लोकसेवा समसामायिक शृंखला (बैशाख २० - बैशाख २६)

 ४ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) आरयमएआई (RMAI) फ्लेम अवार्ड २०१८ र फ्लेम लिडरसिप अवार्ड्स बाट सम्मानित हुने कम्पनि कुन हो ? - रियल स्कुल अफ नेपाल

२) रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले राष्टपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७

३) यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायी बीच कहिले सहमति भएको हो ? - वि.स २०७५ वैशाख २३

४) बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिंग पिरियडको व्यवस्ता कहिलेदेखि लागु गरेको हो ? - वि. सं. २०७५ बैशाख २३

५)  कृषि, भुमि व्यवस्ता र सहकारी मन्त्रालयले ५८ बुदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? - वि. सं. २०७५ बैशाख २३

६) हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिबलमा 'नाओ एण्ड अफ्टर' विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ? - अनन्त यात्रा (लेखक/निर्देशक: सुनिल पाण्डे) 

७) बिश्व रेडक्रस दिवस कहिले मनाईन्छ ? - मे ८

८) कुन अधातु बिधुतको सुचालक हो ? - ग्राफाइट

९) अन्तरास्ट्रिय नर्सिंग दिवस कहिले मनाईन्छ ? - मे १२

१०) सन् २०१७ मा बिश्वकै व्यस्थ अन्तरास्ट्रिय हवाई रुट कुन हो ? - सिंगापुर-क्वालालम्पुर रुट 

स्रोत : गोरखापत्र

गोरखापत्र - २०७५ बैशाख २६ - बस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

बस्तुगत प्रश्नोत्तर:

१) बिमा समितिले बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था कहिलेदेखि लागू गरेको हो ? - वि.स. २०७५ वैशाख २३

२) यातायात क्षेत्रमा रहेका सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायीबीच कहिले सहमति भएको हो ? - वि.स. २०७५ वैशाख २३

३) कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालयले ५८ बुँदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? - वि.सं. २०७५ वैशाख २३

४) नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ? - शिवादेवी काफ्ले

५) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७

६) ‘प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ’ भन्ने विचारक को हुन् ? - अल्बर्ट आइन्स्टाइन

७) ‘जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्वास सम्भव हुन्छ’ भन्ने भनाइ कसको हो ? - जर्ज चकिरिस, अमेरिकी अभिनेता

८) आरएमएआई फ्लेम अवार्डस् २०१८ र फ्लेम लिडरसीप अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ? - रियल स्कुल अफ नेपाल

९) सन् २०१७ मा विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रुट कुन हो ? - सिङ्गापुर – क्वालालम्पुर रुट

१०) संयुक्त अरब इमिरेट्स(यूएई)ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदुतावास कहिले स्थापना गर्यो ? - वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)

११) अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ? - मे १२

१२) पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ? - परिभ्रमण

१३) सौर्य उर्जा, वायु उर्जा, जलस्रोत उर्जा एवं ज्वारभाटा कुन प्रकृतिको उर्जाको स्रोत हुन् ? - नवीकरणीय

१४) प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारको उर्जाका स्रोत हुन् ? - अनवीकरणीय

१५) कुन अधातु विद्युतको सुचालक हो ? - ग्राफायट

१६) मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ छ ? - जेनेभा (स्वीट्जरल्यान्ड)

१७) ग्रिस्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँदमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ? - मनसुनी वायु

१८) मनसुनी वायु कति प्रकारका हुन्छन् ? - दुई (ग्रिष्मकालिन र शीतकालिन मनसुन)

१९) प्रथम विश्वयुद्धमा बेलायत सरकारद्धारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? - कुलवीर थापा

२०) अपाङगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान(२०७२)को कुन धारामा व्यवस्था गरिएको छ ? - धारा ३१(३)

२१) सबैभन्दा पुरानो वेद कुन हो ? - ऋग्वेद (सबैभन्दा पछि रचना गरिएको वेद अथर्व वेद)

२२) नेपालमा मेसिन रिडेवल पासवर्ड कहिलेदेखि वितरण गर्न थालिएको हो ? - वि.सं. २०६७ पुस ११

२३) विकिरण बाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो वस्तुले गुमाएको तापशक्तिको परिणाम चिसो वस्तुले ग्रहण गरेको तापशक्तिको परिणामसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ? - क्यालोरिमेट्री सिद्धान्त

२४) ब्रेल लिपिका आविष्कारक को हुन् ? - लुई ब्रेल

२५) विक्रम संवत् को थालनी कसले गरेका हुन् ? - विक्रम आदित्य

२६) २३ दशमलव ५ डिग्री उत्तरी अक्षांस रेखालाई मकर रेखा (Tropic of Cancer) भनिन्छ भने २३ दशमलव ५ डिग्री दक्षिणी अक्षांस रेखालाई के भनिन्छ ? - मकर रेखा

२७) हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिवलमा ‘नाओ एन्ड आफ्टर ’ विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ? - अनन्त यात्रा (लेखन निर्देशन : सुनिल पाण्डे)

२८) वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धमा के व्यवस्था रहेको छ ? - सम्बन्धित देशको नेपाली दुतावास तथा नियोगबाट मात्र हुने

२९) गैरआवासिय नेपाली सङ्घको स्थापना कहिले भएको हो ? - सन् २००३ अक्टोवर ११

३०) विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ? - मे ८

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७५ बैशाख १९ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

बस्तुगत प्रश्नोत्तर:

१. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? – १ हजार ४ डलर

( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ६ हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राष्ट्रिय आय अनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।)

२. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ? – ५.८९ प्रतिशत

३. सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ? – चार

(उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।)

४. संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१८ अप्रिल २३

(सो समितिमा नेपाल पहिलोपट अध्यक्षका रुपमा निर्वाचित (सन् २०१८ का लागि) भएको ।)

५. भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्धारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटायल एक्ट्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ? – मनिषा कोइराला

( सन् १९९१ म बलिउडमा प्रवेश गरेकी मनिषले पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।)

६. वि.सं. २०७५ वैशाख १७ मा कतिऔँ बुद्धजयन्ती मनाइयो ? – २५६२ औँ

७. वि.सं. २०७५ वैशाख १५ र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कतिबुँदे घोषणापत्र जारी गर्यो ? – १० बुँदे

(विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गरी अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएकको छ ।)

८. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ? – राउटे

९. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? – सन् १९६१ मे २८

(बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गरेका यो संस्था प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यस सङ्गठनले सन् १९७७ मा नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । मानव अधिकारको संरक्षणलाई प्रौत्साहित गरी राजनितिक बन्दीहरुको सहायता गर्ने उदेश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाख भन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।)

१०. नेपालमा हाल पर्वतारोहणका लागि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ? – ४१४

विषयगत प्रश्नोत्तर:

१. भन्सार प्रज्ञापनपत्र भनेको के हो ? लेख्नुहोस् ।

भन्सार निकासी पैठारी कर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा मालवस्तुको विवरण घोषणा गर्न प्रयोग गर्ने फारामलाई प्रज्ञापनपत्र भनिन्छ । नेपालमा भन्सार ऐन, २०६४ अनुसार निकासी पैठारी हुने मालवस्तुको भन्सार मुल्याङ्कन कारोबार मुल्यको आधारमा हुने र निकासी पैठारीकर्ता स्वयंले वा निजको प्रतिनिधिले प्रज्ञापनपत्रमार्फत मालवस्तुको मूल्य प्रमाणिकरण गर्ने विवरण तथा कागजात संलग्न गरी भन्सार अधिकृत समक्ष पेस गर्नु पर्ने व्यवस्था छ । निकासी पैठारीकर्ताले घोषणा गरेको कारोबार मुल्यको आधारमा मालवस्तु जाँचपास गर्ने व्यवस्था छ । प्रज्ञापनपत्रलाई कम्प्युटर सर्भरमा दर्ता गर्नुपर्छ । यसरी दर्ता भएका प्रज्ञापनपत्रलाई भन्सार जाँचपास गर्ने प्रयोजनका लागि भौतिक परीक्षण गरी जाँचपास गर्न रातोमार्ग, कागजात मात्र जाँच गरी जाँचपास गर्न पहेँलो मार्ग, जाँचपास पछिको परीक्षण गर्ने गरी जाँचपास गर्न नीलो मार्ग र यी कुनै पनि प्रक्रिया अवलम्बन नगरी घोषणाकै आधारमा जाँचपास गर्न हरियो मार्गमा विभाजन गर्ने व्यवस्था छ । त्यसैगरी कुनै व्यक्तिले निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा यात्रुले निजी गुन्टा, झिटी भारी आदेशअन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयको यात्रु शाखामा संक्षिप्त विवरण भरी फाराम पेश गर्नुपर्छ । यस फरामलाई संक्षिप्त प्रज्ञापन पत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु पाँच हजारसम्म मूल्य भएका मालवस्तु पैठारी गर्न सकिने व्यवस्था छ ।

२. नेपालको जिल्ला अदालतमा न्यायाधिशको पद के कसरी पूर्ति गरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । 

नेपालको संविधानको धारा १४५ ले जिल्ला अदालता न्यायाधिशको नियुक्ति न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिशबाट हुने व्यवस्था गरेको छ । संविधानले नेपालको जिल्ला अदालतमा रिक्त न्यायाधिशको पद देहायबमोजिम पूर्ति गरिने व्यवस्था गरेको छ :

(क) रिक्त पद मध्ये बीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीनवर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्याङ्नको आधारमा,

(ख) रिक्त पद मध्ये चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतियोगितात्मक परीक्षाको आधारमा,

(ग) रिक्त पदमध्ये बाँकी चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रुपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा, उपराक्त योग्यता भएा व्यक्ति मध्येबाट सङ्घीय कानुनबमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधिशमा नियुत्तिका लागि न्यायपरिषदलाई सिफारिस गर्ने व्यवस्था छ ।

३. निजीकरण भनेको केहो ? लेख्नुहोस् । 

सरकारी स्वामित्व तथा नियन्त्रणमा रहेका सार्वजनिक संस्सथान एवं उद्यमलाई निजी क्षेत्रमा हस्तान्तरण गर्ने कार्यलाई निजीकरण भनिन्छ । यो आर्थिक उदारीकरणको महत्वपूर्ण पाटो हो । यो आर्थिक क्षेत्रको सुधार पनि हो । नेपालमा सरकारी लगानीबाट सञ्चालित उद्योग, व्यवसायहरुको दक्षतामा वृद्धि गरी उत्पादकत्व बढाउन तथा संस्थाबाट सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार क मगर्न आर्थिक उदारीकरणका नीतिअनुरुप निजीकरण ऐन, २०५० लागू गरिएको छ । अर्थमन्त्री वा राज्यमन्त्रीो अध्यक्षतामा निजीकरण समिति गठन गरिएको छ । एकातर्फ संस्थान निजीकरण कार्य प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ निजीकृत संस्थानहरुले रोजगारी दिन सकेका छैनन् । सरकारी स्वामित्व तथा नियन्त्रणमाहाल रहेका सार्वजनिक संस्थानको सञ्चालन, निजीकरण तथा विघटन सम्बन्धमा आमराजनीतिक मतैक्यता हुन सकेको छैन, विगतमा सरकार अस्थिर भयो, राजनीतिक दल तथा सरकारपिच्छे यसमा फरक फरक नीति तथा कार्यक्रम अवलम्बन गरियो । एउटा सरकारले सार्वजनिक संस्थान निजीकरण गर्ने, खारेज गर्ने तथा विघटन गर्ने नीति लिए भने अर्को सरकारले सार्वजनिक संस्थानमा लगानी गर्ने बन्द रहेका उद्योग सञ्चाmन गर्ने नीति लिए, जसले गर्दा सार्वजनिक संस्थान निजीकरण गर्ने ार्य प्रभावकारी हुन सकेको छनै ।

४. कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणलीले के - कसरी सहयोग गर्दछ ? लेख्नुहोस् ।

कार्यालयको उदेश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने, समन्वय गर्ने, सङ्गठन गर्ने,नियन्त्रण गर्ने, स्रोतसाधनको परिचालन गर्ने गर्छ । कार्यालयले गर्ने उपराक्त सबै कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस कार्यमा सूचना र तथ्याङ्कको आवस्यकता पर्छ । त्यही सूचना र तथ्याङ्कको संकलन, प्रशोधन, उत्पादन उवं भण्डारणको कार्य गरेर कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले सहयोग गर्छ । कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले निम्नानुसारका कार्य गरेर सहयोग गर्छ :

- कार्यालयको नीति निर्माण, योजना तर्जुमा,एवं निर्णय गर्नका लागि भर पर्दो सूचना उपलब्ध गराएर,
- कार्यालयको कामकारबाहीलाई पारदर्शी एवं आवश्यकता अनुसार गोपनीयता कायम गरेर,
- अभिलेख कार्यलाई थप व्यवस्थित बनाएर,
- भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजात सुरक्षित राखेर,
- आवश्यक परेको समयमा प्रमाणको रुपमा सजिलै प्राप्त गरी समय, श्रम र स्रोतसाधनको बचत गराएर,
- नयाँ पुराना सबै कर्मचारीलाई काई गर्न सजिलो बनाएर,
- कार्यालयको कुशल व्यवस्थापन गर्ने कार्यमा मद्दत गरेर,
- कार्यालयको समग्र प्रगति प्रतिवेदन बनाउने कार्यलाई व्यवस्थित गरेर,
- कार्यालयको काम कारबाहीलाई छिटोछरितो बनाएर,
- सेवा प्रवाहमा गुणस्तर बढाएर,
- परम्परागत कार्यालयलाई आधुनिक कार्यालयमा रुपान्तरण गरेर ।

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७५ बैशाख १९ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

बस्तुगत प्रश्नोत्तर:

१. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? – १ हजार ४ डलर

( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ६ हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राष्ट्रिय आय अनुसार भने प्रतिव्यक्ति आय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।)

२. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ? – ५.८९ प्रतिशत

३. सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ? – चार

(उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।)

४. संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? – सन् २०१८ अप्रिल २३

(सो समितिमा नेपाल पहिलोपट अध्यक्षका रुपमा निर्वाचित (सन् २०१८ का लागि) भएको ।)

५. भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्धारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटायल एक्ट्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ? – मनिषा कोइराला

( सन् १९९१ म बलिउडमा प्रवेश गरेकी मनिषले पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ ।)

६. वि.सं. २०७५ वैशाख १७ मा कतिऔँ बुद्धजयन्ती मनाइयो ? – २५६२ औँ

७. वि.सं. २०७५ वैशाख १५ र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कतिबुँदे घोषणापत्र जारी गर्यो ? – १० बुँदे

(विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गरी अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएकको छ ।)

८. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ? – राउटे

९. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? – सन् १९६१ मे २८

(बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गरेका यो संस्था प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यस सङ्गठनले सन् १९७७ मा नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । मानव अधिकारको संरक्षणलाई प्रौत्साहित गरी राजनितिक बन्दीहरुको सहायता गर्ने उदेश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाख भन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।)

१०. नेपालमा हाल पर्वतारोहणका लागि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ? – ४१४

विषयगत प्रश्नोत्तर:

१. भन्सार प्रज्ञापनपत्र भनेको के हो ? लेख्नुहोस् ।

भन्सार निकासी पैठारी कर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा मालवस्तुको विवरण घोषणा गर्न प्रयोग गर्ने फारामलाई प्रज्ञापनपत्र भनिन्छ । नेपालमा भन्सार ऐन, २०६४ अनुसार निकासी पैठारी हुने मालवस्तुको भन्सार मुल्याङ्कन कारोबार मुल्यको आधारमा हुने र निकासी पैठारीकर्ता स्वयंले वा निजको प्रतिनिधिले प्रज्ञापनपत्रमार्फत मालवस्तुको मूल्य प्रमाणिकरण गर्ने विवरण तथा कागजात संलग्न गरी भन्सार अधिकृत समक्ष पेस गर्नु पर्ने व्यवस्था छ । निकासी पैठारीकर्ताले घोषणा गरेको कारोबार मुल्यको आधारमा मालवस्तु जाँचपास गर्ने व्यवस्था छ । प्रज्ञापनपत्रलाई कम्प्युटर सर्भरमा दर्ता गर्नुपर्छ । यसरी दर्ता भएका प्रज्ञापनपत्रलाई भन्सार जाँचपास गर्ने प्रयोजनका लागि भौतिक परीक्षण गरी जाँचपास गर्न रातोमार्ग, कागजात मात्र जाँच गरी जाँचपास गर्न पहेँलो मार्ग, जाँचपास पछिको परीक्षण गर्ने गरी जाँचपास गर्न नीलो मार्ग र यी कुनै पनि प्रक्रिया अवलम्बन नगरी घोषणाकै आधारमा जाँचपास गर्न हरियो मार्गमा विभाजन गर्ने व्यवस्था छ । त्यसैगरी कुनै व्यक्तिले निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा यात्रुले निजी गुन्टा, झिटी भारी आदेशअन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयको यात्रु शाखामा संक्षिप्त विवरण भरी फाराम पेश गर्नुपर्छ । यस फरामलाई संक्षिप्त प्रज्ञापन पत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु पाँच हजारसम्म मूल्य भएका मालवस्तु पैठारी गर्न सकिने व्यवस्था छ ।

२. नेपालको जिल्ला अदालतमा न्यायाधिशको पद के कसरी पूर्ति गरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । 

नेपालको संविधानको धारा १४५ ले जिल्ला अदालता न्यायाधिशको नियुक्ति न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिशबाट हुने व्यवस्था गरेको छ । संविधानले नेपालको जिल्ला अदालतमा रिक्त न्यायाधिशको पद देहायबमोजिम पूर्ति गरिने व्यवस्था गरेको छ :

(क) रिक्त पद मध्ये बीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीनवर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्याङ्नको आधारमा,

(ख) रिक्त पद मध्ये चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतियोगितात्मक परीक्षाको आधारमा,

(ग) रिक्त पदमध्ये बाँकी चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रुपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा, उपराक्त योग्यता भएा व्यक्ति मध्येबाट सङ्घीय कानुनबमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधिशमा नियुत्तिका लागि न्यायपरिषदलाई सिफारिस गर्ने व्यवस्था छ ।

३. निजीकरण भनेको केहो ? लेख्नुहोस् । 

सरकारी स्वामित्व तथा नियन्त्रणमा रहेका सार्वजनिक संस्सथान एवं उद्यमलाई निजी क्षेत्रमा हस्तान्तरण गर्ने कार्यलाई निजीकरण भनिन्छ । यो आर्थिक उदारीकरणको महत्वपूर्ण पाटो हो । यो आर्थिक क्षेत्रको सुधार पनि हो । नेपालमा सरकारी लगानीबाट सञ्चालित उद्योग, व्यवसायहरुको दक्षतामा वृद्धि गरी उत्पादकत्व बढाउन तथा संस्थाबाट सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार क मगर्न आर्थिक उदारीकरणका नीतिअनुरुप निजीकरण ऐन, २०५० लागू गरिएको छ । अर्थमन्त्री वा राज्यमन्त्रीो अध्यक्षतामा निजीकरण समिति गठन गरिएको छ । एकातर्फ संस्थान निजीकरण कार्य प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ निजीकृत संस्थानहरुले रोजगारी दिन सकेका छैनन् । सरकारी स्वामित्व तथा नियन्त्रणमाहाल रहेका सार्वजनिक संस्थानको सञ्चालन, निजीकरण तथा विघटन सम्बन्धमा आमराजनीतिक मतैक्यता हुन सकेको छैन, विगतमा सरकार अस्थिर भयो, राजनीतिक दल तथा सरकारपिच्छे यसमा फरक फरक नीति तथा कार्यक्रम अवलम्बन गरियो । एउटा सरकारले सार्वजनिक संस्थान निजीकरण गर्ने, खारेज गर्ने तथा विघटन गर्ने नीति लिए भने अर्को सरकारले सार्वजनिक संस्थानमा लगानी गर्ने बन्द रहेका उद्योग सञ्चाmन गर्ने नीति लिए, जसले गर्दा सार्वजनिक संस्थान निजीकरण गर्ने ार्य प्रभावकारी हुन सकेको छनै ।

४. कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणलीले के - कसरी सहयोग गर्दछ ? लेख्नुहोस् ।

कार्यालयको उदेश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने, समन्वय गर्ने, सङ्गठन गर्ने,नियन्त्रण गर्ने, स्रोतसाधनको परिचालन गर्ने गर्छ । कार्यालयले गर्ने उपराक्त सबै कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस कार्यमा सूचना र तथ्याङ्कको आवस्यकता पर्छ । त्यही सूचना र तथ्याङ्कको संकलन, प्रशोधन, उत्पादन उवं भण्डारणको कार्य गरेर कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले सहयोग गर्छ । कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले निम्नानुसारका कार्य गरेर सहयोग गर्छ :

- कार्यालयको नीति निर्माण, योजना तर्जुमा,एवं निर्णय गर्नका लागि भर पर्दो सूचना उपलब्ध गराएर,
- कार्यालयको कामकारबाहीलाई पारदर्शी एवं आवश्यकता अनुसार गोपनीयता कायम गरेर,
- अभिलेख कार्यलाई थप व्यवस्थित बनाएर,
- भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजात सुरक्षित राखेर,
- आवश्यक परेको समयमा प्रमाणको रुपमा सजिलै प्राप्त गरी समय, श्रम र स्रोतसाधनको बचत गराएर,
- नयाँ पुराना सबै कर्मचारीलाई काई गर्न सजिलो बनाएर,
- कार्यालयको कुशल व्यवस्थापन गर्ने कार्यमा मद्दत गरेर,
- कार्यालयको समग्र प्रगति प्रतिवेदन बनाउने कार्यलाई व्यवस्थित गरेर,
- कार्यालयको काम कारबाहीलाई छिटोछरितो बनाएर,
- सेवा प्रवाहमा गुणस्तर बढाएर,
- परम्परागत कार्यालयलाई आधुनिक कार्यालयमा रुपान्तरण गरेर ।

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (बैशाख १३ - बैशाख १९)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) अन्तरास्ट्रिय श्रमिक दिवस कहिले मनाईन्छ ? - मे.१

२) सरकाले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति ओटा सहर निर्माण गर्ने निर्णय गरेको छ ? - ४

३) नेपाल विधुत प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठुलो सौर्य परियोजनाको उत्पादन क्षमता कति रहेको छ ? - २५ मेगावाट

४) संयुक्त राष्ट्रसंघीय महासभा अन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१८ अप्रिल

५) भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्ट्रेस अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ? - मनिषा कोइराला

६) आफ्ना सदस्यको मृत्यु भएपछी बसाइ सर्ने विशेषता भएको जाति कुन हो ? - राउटे

७) एगनेस्टि इन्टरनेसनलको स्थापना कहिले भएको हो ? - सन् १९६१ मे २८

८) २ लाख रुपैया राशिको पहिचान पुरस्कार - २०१८ बाट सम्मानित हुने कृति कुन हो ? - पत्रकार तथा लेखक यज्ञशको 'भुइया'

९) बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रिय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ? - शत्रु गते

१०) यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार को हुन् ? - वरिष्ठ पत्रकार भैरव रिमाल

