नायब सुब्बा लक्षित ब्रहमाण्ड सम्बन्धी जानकारी

१ बर्ष पहिला अघि अन्य ब्रहमाण्ड

१) चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति निल आर्मस्टङ हुन भने दोस्रो को हुन ? - बज एलड्रिन (Buzz Aldrin)

२) एपोलो – ११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ? - माईकल केलिन्स (Michael Collins)

३) चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ? - सन् १९६९ जुलाई २१

४) चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ? - सन् २०१२ अगस्त २५

५) सर्वप्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ? - लुना - २

६) चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ? - ६ गुणा

७) चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ? - ४ घण्टा

८) सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ? - २ पटक

९) चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ? - औँसिको दिन

१०) शुक्र ग्रहको पृष्ठभुमि कस्तो छ ? - हल्का सेतो मिश्रीत पहेँलो

११) खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ? - बुध

१२) हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ? - ६० वटा

१३) पृथ्वी र चन्द्रमा बिचको औषत दुरी कति रहेको छ ? - ३ लाख ८२ हजार ४ सय किमि

१४) पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ? - २३ घण्टा ५६ मि. ४ सेकेण्ड

१५) सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ? - २८ गुणा

१६) पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ? - निकोलस कपर्निकस

१७) सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ? - हेलिस्कोप

१८) आधा रातमा सूर्य उदाउने देश कुन हो ? - नर्वे

१९) सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ? - २५ दिन ५ घण्टा

२०) ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? - कस्मोलोजी

२१) पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ? - ३० किमि प्रतिसेकेण्ड

२२) टाईटन कुन ग्रहको उपग्रह हो ? - शनि ग्रह

२३) हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ? - अरुण

२४) ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ? - पृथ्वी

२५) अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ? - अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)

२६) कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ? - शनि ग्रह

स्रोत: इन्टरनेट

To Top