ब्रह्रमाण्ड सम्बन्धी जानकारी

 १० महिना अगाडि  ब्रहमाण्ड  खरिदार

१. कालो छिद्र कहाँ सृजना हुने गर्दछ ? – अन्तरिक्ष

२. तारापुञ्जका तीन प्रकारहरु के के हुन् ? – स्पाइरल, अण्डाकार र अनियमित 

३. उर्जाको प्रमुख स्रोत केलाई भनिन्छ ? – न्युक्लियर फियुजन

४. सुर्यको तापक्रम बाहिरी सतहमा सरदर  ५५४०  सेन्टिग्रेड छ भने केन्द्रमा कति छ ? – १ करोड ५० लाख डिग्री सेन्टिग्रेड

५. सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? – ८ मिनेट २० सेकेन्ड 

६. सूर्यको वरिपरि परिक्रमा गर्ने तथा सूर्यको प्रकाशबाट चम्किने पिण्डहरुलाई के भनिन्छ ? – ग्रह

७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ? - मेसेन्जर

८. पृथ्वीसँग करिव समान आकार भएका कारण कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिन्छ ? – शुक्र

९. चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ? – १.३ सेकेन्ड 

१०. २१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ  भने २३ सेप्टेम्बरको दिनलाई के भनिन्छ ? – शरद सम्पात

११. मगंल ग्रहलाई  आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? –  २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड

१२. सौर्यमण्डलकै सबैभन्दा ठूलो उपग्रह कुन हो ? – गेनिमेड

१३. सौयमण्डलका ८ ग्रहमध्ये सबैभन्दा सुन्दर ग्रह कुन हो ? –  शनि

१४. अरुण ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? – १७ घण्टा १४ मिनेट

१५. जलदेवताको ग्रहका रुपमा चिनिने ग्रह कुन हो ? –  बरुण

१७. उपग्रहहरु कति प्रकारका छन् ? – २ (प्राकृतिक र मानवनिर्मित )

१८. ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्ताकार रुपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुन् ? – जोहानस केपलर

१९. मंगल ग्रह र वृहस्पति ग्रहको भ्रमण कक्षवीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डलाई के भनेर चिनिन्छ ? – शिशुग्रह

२०. शिशुग्रह कुन आकारका हुन्छन् ? – आकार निश्चित हुँदैन

२१. सौर्यमण्डलमा हालसम्म कति शिशुग्रहरुको पहिचान भएको अनुमान छ ? – १६००

२२. पृथ्वीसम्म आइपुग्ने उल्कालाई के भनिन्छ ? – उल्का पिण्ड 

२३. उल्काहरु कसरी प्रकाशवान हुन्छन् ? – उल्का पिण्डमा भएको परमाणु र हावामा भएको अणुबीच घर्षण  भएर

२४. पृथ्वीको कुन भागमा बढी मात्रामा उल्कापात हुने गर्छ ? – ध्रुवनजिक

२५. अमेरिकाको एरिजोनमा १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाल्डो बनाउने गरी कति वर्ष पहिले उल्का खसेको अनुमान छ ? – करिब ५० हजार

२६. हजारौँको संख्यामा रहेको धुम्रकेतुहरुले निश्चित तथा दीर्घवृत्ताकार पथमा रही कसको परिक्रमा गर्दछन् ? – सूर्य

२७. कहिलेकाही आकाशमा लामो पुच्छर छोड्दै बिलाएर जाने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छे तारा

२८. टेम्पल टटल नामक धुम्रकेतुलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – कतिब ३३ वर्ष

२९. धुम्रकेतुको खोजी गर्ने वैज्ञानिक को हुन् ? – एडमण्ड हेली

३०. हेली पुच्छ्रेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – ७६ वर्ष

To Top