श्रोत: गोरखापत्र

गोरखापत्र - २०७५ बैशाख १२ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

बस्तुगत प्रश्नोत्तर:

१) ‘बेबी नोबल’ भनी चिनिने जोन विट्स क्लार्क अवार्ड - २०१८ बाट पुरस्कृत हुने नेपाली मूलका अमेरिकी अर्थविद को हुन् ? - डा.प्रयाग पाठक

२) लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धि संयुक्त राष्टसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१८ अप्रिल

३) सन् २०१८ अप्रिल १२-१७ सम्म सञ्चालित काठमाडौं ओपन जीएम अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधि कसले जित्यो ? - भारतका हर्ष भारथाकोटी

४) पहिलो अन्तराष्ट्रिय क्रीकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८ (अमेरिकाको सानफ्रान्सिस्कोमा)

५) भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ? - विलियम जर्ज मोगर्न (सन् १८९५)

६) तेक्वान्दो खेललाई आधिकारिक रुपमा ओलम्पिकमा कहिले देखि समावेश गरिएको हो ? - सन् २००० को सिड्नी ओलम्पिक देखि

७) अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ? - अप्रिल २३

८) पृथ्वी दिवस कहिले मनाइन्छ ? - अप्रिल २२

९) विश्वमै दुई पटक अनुहार प्रत्यारोपण गरिएका पहिला व्यक्ति को हुन् ? - फ्रन्सका जेरोम ह्यामोन

१०) चीन सरकारले दुई ओटा वाई -१२ ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? - वि.सं. २०७५ वैशाख ४

 

विषयगत प्रश्नोत्तर:

१) नेपालको संविधान अनुसार लोकसेवा आयोगको गठन के - कसरी हुने व्यवस्था ? उल्लेख गर्नुहोस् ।
    नेपालको संविधानको धारा २४२ अनुसार नेपालमा लोकसेवा आयोग रहने, जसमा अध्यक्ष र अन्य ४ जना सदस्य रहने, अध्यक्ष र सदस्यको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । लोकसेवा आयोगका सदस्यमध्ये कम्तीमा ५० प्रतिशत सदस्य २० वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्यहरु विज्ञान, प्रविधि, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान,अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्ति मध्येबाट नियुक्त हुने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने तथा निजको पुनः नियुक्ति नहुने व्यवस्था छ । तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिने र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्य भैसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिकालागि ग्राह्य नहुने तर राजनीतिक पद, कुनै विषयको अनुसन्धान, जाँचबुझ, छानबिन, कुनै विषयको अध्ययन, अन्वेषण गरी राय पेश गर्ने पदमा नियुक्त भई काम गर्न सकिने व्यवस्था छ ।

२) नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी के - कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
    नेपालको संविधानको धारा २६६ अनुसार नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नकालागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहायबमोजिमका अध्यक्ष र सदस्यहरु रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहने व्यवस्था छ :
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) रक्षामन्त्री – सदस्य
(ग) गृहमन्त्री – सदस्य
(घ) परराष्ट्रमन्त्री – सदस्य
(ङ) अर्थमन्त्री – सदस्य
(च) मुख्य सचिव – सदस्य
(छ) नेपाली सेनाको प्रधान सेनापति – सदस्य

- रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव भई काम गर्ने,
- राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद समक्ष पेश गर्न लगाउने,
- राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुने,

३) प्रतिलिपि अधिकारका क्षेत्र के-के हुन् ? उल्लेख गर्नुहोस् ।
    मानव हितका लागि मौलिक एवं बौद्धिक रुपले सिर्जना गरिएका रचना, प्रस्तुति एवं प्रसारणमा स्रष्टालाई कानुनद्धारा प्रदान गरिने एकलौटि अधिकार प्रतिलिपि अधिकार हो । नेपालले स्रष्टाको सिर्जनाको संरक्षण गर्न प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी कानुनको प्रमुख आधारको रुपमा रहेको सन् १९८६ को वर्न महासन्धि अनुमोदन गरेको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवं विश्व व्यापार सङ्गठनको सदस्य भएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ तर्जुमा गरी लागू गरिएको छ । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय स्थापना गरिएको छ । बौद्धिक सम्पत्तिका दुई हाँगामध्ये एउटा प्रतिलिपि अधिकार हो र अर्को औद्योगिक सम्पत्ति अधिकार हो । प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ, दर्ता गर्नु पर्दैन तर प्रमाण पुर्याउन सजिलोका लागि स्वेच्छिक रुपमा दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिलिपि अधिकार सङ्केत गर्न न्न चिन्ह प्रयोग गर्ने चलन पनि छ । मानिसले गरेका रचनात्मक एवं सिर्जनात्मक सबै काम प्रतिलिपि अधिकारको दायरामा पर्छन् । मानिस बौद्धिक प्राणी भएकाले यस्ता कार्यहरु धेरै हुने हुँदा प्रतिलिपि अधिकारको क्षेत्र व्यापक र असीमित हुन्छ । समग्रमा यसको क्षेत्रलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :
क) लेखरचना : कविता, नाटक, कथा, उपन्यास, निबन्ध, पाठ्यपुस्तक, लेख, वेवपेज,विज्ञापन सन्देश आदि ।
ख) साङ्गीतिक रचना : गीत, सङ्गीत आदि ।
ग) कलात्मक रचना : मूतिकला,सचत्रकला, नक्सा, रेखाचित्र, फोटोग्राफी, खाकाचित्र आदि ।
घ) नृत्य रचना : नाटकक,नृत्य आदि ।
ङ) चलचित्र रचना : चलचित्र, टेलिभिजन कार्यक्रम, भिडियो गेम, कार्टुन फिल्म आदि ।
च) कम्प्युटर रचना : कम्प्युटर प्रोग्राम, सफ्टवेयर आदि ।

४) व्यावसायिक लेखा प्रणाली भनेको केहो ? 
    व्यवसायको व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित अभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणाली भनिन्छ । यसले सेवा भन्दा नाफानोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफानोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नदेगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जस अनुसार नगद र बाँकी लेनदेन दुवै कारोवारको अभिलेख हुन्छ । यसले आर्थिक कारोवारमा मितव्ययिता, पारदर्शिता एवम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखाप्रणालीमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ ।यस लेखाको नियन्त्रण व्यवसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यवसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ ।व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र व्यक्ति वा संस्थाबाट हुन्छ ।

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (बैशाख ६ - बैशाख १२)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) सन् २०१८ अप्रिलमा क्युवामा नयाँ रास्ट्रपतिका रुपमा चयन हुन सफल राजनितिकर्मी को हुन् ? - मिगेल डीयाज कनेल

२) सन् २०१८ अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरि नयाँ नामकरण गरेका छन् ? - स्वाजिल्याण्ड ( नयाँ नाम - eSwatini )

३) पहिलो अन्तरास्ट्रिय क्रिकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८

४) भलिबलका आबिस्कारक को हुन् ? - विलियम जर्ज मोर्गन (सन् १८९५ )

५) विश्वमै दुइ पटक अनुहार प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? - फ्रान्सका जेरोम हयामोन

६) चिन सरकारले दुइ ओटा वाई-१२ , ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? - वि.स २०७५ बैशाख ४

७) पृथ्वी दिवस कहिले मनाईन्छ ? - अप्रिल २२

८) अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाईन्छ ? - अप्रिल २३

९) सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ? - २०७१ साल को एस.एल.सी परिक्षादेखि

१०) पारिजात सृजना सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? - समालोचक डिआर पोखरेल

स्रोत: गोरखापत्र

खरिदार लक्षित महत्वपुर्ण विविध वस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  विविध  खरिदार

१) उसले रोजेको बाटो कृतिका लेखक - पारिजात, मैले रोजेको बाटो कृतिका लेखक - सोमकाजी शाक्य

२) आशुकवी - सम्भुप्रसाद ढुङ्गेल, आधुनिक आशुकवी - रमेश खकुरेल

३) मकैको खेती कृतिका लेखक - कृष्णलाल अधिकारी, मकैको अर्को खेती का लेखक - उपेन्द्र सुब्बा

४) उभिएर निदाउने जनावर - घोडा, उभिएर निदाउने चरा - सारस

५) नेपाली साहित्यमा सम्भव नामले चिनिने - दयाराम श्रेष्ठ, असम्भव नामले चिनिने - बैकुण्ठ खकुरेल

६) जुम्लाका प्रथम राजा - बलिराज, दाङका प्रथम राजा - बलिसिंह

७) रातो मछिन्द्रनाथको जात्रा - नरेन्द्र देव, सेतो मछिन्द्रनाथको जात्रा - प्रताप मल्ल

८) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट्र - फ्रान्स, २ छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र - भारत

९) जनकवी केशरी - धर्मराज थापा, कवि केशरी - चित्तधर हृदय

१०) मुनामदन का लेखक - लक्ष्मीप्रसाद देवकोटा, मुना र मदन का लेखक - जानकी प्रसाद रिजाल

कुन राष्ट्रिय निकुञ्जको के विशेषता ?

 ५ महिना अगाडि  नेपालको भुगोल  पत्रपत्रिकाबाट

१) रारा राष्ट्रिय निकुञ्ज - नेपालको सानो निकुञ्ज

२) शिवपुरी राष्ट्रिय निकुञ्ज - ध्वासे चितुवाको लागि प्रसिद्ध

३) चितवन राष्ट्रिय निकुञ्ज - नेपालकै पहिलो र बढी पर्यटक आउने निकुञ्ज

४) सगरमाथा राष्ट्रिय निकुञ्ज - संसारकै सबैभन्दा बढी उचाईमा रहेको निकुञ्ज

५) मकालु बरुण राष्ट्रिय निकुञ्ज - दुर्लभ चराको लागि प्रसिद्ध निकुञ्ज

६) खप्तड राष्ट्रिय निकुञ्ज - मृग र जंगली कुकुरका लागि प्रसिद्ध निकुञ्ज

७) बर्दिया राष्ट्रिय निकुञ्ज - बाघका लागि प्रसिद्ध निकुञ्ज

८) से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज - नेपालकै ठुलो निकुञ्ज

९) लाङटाङ राष्ट्रिय निकुञ्ज - रातो पाण्डाका लागि प्रसिद्ध निकुञ्ज

१०) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज - बाह्रसिङेका लागि प्रसिद्ध निकुञ्ज

११) पर्सा राष्ट्रिय निकुञ्ज - चारकोशे झाडी, जंगली हात्ती र पाटेबाघका लागी प्रसिद्ध निकुञ्ज

१२) बाके राष्ट्रिय निकुञ्ज - पाटे बाघको मुख्य बासस्थान

लोकसेवा समसामायिक शृंखला (चैत्र २९ - बैशाख ५)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ ? - वैशाख १

२) पोषणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन २०१८ कहाँ आयोजना गरियो ? - नेपाल (सन् २०१८ फेब्रुअरी २७-२८)

३) नेपालको कुन ठाउँमा सास्कृतिक संग्रहालय निर्माण गरिने भएको छ ? - दैलेखको दुल्लु

४) वि. स २०७४ चैत्रमा सम्पन्न धनगढी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - टिम चौराहा (धनगढी)

५) सशस्त्र प्रहरी बल नेपालको महानिरिक्षकमा को नियुक्त भएका छन् ? - सर्बेन्द्र खनाल

६) संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१७ अक्टोबर १६

७) जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट 'शिक्षा विकास तथा समन्वय एकाइ' बनाईएको हो ? - २०७४ चैत्र २९

८) सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ? - वि.स २०७५ बैशाख ३

स्रोत: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (चैत्र २२ - चैत्र २८)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) १६ औ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहाँ आयोजना गरिएको थियो ? - बि.स २०७४ चैत्र (२३-२४), बुटवल 

