभन्दा ठूलो सागर कुन हो ? – साउथ चाइना सागर

साउथ चाइना सागरको क्षेत्रफल कति छ ? – २९,७४,६०० व.कि.मि.

साउथ चाइना सागरको सरदर गहिराई कति रहेको छ ? – २४०० मिटर

सबैभन्दा ठूलो नुनिलो पानीको ताल कुन हो ? – क्यारेबियन सागर

विश्वको तेस्रो ठूलो सागर कुन हो ? – भूमध्यसागर

भू–मध्यसागरको क्षेत्रफल कति रहेको छ ? – २५ लाख ३ हजार वर्ग कि.मि.

भू–मध्यसागरको सरदर गहिराई कति रहेको छ ? – १४८५ मिटर

विश्वको तेस्रो ठूलो सागर कुन हो ? – बेरिङ सागर

बेरिङ सागरको क्षेत्रफल कति रहेको छ ? – २२,६८,१८० व.कि.मि.

बरिङ सागरको क्षेत्रफल कति रहेको छ ? – १४०० मिटर

विश्वको पाँचौं ठूलो सागर कुन हो ? – मेक्सिको खाडी

मेक्सिको खाडीको क्षेत्रफल कति रहेको छ ? – १५,४२,९८५ व.कि.मि.

मेक्सिको खाडीको सरदर गहिराइ कति रहेको छ ? – १५०० मिटर

विश्वको छैठौ ठूलो सागर कुन हो ? – सी अफ ओखोत्सक

सी आफ ओखोत्सकको क्षेत्रफल कति रहेको छ ? – १५,२७,५७० व.कि.मि.

सी अफ ओखोत्सकको सरदर गहिराई कति रहेको छ ? – ८४० मिटर

विश्वको सातौं ठूलो सागर कुन हो ? – पूर्वी चाइना सागर

पूर्वी चइना सागरको क्षेत्रफल कति रहेको छ ? – १२,४९,१५० व.कि.मि.

पूर्वी चाइना सागरको सरदर गहिराइ कति रहेको छ ? – १८० मिटर

विश्वको आठौं ठूलो सागर कुन हो ? – हड्सन वे

हड्सन वे’ को क्षेत्रफल कति रहेको छ ? – १२,३२,३०० व.कि.मि.

‘हड्सन वे’ को सरदर गहिराइ कति रहेको छ ? – १२० मिटर

विश्वको नवौं ठूलो सागर कुन हो ? – सी आफ जापान

सी अफ जापानको सरदर गहिराइ कति रहेको छ ? – १०,०२,५०० व.कि.मि.

विश्वको दशौं ठूलो सागर कुन हो ? - कृष्णसागर

श्रोत : इन्टरनेट

To Top