पुरा २ बर्ष अघि अन्य नेपालको भुगोल
१) नेपालको सबैभन्दा ठूलो तामाखानी कुन क्षेत्रमा पर्दछ ? – बुद्ध खोला (बन्दिपुर)
२) नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सीसा खानी कहाँ छ ? – फूलचोकी डाँडामा
३) मार्वल नेपालको कुन ठाउँमा पाइन्छ ? – गोदावरी
४) गणेश हिमाल क्षेत्रमा कुन खनिज पाइन्छ ? – सिसा
५) नेपालमा सोडा कहाँ पाइन्छ ? – सल्यान र डोटी
६) म्याग्नेसाइट खरिढुंगाको व्यवसायिक उत्पादन कुन जिल्लामा भएको छ ? – दोलखा
७) नेपालको कुन क्षेत्रमा खनिज तेल तथा ग्याँस पाउने सम्भाव्यता रहेको छ ? – चुरे प्रदेश
८) नेपालमा उत्खनन भएका खनिजहरुमध्ये सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो ? – चुनढुङगा
९) नेपालमा हालसम्म युरेनियम कहाँ पाइएको छ ? – चमेलिया नदीको किनारमा
१०) खरीढुङ्गा उद्योग कुन जिल्लामा सञ्चालित छ ? – दोलखा
११) नेपालमा औषधीजन्य वनस्पति कति उचाइ भन्दा माथि पाइन्छ ? – ३३०० मि
१२) गणेश हिमाल र रसुवागढी कुन खनिजका लागि प्रसिद्ध रहेका छन ? – सिसा
१३) कुलेखानी, बाह्रबिसे, वन्दीपुर, बुद्धखोला, म्याग्दी जस्ता ठाउँहरू कुन खनिज पदार्थका लागि प्रख्यात रहेका छन् ? – तामा
१४) बहुमूल्य धातु हीरा कुन तत्वबाट वनेको हुन्छ ? – कार्बन
१५) कोइलाको लागि प्रसिद्ध स्थान तलका मध्ये कुन हो ? – चतरा (सुनसरी)
१६) रसुवा गढीमा कुन खनिज पाइएको छ ? – सिसा
१७) नेपाल ओरिण्ड म्याग्नासाइट प्रा.लि. नामक उद्योग कुन जिल्लामा संचालित छ ? – सिन्धुपाल्चोक
१८) जस्ता खानी उत्खनन गर्ने कारखाना कहाँ छ ? – गणेश हिमाल
१९) नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ? – चुनढुंगा
२०) मुस्ताङ्गको थाकखोला कुन खनिज पदार्थको लागि प्रख्यात रहेको छ ? – नुन
२१) अभ्रखको लागि प्रसिद्ध जिल्ला कुन हो ? – भोजपुर
फेसबुकबाट तपाईको प्रतिक्रिया