२) नेपालमा बि.स २०७४ बैसाख २ बाट सुरु हुने आर्थिक गणना कति औ हो ? - पहिलो 

३) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको ३ दिने राजकीय भ्रमण कहिले सम्पन्न भयो ? - बि.स २०७४ चैत्र (२३-२५ ) 

४) पृथ्वीलाइ आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई के भनिन्छ ? - पृथ्वीको परिभ्रमण 

५) १६ औ सस्करणको बिश्व एथ्लेटिक्स च्याम्पियनसिप कहाँ आयोजना गरियो ? - लन्डन 

६) राना - थारु संग्रालय कहाँ निर्माण गरिने भएको छ ? - कन्चनपुरको बेलौरी 

७) हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहन गर्ने महिला को हुन् ? - ल्हाक्पा  शेर्पा 

८) संयुक्त राष्ट्रसंघका उपमाहसचिबको ब्यबस्था कहिलेबाट गरियो ? - सन् १९९८ 

९) चुरे संरक्षणको लागि २० वर्षे गुरुयोजना नेपाल सरकारले कहिले ल्यायो ? - वि.स २०७४ जेठ ४ 

१०) रास्ट्रीय चिकित्सा शिक्षा अध्यादेश २०७४, प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ? - २०७४ चैत्र २० 

स्रोत: गोरखापत्र  

लोकसेवा समसामायिक शृंखला (चैत्र १५ - चैत्र २१)

 ५ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) मदन भण्डारी संग्रालयको स्थापना कहाँ गरिएको छ ? - मोरङको उर्लाबारी 

२) चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको हो ?  - सन् १९२९ 

३) नेपालमा सरकारी कामकाजको लागि दिगितल हस्ताक्षर गर्न कहिले देखि सुरु भएको हो ? - बि.स २०७२ मंसिर १६

४) गृह प्रसासन सुधार कार्य योजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ? - बि.स २०७४ चैत्र १९

५) 'डाईनासोर जिम्दै छ' नामक कृतिका लेखक को हुन् ? - बिमल निभा 

६) मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित हुने पत्रकार को हुन् ? - कमल कोइराला 

७) 'संसारमा यस्ता थोरै मान्छे हुन्छन, जो कठोर तर हितकारी कुरा गर्छन' यो भनाइ कस्को हो ? - बाल्मिकी 

८) बालबालिक सम्बन्धि ऐन २०४८ ले कति उमेर नपुगेकालाई बालबालिकाको रुपमा परिभाषित गरेको छ ? - १६ 
 
स्रोत: गोरखापत्र 

गोरखापत्र - २०७५ बैशाख ५ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:

१) वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको कानुनी प्रतिरक्षा सम्बन्धमा के व्यवस्था रहेको छ ?

– नेपाल सरकारले प्रतिरक्षा गर्ने

२) बङ्गालको खाडीबाट नेपालसम्म पानी जहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच कहिले सम्झौता भएको हो ?

– वि.स. २०७४ चैत २४

३) नेपालको कुन ठाउँमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ ?

– दैलेखको दुल्लु

४) जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाई’ बनाइएको हो ?

– वि.स. २०७४ चैत २९

५) Face to face Contact Disease भनी कुन रोगलाई चिनिन्छ ?

– ठेउला

६) ‘प्रोक्सिमा बी’ भनेको के हो ?

– पछिल्लो समयमा वैज्ञानिकहरुद्धारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकुल रहेको ठानिएको एक ग्रह
(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दो जुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

७) राष्ट्रिय झण्डा दिवस कुन दिन मनाउने गरिन्छ ?

– वैशाख १

८) संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भएको हो ?

– सन् २०१७ अक्टोवर १६
– एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, अफगानस्तान र कतार निर्वाचित भएका ।

९) चालक दलका दश सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान कहिले दुर्घटनाग्रस्त भयो ?

– सन् २०१८ अप्रिल ११

१०) प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल किनारबाट देशवासीका नाममा सम्बोधन कहिले गरियो ? 

– वि.स. २०७५ वैशाख १
(कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु भएको कर्णाली रारा पर्यटन वर्ष २०७५ को अभियान उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारा बाट देशबासीका नाममा सम्बोधन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सङ्कल्प व्यक्त गरेका ।)

 

विषयगत प्रश्नोत्तर:

१) निजामती कर्मचारीलाई कुन अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ ? लेख्नुहोस् ।

निजामति सेवा ऐन, २०४९ को दफा ६१ (१) अनुसार निजामती कर्मचारीलाई निम्न कुनै अवस्थामा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट  हटाउन सकिने व्यवस्था छ :

- निजामती कर्मचारीले अयोग्यताका कारण आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा,
- आचरणसम्बन्धी कुरा बराबर उल्लङ्घन गरेमा ,
- कार्यालयको समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
- बराबर अनुशासनहीन काम गरेमा,
- राजनीतिमा भाग लिएमा ,
- आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा,
- बिदा स्वीकृत नगराई लगातार ९० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,

२) निजामती कर्मचारीको तलबभत्ता के कस्तो आधारमा पुनरावलोकन गर्ने व्यवस्था छ ? लेख्नुहोस् ।

निजामती सेवा ऐन, २०४९ को दफा २७ (१क) मा निजामती कर्मचारीको तलबभत्ता र अन्य सुविधा पुनरावलोकन गर्न मुख्यसचिवको अध्यक्षतामा तलबभत्ता पुनरावलोकन समिति गठनको व्यवस्था छ । सो समितिले प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको आधारमा महँगी भत्ता निर्धारण गरी नेपालसरकारलाई सिफारिस गर्ने र प्रत्येक ३ वर्षमा निम्न पक्षलाई आधार बनाई तलबभत्ताा र अन्य सुविधा पुनरावलोकन गर्ने व्यवस्था छ :

- राजस्व वृद्धिदर,
- कुल दरबन्दी सङ्ख्या,
- विगत ३ वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता,

३) कार्यपालिकाले गर्ने प्रमुख पाँचवटा कार्य उल्लेख गर्नुहोस् ।

राज्यको कानुन कार्यान्वयन गराउने मन्त्रीहरुसहितको मन्त्रिपरिषद् कार्यपालिका हो यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत सरकार प्रमुख अर्थात प्रधानमन्त्री, मन्त्री, निजामती सेवा, सेना, प्रहरीजस्ता निकाय पर्छन् । त्यसैलै यसको कार्यक्षेत्र व्यापकक हुन्छ, यसले गर्ने प्रमुख पाँचओटा कार्य निम्न छन् :

- देशमा शान्ति सुरक्षा कायम गर्ने,देशको रक्षा गर्ने, प्रतिरक्षा गर्ने,
- राष्ट्रिय नीतिकको तर्जुमा गरी कार्यान्वयन गर्ने, संसदले बनाएका कानुन लागू गर्ने,संसदले दिएको अख्तियारभित्र रही संविधान अनुकुल हुने गरी नियम,विनियम बनाउने, लागू गर्ने,
- आयव्ययको विवरण बजेट तयार गरी संसदमा पेस गरी संसदबाट बजेट पारित गराई लागू गर्ने,
- अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने, कुटनीतिक सम्बन्ध कायम गर्ने ।
- राज्य सञ्चालनका लागि नियमित, आकस्मिक र विकासत्मक कार्य गर्ने ।

४) भन्सार महसुलबारे संक्षेपमा उल्लेख गर्नुहोस् ।

दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । यसरी निकासी महसुल र पैठारी महसुल गरी भन्सार महसुल दुई प्रकारको हुन्छ । मालवस्तु निकासी पैठारीकर्ता यस करका कानुनी करदाता हुन् भने निकासी पैठारी गरिने मालवस्तुको मुल्य र परिमाण यस करको कानुनी आधार हो । भन्सार महसुल मुल्यगत र वस्तुगत गरी दुई आधारमा असुली गरिन्छ । नेपालको भन्सारले परम्परागत रुपमा राजस्व सङ्कलन गर्दै आएकोमा हाल आएर राजस्व सङ्कलन ,व्यापार सहजीकरण तथा सीमा व्यवस्थापन जस्ता कार्य गर्दै आएको छ । नेपालमा भन्सार महसुललाई व्यवस्थित गर्न भन्सार ऐन, २०६४ र भन्सार नियमावली, २०६४ लागू गरिएको छ । भन्सार विभाग र सोअन्तर्गत भन्सार कार्यालयहरु नेपालको सिमानामा स्थापना गरिएका छन् र पनि नेपालमा यो अझै व्यवस्थित हुन सकेको पाइँदैन ।

साभार: गोरखापत्र

गोरखापत्र - २०७४ चैत्र २८ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ५ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:

१) १६ औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
- वि.सं. २०७४ चैत २३ २४, बुटवल

२) पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) विधिवत रुपमा कहिले देखि सञ्चालनमा आएको हो ?
- वि.सं. २०७४ चैत २४ (सन् २०१८ अप्रिल ७) (भारत सरकारको सहयोगमा रु.२ अर्ब लागतमा निर्मित सो आईसीपी अलौ र सिर्सियाका ११५ बिघा क्षेत्रफलमा फैलिएको)

३) प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराद्धारा प्रदेशको आर्थिक अवस्थाको चित्रण गर्दै ७७ बुँदे श्वेत पत्र कहिले प्रस्तुत गरियो ?
- वि.सं. २०७४ चैत २५

४) “एउटा न्यानो र मिठा हाँसो दया र करुणको अन्तर्राष्ट्रिय भाषा हो” भन्ने विचारक को हुन् ?
- विलियम अर्थर वार्ड, अमेरिकी लेखक

५) भूपरिवेष्ठित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवम् अध्ययन अनुसन्धानका लागि राष्ट्रसङ्घ अन्तर्गतको थिङ्क ट्याङ्कमा नेपाल सदस्य हुने बिषय संसदबाट कहिले पारित हो ?
- वि.सं.२०७४ साउन २२
( नेपाल १० औँ सदस्य राष्ट्र बनेको । यसको सचिवालय मङ्गोलियामा रहेको ।)

६) चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?
- वि.सं. २०७४ जेठ ४ ( नारा : चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई )

७) संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
- सन् १९९८
- संयुक्त राष्ट्रसङ्घको पहिलो महासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८ २००६) हुन् ।
- हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिन जे.मोहम्मद रहेका ।

८) हिम चितुवालाई लोपोन्मुख जनावरको सूचीबाट हटाएर संरक्षित जनावरका रुपमा कहिले वर्गीकरण गरिएको हो ?
- सन् २०१७ सेप्टेम्बर

९) रानाथारु सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?
- कञ्चनपुरको बेलौरी

१०) चीनद्धारा अघि सारिएको वान् बेल्ट वान् रोड (ओबीओआर) समझदारी पत्रमा नेपालले कहिले हस्ताक्षर गरेको हो ?
- वि.सं. २०७४ वैशााख २९ (सन् २०१७ मे १२)

 

विषयगत प्रश्नोत्तर:

१) निजामती सेवामा वृत्ति विकास भनेको के हो ?

पेसा, व्यवसाय, इलम, नोकरी आदि जस्ता कुनैै पनि कामलाई वृत्ति भनिन्छ । यही वृत्तिको प्रगति एवम् उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेसाको बढोत्तरी हो, पेसामा हुने सकारात्मक गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा, शाखा अधिकृत पदमा बढुवा हुने कार्य र समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य वृत्ति विकासको उदाहरण हो । बढुवा, उपयुक्त स्थानमा सरुवा, पदस्थापन, तलब भत्ता, थप शैक्षिक अवसर, तालिम, अध्ययन भ्रमण आदि वृत्ति विकासका महत्वपूर्ण पक्ष हुन् । वृत्ति विकास ठाडो समतल वा दुबै हुन सक्छ । नेपालकको निजामती सेवामा वृत्ति विकासलाई व्यवस्थित गर्न निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० लागू गरिएको छ, सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित मन्त्रालय, लोकसेवा आयोग, विभिन्न तालिम केन्द्र क्रियाशील छन् र पनि नेपालको निजामती सेवामा वृत्ति विकासको अवस्था सन्तोषजनक नभएको अवस्था छ ।

२) कर्मचारी प्रशासनमा अवकाशका उदेश्य के के हुन् ? लेख्नुहोस् ।

- शारीरिक अवस्था कमजोर भएका, कार्यक्षमता ह्रास भएका तथा सीमित ज्ञान, सीप भएका पुराना परम्परागत कर्मचारीलाई सङ्गठनबाट अलग गर्नु,
- उमेर पुगेका पुराना वृद्ध कर्मचारीलाई सेवा सुविधा सहित घरमा आराम गर्ने मौका प्रदान गर्नु,
- सङ्गठनभित्र भएका अनुभवी एवम् योग्य कर्मचारीलाई बढुवाको अवसर प्रदान गर्नु,
- नयाँ ज्ञान, सीप क्षमता भएका उर्जावान् युवा कर्मचारीलाई सङ्गठनमा आकर्षित गर्नु,
- सङ्गठनमा आधुनिक प्रविधि, नयाँ ज्ञान, सीप भित्र्याउनु,
- सेवानिवृत्त अनुभवी कर्मचारीलाई समाज सेवाको कार्यमा उन्मुख गराउनु,
- अनावश्यक कर्मचारीलाई सङ्गठनबाट हटाई सङ्गठनको आर्थिक दायित्व कम गर्नु,
- अनुशासनहीन कर्मचारीलाई विभागीय सजाय गरी सङ्गठनबाट छुटकारा दिनु,
- सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु,

३) सार्वजनिक नीति कार्यान्वयनमा प्रशासनको भूमिकाबारे चर्चा गर्नुहोस ।

तर्जुमा भएको नीतिलाई व्यवहारमा रुपान्तरण गर्ने कार्य नीति कार्यान्वयन हो । नीतिको निष्पक्ष कार्यान्वयन गर्नु प्रशासनको प्रमुख कार्य हो । नीति निष्पक्ष एवम् प्रभावकारी कार्यान्वयनबाट सरकार र जनता बीचको अन्तर सम्बन्ध थप गतिशील,फलदायी सकारात्मक हुने गर्दछ । समग्रमा नीति कार्यान्वयन गर्ने र उक्त नीतिको अनुगमन गर्ने जस्ता कार्यमा प्रशासनले निम्नानुसार भुमिका खेलेको हुन्छ :

- सूचक सहितको कार्ययोजना बनाइ लागू गर्ने,
- स्रोत साधन, संयन्त्र तथा स्पष्ट कार्यविधिको व्यवस्था गर्ने, कार्यस्थलमा समयमै बजेट पुर्याउने,
- जिम्मेवारी बाँडफाँड गर्ने,
- नीतिको तर्जुमा देखि कार्यान्वयन तहसम्म सरोकारवालाको सक्रिय सहभागिता गराउने ,
- नीति तर्जुमा र कार्यान्वयनमा रहेका बाधा अवरोध हटाउने,
- कार्यान्वयन निकाय बीच कार्यगत समन्वय कायम गर्ने,
- सूचक तयार गरी कार्यान्वयन अवस्थाको निरन्तर अनुगमन गर्ने,
- नीति कार्यान्वयनको प्रगति प्रतिवेदन तयार गर्ने, सुझाव दिने ।

शान्ति सुरक्षा विकास लगायतका समग्र विषयमा सरकारले के गर्ने र के नगर्ने भन्ने बारेमा लिइएको निर्णय सार्वजनिक नीति हो । सार्वजनिक नीति राज्य सञ्चालनको आधारभूत मार्गदर्शन हो । यो सरकारले जनताप्रति गरेको सार्वजनिक घोषणा हो, जनताप्रतिको प्रतिबद्धता हो । सार्वजनिक नीति सरकारले तर्जुमा गर्दछ र प्रशासनले त्यसको कार्यान्वयन गर्दछ । प्रशासन सरकारले तर्जुमा गरेको नीति निष्पक्ष कार्यान्वयन गर्ने संयन्त्र भए पनि जनमुखी नीति निर्माणदेखि त्यसको प्रभावकारी कार्यान्वयनमा यसको बहुआयामिक भूमिका हुन्छ ।

४) नेपालको संविधानले राजनीतिक तथा शासन व्यवस्था सम्बन्धीे कस्तो नीति अङ्गीकार गरेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५१ (ख) बमोजिम राज्यले राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी देहाय अनुसारको नीति अङ्गीकार गरेको छ :

– राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्ने,
– आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने, मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने, विधिको शासन कायम राख्ने,
– नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन गर्ने,
– सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउने ,
– राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने,
– आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउन आवश्यक व्यवस्था गर्ने,
– सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोतसाधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्म सम्बन्धको विकास र विस्तार गर्ने,

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७४ चैत्र २१ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ६ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:
१) नेक्स मोडलद्धारा राजधानीमा आयोजित ‘मिस नेपाल पिस’ को उपाधि जित्ने युवती को हुन् ? - श्रीया रजक

(प्रतियोगितामा सुस्मिता बोगटी फस्ट रनर अप र जिना श्रेष्ठ सेकेन्ड रनर अप भएका हुन् । )

२) नेपाल सरकार (कार्य विभाजन) नियमावली , २०७४ को पहिलो संशोधन अनुसार नेपालमा कति मन्त्रालय कायम गरिएका छन् ? - २१

(बि.स.२०७४ चैत्र १ मा राजपत्रमा प्राशित)

१. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
२. अर्थ मन्त्रालय 
३. उद्योग वाणिज्य तथा आपूर्ति 
४. उर्जा, जलश्रोत तथा सिँचाइ
५. कानून, न्याय तथा ससदीय मामिला 
६. कृषि भूमी व्यवस्था तथा सहकारी 
७. गृह 
८. परराष्ट्र
९. भौतिक पूर्वाधार तथा यातायात
१०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक 
११. रक्षा
१२. वन तथा वातावरण
१३. सहरी विकास 
१४. शिक्षा,विज्ञान ताथा प्रविधि
१५. श्रम,रोजगार तथा सामाजिकक सुरक्षा
१६. संस्कृति,पर्यटन ताथा नागरिक उड्डयन
१७. सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८. सञ्चार तथा सूचना प्रविधि
१९. स्वास्थ्यतथा जनसंख्या
२०. खानेपानी
२१. युवा तथा खेलकुद

३) कर्मचारी समायोजन नियमावल, २०७४ कहिलेदेखि लागू भएको हो ? - वि.स. २०७४ फागुन २८

४) सैनिक प्राड सेवा नियमावली, २०७४ अनुसार सैनिक प्राड सेवा भन्नाले के बुझिन्छ ? - नेपाली सेनामा कानून तथा न्यायसँग सम्दन्धित कार्य सम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा

५) नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४ अनुसार इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरुको सम्पर्क र समन्वय सम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ? - गृह

६) २०७४ सालको नइ देरुनिखअन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् ? - जर्मनीका प्रा.डा.मानफ्रेद गेरहार्ड थ्रोइ
(त्यसैगरी, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कारबाट भगवती बस्नेत (इजरायल) सम्मानित भएकी )

७) म्यानमारमा सन् २०१८ मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने राजनीतिकर्मी को हुन् ? - ए विन मिन्त

( सन् २०१८ मार्च २८ मा म्यानमारको युनियन संसद्मा भएको मतदानमा कुल ६३६ सांसदमध्ये ४०३ मतका साथ मिन्त राष्ट्रपति चयन भएका । उनी नेतृ आङसान सुकीका विश्वासपात्र मानिने ।)

८) अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा ‘देशको आर्थिक स्थितिको श्वेतपत्र’ कहिले सार्वजनिक गरियो ? - वि.स. २०७४ चैत्र १६

(८९ बुँदे श्वेत पत्र)

९) गृह प्रशासन सुधार कार्ययोजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ? - वि.स. २०७४ चैत्र १९ 
(गृहमन्त्री रामबहादुर थापा ‘बादल’ द्धारा चैत्र १९ मा र्गह प्रशासन सुधार सम्बन्धी ८२ बुँदे कार्ययोजना सार्वजनिक गरिएको ।)

१०) वि.स. २०७४ चैत्र २० मा मनाइएो ६१ औँ राष्ट्रिय सहकारी दिवसको नारा के रहेको छ ? - दिगो विकास लक्ष्य प्राप्तिा लागि सहकारी 
(वि.स. २०१३ चैत्र २० गते वखान ऋण सहकारी समितिको स्थापना भई नेपालमा सहकारी आन्दोलनको सुरुवात भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते मुलुकभर राष्ट्रिय सहकारी दिवस मनाइदै आएको ।)

 

विषयगत प्रश्नोत्तर:

१) नेपालको संविधानबमोजिम राज्यको राजनीतिक उदेश्य के रहेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५० (१) बमोजिम राज्यको राजनैतिक उदेश्य देहायअनुसार रहेको छ :

– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिकक अखण्डता र स्वाधिनतालाई सर्वोपरि राख्ने,
– नागरिक जीऊ, धन, समानता र स्वतन्त्रताको संरक्षण गर्ने,
– कनुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्ने ,
– लेक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने,
– परस्पर सहयोगमा आधारित सङ्घीयताका आधारमा सङ्घीय इकाइहरु बीचको सम्बन्ध सञ्चालन गर्ने,
– स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने,
– लेकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने ।

२) सार्वजनिक सेवा प्रवाहमा सेवाग्रहीको अधिकार मात्र होइन, दायित्व पनि हुन्छ । आफ्नो धारणा राख्नुहोस् ।

सरकारले उपलब्ध गराउने सबै सेवा सुविधा सार्वजनिक सेवा हुन् । सरकारले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने सर्वसाधारण नागरिक सेवाग्राही हुन् । सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीका अधिकार धेरै हुन्छन् । तोकिएको समयभित्रै गेणस्तरीय सेवा प्राप्त गर्न , सम्मानजनक व्यवहार प्राप्त गर्न, स्वास्थ्य एवं सम्पत्तिलाई हानिनोक्सानी गर्ने वस्तु तथा सेवाबाट सुरक्षित हुन पाउने, वस्तु तथा सेवा छनोट गर्न पाउने, उपभोक्ता शिक्षा पाउने, आधारभूत आवश्यकतामा सहजै पहुँच पाउनेलगायतका अधिकार सेवाग्राहीले प्राप्त गर्छन् ।सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकारले उनिहरुले राज्यबाट पाउने हक स्थापित हुने कुरालाई जनाउँछ । भने दायित्वले सार्वजनिकक सेवा प्रवाहमा सेवाग्राहीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाह गर्नुपर्ने कर्तव्य जस्ता कुरालाई जनाउँदछ । नेपालले संविधानको धारा ४८ ले नागरिकका कर्तव्यको रुपमा लिन सकिन्छ ।संविधानले गरेको व्यवस्थासहित सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको दायित्वलाई निम्नानुसा उल्लेख गर्न सकिन्छ :

– राष्ट्रप्रति निष्ठावान रहने ,
– नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने,
– संविधान र कानूनको पालना गर्ने,
– राज्यले चाहेका वखत अनिवार्य सेवा गर्ने
– सार्वजनिक सम्पत्तिकको सुरक्षा र संरक्षण गर्ने,
– आफ्नो अधिकार र दायित्वप्रति सदा सचेत रहने
– संविधान, ऐन नियमबारे जानकारी राख्ने, कानूनी शासनको सम्मान गर्ने,
– अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने,
– कानुनबमोजिम आफुले तिर्नुपर्ने कर तिर्ने,
– सेवा प्रदायलाई अनुचित प्रभाव पार्न नहुने,
– सेवा प्रवाहमा सल्लाहसुझाव लिने दिने ।

सरकार जनता बाट निर्वाचित निकाय भएाले जनहित अनुसारा सेवा सुविधा उपलव्ध गराउनु सरकारो कर्तव्य हुन्छ । त्यसैले सरकारले सार्वजनिक सेवा प्रवाह गर्न केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न संस्थागत संयन्त्र, कानुनी व्यवस्था गरेको हुन्छ । सरकारले गरेको यस व्यवस्थाअनुसारको सेवा सुविधा वितरणलाई थप प्रभावारी बनाउन सेवाग्राहीले गर्नसक्ने सहयोग सेवाग्राहीको दायित्व हो । यसरी सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार मात्र होइन, दायित्व पनि हुने गर्दछ ।

३) नेपालमा निजामती कर्मचारीले निजामती सेवा ऐन, २०४९ बमोजिम पालना गर्नुपर्ने आचरणहरुको चर्चा गर्दै आचरण पालनाको अवस्था र आचरण पालना अभिवृद्धि गर्ने उपायहरुबारे विश्लेषण गर्नुहोस् ।

निजामती कर्मचारीको बानी व्यहोरा, व्यवहार एवं चरित्र आचरण हो । यसलाई व्यवस्थि तगर्न निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७, दफा ४१ द्येखि दफा ५५ सम्म निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था छ । जुन निम्न छन् :

– सरकारबाट निर्धारित समयमा नियमित रुपमा कार्यालयमा हाजिर हुनुपर्ने, सकेसम्म पहिले विदाको स्वीकृति लिने,
– अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नु पर्ने,
– राजनीतिमा भाग लिन नहुने,
– सरकारको आलोचना गर्न नहुने
– सरकारी कामाज सम्बन्धी समाचार प्रकाशन गर्न नहुने,
– द्यान, उपहार, चन्दा, आदि प्राप्त गर्न र सापटी लिन नहुने,
– कम्पनीको स्थापना सञ्चालन, व्यापार व्यवसाय तथा अन्यत्र नोकरी गर्न नहुने,
– राजनैतिक पदको लागि निर्वाचनमा भाग लिन नहुने, कसैको निमित्त मत माग्न नहुने तर गोप्य मतदान गर्न पनउने,प्रदशन, हडताल, कलम बन्द गर्न नहुने,शारीरिक वा मानसिक उत्पीडन हुनेगरी दबाब दिन नहुने,
– सम्पत्ति विवरण दिनुपर्ने,
– यातना दिन नहुने,
– यौनजन्य दुव्यवहार गर्न नहुने ,
– घरेलु हिंसा सम्बन्धी कार्य गर्न गराउन नहुने,
– कार्यालयमा काम गर्दा सबै प्रति शिष्ट व्यवहार गर्नु पर्ने,
– निष्पक्ष्, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नुपर्ने,
– घरायसी कार्यकोलागि सरकारी सम्पत्ति र सरकारी कर्मचारीो प्रयोग गर्न नहुने,
– सेवाग्राहीप्रतिम र्यादित व्यवहार गर्नुपर्ने ।

आचरण पालनाको अवस्था

– आचरणले कर्मचारीलाई के गर्नु हुने के गर्न नहुने कुराको जानकारी गराएको,
– ऐन नियम कार्यान्वयन गरी सेवा प्रवाह गर्न सहयोग गरेको
– सम्पत्ति विवरण प्रस्तुत भएको,
– सेवाग्राही प्रतिम र्यादित व्यवहार हुनथालेको ,
– सेवाग्राहीप्रति कर्मचारी जिम्मेवार ।र जवाफदेही हुन थालेको, क्षतिपूर्तिसहितको नागरिक वडापत्र कार्यान्वयन हुन थालेको,
– सरकारी सम्पत्ति एवं सवारीसाधन घरायसी कार्यमा प्रयोग हुन छाडेको,
– आधुनिक प्रविधि प्रयोग गरी सेवा प्रवाहलाई छिटोछरितो बनाएको,
– अनुशासन र सदाचार कायम हुन थालेको,
– द्यान,उपहार,चन्दा लिने दिने कार्यमा सुधार हुनथालेको,सेवाग्राहीलाई अभिकारको प्रयोग र कर्तव्यको पालना गराउन समेत सहयोग गरेको,
– समग्रमा अनुशासन कायम गर्न सहयोग पुगेको,

देखिएको कमीकमजोरी

– ट्रेड युनियनबाट हुने राजनैतिक प्रभाव रोक्न नसकेको,
– कर्य सम्पादनबाट सेवाग्राहीलाई सन्तुष्ट बनाउन नसकेको,
– तेकिएो काम तोकिएको समयमा गर्न नसकेको,
– ऐननियम प्रभावकारी कार्यान्वयन गरी जनतालाई सुशासनको अनुभुति दिलाउन नसकेको,
– द्यान, उपहा, चन्दाजस्ता आर्थिक सहयोगको कार्य रोक्न नसकेको,
– राजनीतिप्रति तटस्थता र सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता कायम गर्न नसकेको,
– आर्थि भौतिक, मानव तथा सूचनाजस्ता स्रोतसाधनको मितव्ययी प्रयोग हुन नसकेको,
– आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणको पक्ष कमजोर रहेको,
– कर्तव्य पालना गरी इमानदार कर्मचारीको पहिचान बनाउन नसकेको,
– निजामती कर्मचारी प्रति जनताले हेर्ने दृष्टिकोणमा सकारात्मकक प्रभाव पार्न नसकेको,

आचरण पालना अभिवृद्धिका सुझावहरु

– प्रत्येक कर्मचारीको सम्पत्ति विवरणलाई नियमित गर्ने,
– एकल ट्रेड युनियनको व्यवस्था गरीयसमा कामकारबाहीलाई व्यवस्थित गर्ने,
– सचिव र मन्त्रीको स्पष्ट कार्य विभाजनगरी कार्य सम्पादनमा देखिएका अन्योल एवं दुविधा हटाउने,
– सत्तारुढ राजनैतिक दलले प्रशासनमा हस्तक्षेप गर्ने कार्य रोक्ने,
– निजामती सेवालाई राजनैतिक रुपमा तटस्थ राख्ने, मन्त्रालयको सचिव र सहसचिवको न्यूनतम सरुवा अवधि कानून बाटै व्यवस्थि तगर्ने,
– आर्थिक अनुशासन तथा सदाचारको पाटोलाई तल होइन माथिबाटै लागू गर्ने,
– कार्य सम्पादन करार गरी कार्यालय प्रमुखलाई थप जिम्मेवार र जवाफदेही बनाउने,
– कार्य सम्पादन बाह्य निकायबाट हुने हस्तक्षेप रोक्ने, स्वतन्त्र रुपमा कार्य गर्न पाउने वातावरण तयार गर्ने ,
– कार्यालयमा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी कार्य सम्पादन गर्ने,
– संविधान,ऐन नियमको प्रभावकारी कार्यान्वयन गरी सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने ।

स्रोत: गोरखापत्र

गोरखापत्र - २०७४ चैत्र १४ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ६ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:
१) ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेको एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ? - छैटौं
(एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा इन्डोनेसियाको बाली परेको छ । काठमाडौं भन्दा अघि वालीसँगै थाइल्याण्डको फुकेट , भियतनामको हनोई, कम्बोडियाको सियाम रियम एवं जापानको टोकियो सहर परेको )

२) मुलुकी अपराध (संहिता) ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ? - वि.स. २०७४ असोज ३०

(यो ऐनसंवत २०७४ भदौ १ देखि प्रारम्भ हुने )

३) मिसोफोनिया भन्नाले के बुझिन्छ ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन

(आवाजका कारण हुने विशेष कठिनाइ)

४) कर्णाली प्रदेश सरकारले वि.स. २०७५ लाई कुन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष

- आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन वर्ष मनाउन थालिएको हो ।
- रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन वि.स. २०७५ बैशाख १ मा रारा ताल बाट गर्ने निर्णय भएको । 
- जतिय विविधता भित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश समृद्ध मानिने ।नेपालकै सबैभन्दा ठूलो रारा ताल, कैलाश मान सरोवर जाने प्रवेशद्धार,रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुण्डो ताल, वालात्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गम थलो सिन्जा उपत्यका, सुर्खेतको काँक्रे विहार, बुलबुले ताल, देउती बज्यै मन्दीर, कालिकोटे राष्कोट, पञ्चदेवल हुम्लाकको लिमी उपत्यका आदि यस प्रदेशका प्रमुख आकर्षण रहेका ।

५) छिन्ताङ काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहाँ भएको थियो ? - मोरङ

६) नेपालमा कमलरी मुक्त घोषणा कहिले भएको थियो ? - २०७० श्रावण ३

( कमैया मुक्त घोषणा वि.स. २०५७ श्रावण २ र हलिया मुक्त घोषणा २०६५ भाद्र २१ मा )

७) चारकुने मुद्रा प्रचलनमा ल्याउउने मल्ल राजा को हुन् ? - प्रताप मल्ल

८) नेपालको सबै भन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट (१६ ओटा )

(सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङ ११ओटा)

९) नेपाल र जोर्डन बीच द्धिपक्षीय श्रम सम्झौता कहिले भएको हो ? - सन् २०१७ अक्टोबर १८

– नेपालको यो दोस्रो द्धिपक्षीय सम्झौता रहेको । नेपालले पहिलो द्धिपक्षीय श्रम सम्झौता कतारसँग गरेको ।
– हाल नेपालले श्रम सम्झौता गरेको राष्ट्रको सँख्या सात रहेको ।

१०) नेपालमा जिरो हंगर च्यालेन्ज अभियान औपचारिक रुपमा कहिले सुरु भएको हो ? - वि.स. २०७१ पुष ४ गते

 

विषयगत प्रश्नोत्तर:

१) अन्त: शुल्कमा भौसतक प्रणाली भनेको के हो ? यसको आवश्यकता किन पर्दछ ? चर्चा गर्नुहोस् ।

अन्त: शुल्क उत्पादनमा लाग्ने कर हो, यो स्वदेश भित्र उत्पादन हुने वस्तुमा लाग्दछ । स्वदेशमा अन्त: शुल्क लाग्ने वस्तु विदेशबाट पैठारी गरेमा पैठारी विन्दु भन्सार कार्यालयमा अन्त: शुल्क लाग्दछ । नेपालमा अन्त: शुल्कलाई व्यवस्थित गर्न स्वयं निस्कासन प्रणाली र भौतिक नियन्त्रण प्रणाली लागू गरिएको छ । अन्त: शुल्क लाग्ने वस्तुमा राजस्व प्रशासनको प्रत्यक्ष नियन्त्रण र निगरानी नभई उत्पादनकर्ता औधौगिक प्रतिस्ठान नै जिम्मेवार र जवाफदेही हुने पद्धति स्वयं निष्काशन प्रणाली हो भने अन्त: शुल्क लाग्ने वस्तुमा राजस्व प्रशासनको प्रत्यक्ष नियन्त्रण र निगरानी रहने पद्धति भौतिक नियन्त्रण प्रणली हो । नेपालमा अन्त: शुल्क कर प्रणालीको प्रयोग सँगै भौतिक नियन्त्रण प्रणलीको सुरुवात भएको पाइन्छ ।

भौतिक नियन्त्रण प्रणालीको आवस्यकता

भौतिक नियन्त्रण प्रणालीमा मदिरा र सुर्तिजन्य वस्तु पर्दछन् । यी मानव स्वास्थ्य र वातावरणलाई हानी गर्ने वस्तु हुन् । यिनको गुणस्तर नियमन हुनु आवस्यक छ ।, अन्त: शुल्क राजस्व असुलीमा मदिरा र सुर्तिजन्य वस्तुको करीब ८० प्रतिशत योगदान छ । अन्तःशुल्कमा राजस्व चुहावटको प्रमुख क्षेत्र पनि यही हो, त्यसैले यसलाई व्यवस्थित गर्न भौतिक नियन्त्रण प्रणालीको आवस्यक परेको हो । यसको आवश्यक्ता निम्नानुसार उल्लेख गर्न सकिन्छ :

- अन्त:शुल्क लाग्ने वस्तु अत्पादन, वितरण, सन्चयमा इजाजत पत्रको अनिवार्य प्रयो गराउने ,
- उत्पादनकालागी निश्चित मापदण्डको प्रयो भए नभएको अनुगमन गर्न,
- अन्त:शुल्क राजस्व असुली र चुहावट नियन्त्रणमा प्रभावकारीता बढाउन,
- वस्तु उत्पादनकै अवस्थामा खुद्रामुल्य कायम गर्न सहयोग गर्न,
- अन्त:शुल्क ऐन नियमको पूर्ण पालना गराउन ।

२) लोकतन्त्रको सफलाताकालागि आवश्यक पर्ने पूर्वशर्तहरु उल्लेख गर्नुहोस् ।

आवधिक निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधि चयन गरी तिनै प्रतिनिधिबाट शासन व्यवस्था सञ्चालन गर्ने कार्य लोकतन्त्र हो । यस व्यवस्थामा राजनीतिक दलका प्रतिनिधिहरुले जनमत अनुसार कार्य गर्दछन् । यसका लागि एकदल नभइ बहुदल, दलबीच स्वच्छ प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालीका, पूर्ण प्रेस स्वतन्त्रताको आवस्यकता पर्दछ । त्यसै गरी स्थिर सरकार, नागरीक स्वतन्त्रता, मौलिक अधिकार, वालिग मताधिकार, मानव अधिकार,कानुनी रनज्य, दण्डहिनताको अन्त्य, भ्रष्टाचार नियन्त्रण, सुशासनको पनि आवश्यकता पर्दछ । यसो भएमा मात्र मुलुकमा शान्ति, सुरक्षा सुदृढ हुने स्थिरता हुने र विकासले गति लिने हुन्छ । यसबाट जनताले लोकतन्त्र सफलताको अनुभसति गर्छन् । त्यसैले माथि उल्लेखित विषय लोकतन्त्रको सफलताको लागि आवश्यक पर्ने पूर्वशर्तहरु हुन् ।

३) नेपालको तराई प्रदेशको छोटो परिचय दिनुहोस् ।

नेपालको पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व पश्चिम फैलिएको समतल भूभाग तराई प्रदेश हो । समुद्र सतहदेखि ५९ मिटरदेखि ६०० मिटरको उचाइमा पनेृ यो प्रदेशको चौडाइ २५ कि.मि देखि ३० कि.मि सम्म छ । यो नेपालको मधेश क्षेत्र हो उत्तरबाट दक्षिणतिर होचो हुदै जानु र जमिन प्रायः समथल हुनु तराईको विशेषता हो । यो उष्ण क्षेत्र हो । यसलाई नेपालको अन्नभन्डार पनि भनिन्छ ।
तराई प्रदेशको विभाजन तराई प्रदेशलाई निम्न तीनश्रेणीमा विभाजन गर्न सकिन्छ :

क. खास तराई

नेपालको दक्षिण भागमा दक्षिणतर्फ होचिदै गएको भूभाग खास तराई हो । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर छ । चितवनको दक्षिणमा स्वमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डडुवा पर्वतमालाले खास तराईलाई पूर्वी, मध्य र पश्चिम गरी तीन भागमा बाँड्ने गरिएको पनि पाइन्छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट,बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रुपन्देहि र कपिलवस्तुको दक्षिण, बाँके,बर्दिया,कैलाली र कञ्चनपूरको दक्षिण क्षेत्र नेपालको खास तराईमा पर्छन् ।

ख. भावर क्षेत्र

खास तराईको उत्तर र चुरे पर्वत मालाको दक्षिणमा ३८० मिटरको उचाइ सम्म फैलिएको साँघुरो पेटी भाँवर क्षेत्र हो यो क्षेत्रको चौडाइ ८ देखि १० माइलसम्म छ ।

ग. भित्रि मधेश

चुरे र महाभारत पर्वतको बीचमा ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँट भित्रि मधेश हो । यसलाई दुन क्षेत्र पनि भनिन्छ । भित्री मधेशो लम्बाइ ३२ कि.मि. देखि ६४ कि.मि. सम्म र चौडाई १६ कि.मि.सम्म छ ।

४) न्यायपालिकाले गर्ने कुनै पाँचओटा कार्य लेख्नुहोस् ।

१. जनतालाई न्याय दिने, अपराधिलाई दण्ड दिने देवानी र फौजदारी मु्द्दाको फैसला गर्ने जस्ता कार्य गरी न्याय सम्पादनका कार्य गर्ने ,
२. कानूनको व्याख्या गर्ने,
३. नजीरको निर्माण गर्ने,
४.मौलिक हक अधिकारको संरक्षण , यसको लागि बन्दीप्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, उत्प्रेषण र अधिकारपृच्छा जस्ता आदेश जारी गर्ने,
५. कार्यपालिका र व्यवस्थापिकालाई परेको कानुनी समस्यामा परामर्श दिने ।

५) नेपालमा वार्षिक वजेटको अनुगमनर मुल्याङ्कन सम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालमा वार्षिक वजेटको अनुगमन र मुल्याङ्कन सम्बन्धी निम्न व्यवस्था छ :

- सम्बन्धित मन्त्रालयले प्रत्येक महिना आफुसँग सम्बन्धित वजेट कार्यक्रमको प्रगति समिक्षा गर्ने व्यवस्था छ ।
- प्रत्येक दुई महिनामा अर्थमन्त्रालयमा अर्थमन्त्रीको अध्यक्षतामा सबै मन्त्रालयका सचिवको बैठक बस्ने व्यवस्था छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक र वार्षि मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था छ ।
- राष्ट्रिय योजना आयोगले विकास आयोजनाको अनुगमन र मुल्याङ्कन गरी आफ्नो समग्र कार्य प्रगतिको वार्षिक प्रतिवेदन तयारगरिुनेपाल सरकार समक्ष पेश गर्ने व्यवस्था छ ।
- सरकारी आय र व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुने, महालेखापरीक्षकले तयार गरेको वार्षिक प्रतिवेदन संसदमा छलफलमा हुने, छलफलबाट प्राप्त सुझावलाई आगामी वर्षको बजेटका लागि पृष्ठपोषणका रुपमा लिइने व्यवस्था छ ।

साभार: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (चैत्र ८ - चैत्र १४)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) कर्णाली प्रदेश सरकारले वि.स २०७५ लाइ कुन वर्षको रुपमा मनाउने निर्णय गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष

२) जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्यहाँको चान्सलरमा कसलाई चयन गर्यो ? - एन्जेला मार्केल

३) चितवन राष्ट्रिय निकुन्जको क्षेत्रफल कति रहेको छ ? - ९५२.६३ वर्गकिलोमिटर

४) छिन्तांग काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहा भएको थियो ? - मोरङ

५) मिसोफोनिया भनेको के हो ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन

६) शिक्षा विभागको स्थापना कहिले भएको थियो ? - वि.स २०५६ जेठ १

७) म्यान्मारका राष्ट्रपति टिन क्याबले पदबाट कहिले राजिनामा दिएका थिए ? - सन् २०१७ अगस्ट २५

८) नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट

९) चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ? - प्रताप मल्ल

१०) नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ? - वि.स २०७० श्रावण ३

श्रोत : गोरखापत्र

गोरखापत्र - २०७४ चैत्र ७ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

 ६ महिना अगाडि  गोरखापत्र  पत्रपत्रिकाबाट

वस्तुगत प्रश्नोत्तर:

१) संयुक्त राष्ट्रसंघका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’द्धारा सन् २०१८ मा सार्वजनिक वर्लड ह्यापिनेस रिपोर्ट अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ –  १०१ औं

–  प्रतिवेदन अनुसार फिनल्यान्ड, स्विजरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड, क्यानडा, स्विडेन, र अस्ट्रेलिया विस्वका सबैभन्दा खुसी १० देश भित्र परेका छन् ।

– सूचीको सबैभन्दा पुछारमा बुरुन्डी परेको छ ।

– सूचीमा पाकिस्तान ७५ औं, भुटान ९७ औं, नेपाल १०१ औं, बङ्लादेश ११५ औं, श्रीलङ्का ११६ औं, तथा भारत भारत १३३ औं स्थानमा रहेका । यस वर्षको सूचीमा माल्दिभ्स र अफगानस्तान नसमेटिएका छन् । 
सो प्रतिवेदन अनुसार अमेरिका १८ औं र चिन ६५ औं स्थानमा रहेका छन् ।

२) सन् २०१६ मार्च १२ - १६ सम्म् न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको २० औं बैठकले कुन कुन राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरओन्नतिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ? – भुटान, किरिवाटी,साआतोमे, एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड

– विकासोन्मुख मुलुकमा रुपान्तरण हुन प्रतिव्यक्ति आय १२ सय अमेरिकि डलर , ह्युमन इसेट्स इन्डेक्स ६६ माथि र इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स ३२ तल हुनुपर्ने प्रावधान रहेको ।
– कुनै पनि तीन इन्डेक्समा दुईओटामा तोकिएको लक्ष्य पुरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरेन्नति हुने राष्ट्रसंघको व्यवस्था रहेको छ । नेपालले प्रतिव्यक्ति आयबाहेक बाँकि दुईओटा लक्ष्य पूरा गर्न सकेको छैन ।

३) उत्पादन सुरु भएका १,५४ वर्ष पछि ट्रडमार्क प्राप्त गर्ने नेपाली उत्पादन कुन हो ? - नेपाली चिया

- नेपालमा चिया खेतिको सुरुवात वि.स. १९२० मा भएको । 
- ट्रेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान स्थापना तथा प्रवद्र्धन हुने विश्वास गरिएको ।
- नेपाली टी, क्वालिटी फ्रम हिमालय’ ट्रेडमार्क वि.सं. २०७४ चैत्र २३ मा सार्वजनिक गर्ने निर्णय भएको ।

४) नेपालको पहिलो चिया गणना कहिले सुरु गरियो ? – वि.सं. २०७४ माघ २५

(उन्नति परियोजनाको सहयोग र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा राष्ट्रिय चिया तथा कफि विकास बार्डले चिया खेति सँग सम्बन्धित तथ्याङ्क सङ्कलन सुरु गरेको । २०७४ फागुन मसान्त सम्ममा तथ्याङ्क सङ्कलनका् कार्य सम्पन्न हुने जनाइएको छ ।)

५) डोल्पो नामक कृतिका लेखक को हुन् ? - विष्णुप्रसाद शर्मा पराजुली

६) नेपाल एपिएफ क्लबको स्थापना कहिले भएको हो ? – वि.सं.२०६१ वैशाख ३१

(फौजी जीवनमा खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मान्यताका राथ एपीएपफले सशस्त्र प्रहरी बलका कर्मचारीलाई शारीरिक एवम् मानसिक रुपमा चुस्तदुरुस्त राख्न क्लबको स्थापना गरेको । क्लवले १३ वषर््ाको अवधिमा घरेलु खेलकुदका साथै अन्तर्राष्ट्रिय खेलकुदमा पनि फड्को मारेको ।)

७) इच्छा मृत्यु सम्बन्धमा ‘पैसिव युथेनेसिया’ भन्नाले के बुझिन्छ ? – कुनै गम्भीर रोग लागेर अतिसार पीडामा रहेका बिरामीको मेडिकल उपचार बन्द गर्नु, बिरामीको लाइफ सपोर्ट मेसिन हटाइदिनु, खानाखाने ट्युब टाइदिनु, अत्यावश्यक औषधि बन्द गरिदिनु एवम् कुनै शल्यक्रिया नगर्नु ।

–क्यानडा, न्यादरल्यान्ड , बल्जियम , कोलम्बिया, लक्जेम्बर्ग, लगायतका राष्ट्रमा इच्छामृत्युलाई अनुमति दिइएको ।

– भारतको उच्च अदालतले हालै इच्छा मृत्युलाई कानुनी रुपमा स्वीकृति दिएको ।

– इच्छामृत्युलाई कतिपयले हत्याको संज्ञा दिएका छन् भने कतिपयले यसलाई कानुनी रुपमा व्यक्तिलाई ससम्मान मृृत्यु हुन दिनुपर्ने तर्क राख्ने गरेका छन् ।

– इच्छामृत्यु पाउन सबैजसो मुलुकमा चिकित्सकले प्रमाणित गरेको कागज हुनुपर्ने अनिवार्यता रहेको ।

– चिकित्सकले बिरामीलाई असह्य पीडा भएको तथा बिरमी कुनै मानसिक रोगी नभएको प्रमाण्ति भएपछि मात्रद्द इच्छा मृत्युकालागि स्वीकृति दिने प्रावधान रहेको छ ।

८) अराधारण प्रतिभाका धनी प्रख्यात वैज्ञानिक स्टेफन हकिङ्को निधन कहिले भएको हो ? – सन् २०१८ मार्च १४

(ब्रह्माण्डको व्याख्यामा आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वान्टम सिद्धान्त जोड्ने हकिङ् पहिलो वैज्ञानिक ।)

९) A Brief History of Time  नामक चर्चित कृतिका लेखक को हुन् ? – स्टेफन हकिङ्

१०) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ? – शशीकला दाहाल

(राष्ट्रिय सभा उपाध्यक्षमा बाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी । २०७४ चैत्र ४ मा सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभा बैठकले उनलाई विनयी घोषणा गरेको । मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी सांसद दाहाल उपाध्यक्षमा विजयी भएकी । उनको प्रतिस्प्रधी नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य विन्दादेवी आले रानाले ११ मत प्राप्त गरेकी ।)

विषयगत प्रश्नोत्तर:

१) नेपालको संविधानमा रहेका संवैधानिक निकायको नाम उल्लेख गर्नुहोस् ।

नेपालको संविधानमा रहेका संवैधानिक निकायको नाम यस प्रकार छ :

१) अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२) महालेखा परीक्षक,
३) लोकसेवा आयोग,
४) निर्वाचन आयोग,
५) राष्ट्रिय मानवअधिकार आयोग,
६) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
७) राष्ट्रिय महिला आयोग,
८) राष्ट्रिय दलित आयोग,
९) राष्ट्रिय समावशी आयोग ,
१०) आदिवासी जनजाति आयोग,
११) मधेसी आयोग,
१२) थारु आयोग,
१३) मुस्लिम आयोग ।

२) भ्रष्टाचार निवारण ऐन, २०५९ मा के कस्ता भ्रष्टाचारको कसुरमा सजाय हुने व्यवस्था छ? उल्लेख गर्नुहोस् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद द्द को दफा ३ देखि २४ सम्ममा निम्न अनुसारका भ्रष्टाचारको कसुरमा सजाय हुने व्यवस्था छ :

१. रिसवत लिने दिनेलाई सजाय
२. बिना मुल्य वा कम मुल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवकलाई सजाय
३.दान, दातव्य उपहार वा चन्दा लिनेलनई सजाय
४. कमिसन लिनेलाई सजाय
५. राजस्व चुहावट गर्ने राष्ट्रसेवकलाई सजाय
६. गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय
७. गलत लिखत तयार गर्ने राष्ट्रसेवकलाई सजाय
८. गलत अनुवाद गर्नेलाई सजाय
९. सरकारी कागजात सच्याउनेलाई सजाय
१०. सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नेलाई सजाय
११. प्रश्नपत्रको गोपनियता भङ्ग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्नेलाई सजाय
१२. गैर कानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई सजाय
१३. नपाएको ओहोदा पाएँ भन्नेलाई सजाय
१४. झुट्टा विवरण दिनेलाई सजाय
१५. सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नेलाई सजाय
१६. गैर कानुनीदबाब दिनेलाई सजाय
१७. गलत प्रतिवेदन दिनेलाई सजाय
१८. गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने र सोमा सजाय
१९. भ्रष्टाचारको कसुर गर्न उद्याग गर्नेलाई सजाय
२०. मतियारलाई सजाय
२१. सङगठित संस्थाबाट भएको कसुरमा मुख्य भइ काम गर्नेले कसुर गरेको मानिने
२२. थप सजाय : संवैधानिक अङ्ग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले उपरोक्त अन्तर्गतो कसुर गरेमा निजलाई त्यस्तो कसुर हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

३) सशस्त्र प्रहरी महानिरीक्षक पदमा केकसरी पदपुर्ति हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार सशस्त्र प्ररी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा नेपालसरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट जेष्ठता र ार्यकुशलताका आधारमा उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गरी पदपुर्ति गर्ने व्यवस्था छ । यहाँ कार्यकुशलता भन्नाले नेतृत्व क्षमता , आर्थिक अनुशासन, व्यवस्थापकीय एवम् रचनात्मक क्षमता, आफुभन्दा मुनिको सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई जनाउने व्यवस्था छ ।

४) नागरिक लगानी कोषको काम, कर्तव्यबारे चर्चा गर्नुहोस् ।

नगरिक लगानी कोष  ऐन, २०४७ ले नागरिक लगानी कोषको काम, कर्तव्यको व्यवस्था गरेको छ , जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ:

– एउटा ट्रस्टीका रुपमा बचतकर्तालाई दक्ष लगानी सेवा प्रदान गरी बढी प्रतिफल उपलब्ध गराउने उदेश्यले तोकिए बमोजिम विभिन्न प्रकृति र किसिमको नागरिक एकाङ्क योजना सञ्चालन गर्ने,
– स्वेच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजना सञ्चालन गरी जम्मा भएको रककमलाई लगानीकर्ताको हित हुने गरी लगानी गर्ने,
– आफैं मात्र वा अन्य बैङ्क वा वित्तीय संस्थासँग मिली कोषले निर्धारण गरे बमोजिम विभिन्न सङ्गठित संस्थाको सेयरको प्रत्याभुति गर्ने,
– सङ्गठित संस्थालाई ब्रिज फाइनान्सिङको सुविधा वा सापटी प्रदान गर्ने,
– विभिन्न पैकारको धितापत्रमा लगानी र पुनर्लगानीको काम गरी धितो पत्रको स्वामिात्व ग्रहण गर्ने,
– सङ्गठित संस्थाकको वित्तीय व्यवस्था र बचत तथा लगानीका वैकल्पीक अवसरका बारेमा दक्ष परामर्श सेवा प्रदान गर्ने,
– धितो पत्र कारोबार ऐनको अधीनमा रही दलालका रुपमा कारोबार गर्ने ,
– सङ्गठित संस्थालाई धितोपत्र जारीगर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्कासन र बिक्रि प्रबन्धका रुपमा आवस्यक सेवा प्रदान गर्ने
– धितो पत्र कारोबार ऐनको अधिनमा रही दलालका रुपमा कारोबार गर्ने ,
– सङ्गठित संस्थालाई धितोपत्र जारी गर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्कासन र बिक्री प्रबन्धकका रुपमा आवश्यक सेवा प्रदान गर्ने,
– नगरिकलगानी कोषद्धारा सञ्चालित लगानीकर्ता हिसाब योजनामा सहभागी लगानीकर्तालाई धितोपत्र खरिद गर्न सापटी प्रदान गर्ने,
– नगरिक लगानीकोषले लगानी गरेको सङ्गठित संस्थाको गठन व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी काममा भाग लिने, सघाउने,
– पुँजी बजार सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, तत्सम्बन्धी तालिम सञ्चालन तथा अन्य कार्य गर्ने ,
– नेपाल राष्ट्रबैङ्कको स्वीकृति लिई विदेशी बैङक सँग बैङ्किङ कारोबार गर्ने,
– चल अचल वा अन्य कुनै सम्पत्तिको मोल एकमुष्ठ वा अनय कुनै सम्पत्तिको मोल एकमुष्ठ वा किस्ताबन्दीमा चुक्ता गरी वा उधारो वा अन्य कुनै प्रकारबाट खरिद गर्ने, प्राप्त गने, स्वामित्वमा लिने, भाडामा लिने र आफ्नो स्वामित्वमा रहेको चलअचल सम्पत्तिको बिक्री गर्ने, सट्टापट्टा गर्ने ।

साभार: गोरखापत्र

लोकसेवा समसामायिक शृंखला (चैत्र १ - चैत्र ७)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ? - बि.स २०४७ चैत्र

२) विश्व उपभोक्ता दिवस कहिले मनाईन्छ ? - मार्च १५

३) सन् २०१८ मार्चमा एकदिवसीय विश्वकप क्रिकेट खेल कहा आयोजना गरिएको हो ? - जिम्बाब्बे 

४) नेपालले आइसीसीको मान्यता कहिला पाएको हो ? - सन् १९८८

५) बि.स २०७४ मा प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान बाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा.वासुदेव त्रिपाठी 

६) राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ? - ससिकला दाहाल 

७) नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम कहिले देखि सुरु गरेको हो ? - २०७२ चैत्र २५ 

८) सन् २०१८ मार्च १८ मा रुसमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बिजय हुने उम्मेदवार को हुन् ? - भ्लादिमिर पुटिन 

९) उत्पादन सुरु भएको १,५४ वर्ष पछी ट्रेडमार्क प्राप्त गर्ने नेपालि उत्पादन कुन हो ? - नेपालि चिया 

१०) नेपालमै पहिलोपटक सृजनसिल रचनागृहको स्थापना कहा गरिएको हो ? - गोदावरी (ललितपुर)

श्रोत: गोरखापत्र 

लोकसेवा समसामायिक शृंखला (फाल्गुन २४ - फाल्गुन ३०)

 ६ महिना अगाडि  समसामाहिक  समसामाहिक

१) नेपालको पहिलो महिला राजदूत बिन्देस्वरी शाह हुन भने पहिलो महिला सचिव को हुन् ? - चन्द्रकला किरण

२) सार्क रास्ट्रका अग्रणी अधोगी-व्यवसायीहरुको छैठौ सम्मेलन कहाँ आयोजना गरिएको छ ? - काठमाण्डौ (बि.स २०७४ चैत्र २-४ )

३) International food policy institude ले सार्वजनिक गरेको बिश्व भोकमारी सुचाङ्क - २०१७ अनुसार नेपाल कतिऔ स्थानमा रहेको छ ? - ७२ औ

४) रास्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा निर्वाचित हुदा कति भोट प्राप्त भएको थियो ? - ३९ हजार २७५

५) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति नेपालीले ज्यान गुमाएका थिए ? - २२ जना

६) विश्व आर्थिक मन्चले  प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचाङ्क 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यवस्थामा नेपाल कति औ स्थानमा छ ? - 103 स्थानमा

७) नेपालमा कहिले देखि  सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइयो ? - २०७४ चैत्र १

८) विश्वका सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म कहिले भएको थियो ? - 14 March 1879

श्रोत: गोरखापत्र

To Top